वाशिंगटन डीसीमा आयोजना हुने आगामी २+२ मन्त्रीस्तरीय वार्ता तयारीको पनि समीक्षा

भारत र अमेरिकाले भारत-अमेरिका प्रमुख रक्षा साझेदारी, सैन्य देखि सैन्य को संलग्नता, आधारभूत रक्षा सम्झौता को कार्यान्वयन, रक्षा अभ्यास, प्रविधि सहयोग र रक्षा व्यापार को सुदृढीकरण मा भएको प्रगति को समीक्षा गरेका छन्।

दुई देशबीच शुक्रबार वाशिंगटन डीसीमा १६ औं रक्षा नीति समूह (डीपीजी) को बैठक आयोजना भएको‌ थियो।

डीपीजी भारतीय रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभागको बीचमा द्विपक्षीय रक्षा सहयोगका सबै पक्षको विस्तृत समीक्षा र मार्गदर्शन गर्नको लागि बनाइएको सर्वोच्च आधिकारिक स्तरको संयन्त्र हो।

रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्ति अनुसार दुबै पक्षले रक्षा प्रविधि र व्यापार पहल अन्तर्गत मानव रहित हवाइ प्रक्षेपण (युएभी) को सह-विकास का लागी संयुक्त परियोजना को समीक्षा गरेका थिए।

दुबै पक्षले उच्चस्तरीय रक्षा औद्योगिक सहयोग को लागी भारत मा शुरु गरिएको औद्योगिक सुरक्षा सम्झौता बैठक को स्वागत गरेका छन्।

रक्षा उद्योग मा अवस्थित नवीन पारिस्थितिकी तंत्र को सह-विकास र सह-उत्पादन को लागी निजी र सरकारी सरोकारवालाहरुलाई प्रोत्साहित गर्न दुवै पक्ष सहमत भएका छन्।

अन्तरिक्ष, कृतिम बुद्धिमता, साइबर, र मानव रहित हवाइ विमान प्रविधि जस्ता नँया क्षेत्रमा सहयोग विस्तार गर्न दुवै पक्ष सहमत भएका छन्।‌

बैठकको क्रममा, दुबै पक्षले क्षेत्रीय सुरक्षा‌ सम्बन्धित दृष्टिकोण र सहयोग साझा गरे भने हिन्द प्रशान्त क्षेत्र मा साझा हितहरु लाई बढावा दिन सँगै काम गर्ने निर्णय पनि लिएका छन्।

दुई पक्षले आगामी हुने २+२ मन्त्रीस्तरीय वार्ताको तयारीको समीक्षा गरेका छन्। पारस्परिक सुविधाजनक मिति मा अर्को डिपिजी बैठक भारतमा आयोजना गर्न पनि उनीहरू सहमत भएका छन्।

डीपीजी बैठकमा भारतको नेतृत्व रक्षा सचिव डा अजय कुमारले गरेका थिए भने अमेरिकाको प्रतिनिधित्व डा कोलिन काहलले गरेका थिए।