मालाबार अभ्यास को दोस्रो चरण पहिलो चरणमा विकसित तालमेल र, अंतर-संचालन माथि आधारित हुने

रक्षा मन्त्रालयले आइतबार जारी एक विज्ञप्ति अनुसार यही अक्टोबर १२ देखि १५ तारिख सम्म भारत, जापान, अस्ट्रेलिया र अमेरिका मिलेर मालाबार अभ्यासको दोस्रो चरण आयोजना गर्ने भएका छन्। सो अभ्यास बंगालको खाडीमा हुनेछ। यस अभ्यास को पहिलो चरण को आयोजना सन् २०२१ अगस्ट महिनाको २६ देखि २९ तारिख सम्म फिलिपिन्स सागर भएको थियो।

भारतीय नौसेनाको तर्फबाट आईएनएस रणविजय, आईएनएस सातपुरा, पि८आई लामो दूरी समुद्री गश्ती विमान र एक पनडुब्बी समावेश हुनेछन्।

अमेरिकी नौसेनाको प्रतिनिधित्व विमान वाहक यूएसएस कार्ल भिन्सन र दुई विनाशक विमान युएसएस लेक च्याम्पलेन र युएसएस स्टकडेलले गर्नेछन्।

त्यस्तै जेएमएसडिएफ को प्रतिनिधित्व जेएस कागा र जेएस मुरासामे ले गर्नेछन् भने शाही अष्ट्रेलियाली नौसेना को प्रतिनिधित्व एचएमएस बल्लारत र एचएमएस सिरियस ले गर्नेछन्।

मालाबार अभ्यास को दोस्रो चरण पहिलो चरणमा विकसित तालमेल र, अंतर-संचालन माथि आधारित हुनेछ। यो अभ्यास उन्नत सतह र पनडुब्बी विरोधी युद्ध अभ्यास, समुद्री जहाज विकास र हतियार सञ्चालन मा केन्द्रित हुनेछ।

सन् १९९२ मा मालाबार अभ्यास को शुरुवात भएको थियो। त्यसबेला यो अमेरिकी र भारतीय नौसेना बीच वार्षिक रुपमा आयोजना हुने गर्दथ्यो। विगत केही वर्षहरूमा यस अभ्यास को दायरा र जटिलता बढ्दै गएको छ।

मालाबारको २५ औं संस्करण, दुई चरणमा आयोजित हुनेछ। यस क्रममा कोविड १९ महामारीको सम्पूर्ण मापदण्ड अपनाइने छ। यस अभ्यास ले स्वतन्त्र, खुला, समावेशी हिन्द प्रशान्त क्षेत्र को साथसाथै नियम-आधारित अन्तराष्ट्रिय शासन व्यवस्था को समर्थन गर्दछ।