क्रमानुसार अध्यक्ष हुने व्यवस्था अनुरुप हाल इटाली जी २० को अध्यक्ष, सो बैठक इटाली द्वारा आयोजना हुँदै

विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार हुने जी २० असाधारण नेताहरुको शिखर सम्मेलनमा भाग लिनेछन्। शिखर सम्मेलन भर्चुअल ढाँचामा आयोजना हुँदैछ। यसको प्रमुख विषय अफगानिस्तान रहेको छ।

बैठक मा मानवीय आवश्यकताहरु को प्रतिक्रिया र आधारभूत सेवाहरु, सुरक्षा र आतंकवाद विरुद्ध लडाई; र गतिशीलता, पलायन र मानव अधिकार र आजीविका को पहुँचमा छलफल गरिनेछ।

यस अघि अफगानिस्तानलाई लिएर प्रधानमन्त्री मोदी एससीओ - सीएसटीओ आउटरीच शिखर सम्मेलनमा पनि भाग लिनुभएको थियो।

न्युयोर्क मा अफगानिस्तान लाई लिएर आयोजित जी २० विदेश मन्त्रीहरु को बैठक मा विदेश मन्त्री डा एस जयशंकर ले पनि भाग लिएका थिए।

जी २० समूह मा विश्वका प्रमुख अर्थतन्त्रहरु को समावेश रहेको छ। अन्तर्राष्ट्रिय सहमति निर्माण र संयुक्त राष्ट्र संघ र यसको एजेन्सीहरु सहित बहुपक्षीय संगठनहरु बीच सहकार्य वृद्धि, र अफगानिस्तान मा बिग्रदो मानवीय संकट सम्बोधनका लागि वैश्विक र क्षेत्रीय सम्पर्क, समन्वित दृष्टिकोण स्थापना र सहयोग का लागि बनाइएको एक महत्वपूर्ण मंच हो।