कोविड १९ महामारी शुरु भएयता राष्ट्रपति कोविन्दले भेट गर्नुभएको उनी पहिलो सरकार प्रमुख

डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले शनिबार नयाँदिल्ली स्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई भेट‌ गनुभएकी छिन्।

डेनमार्कका प्रधानमन्त्री र उनका श्रीमानलाई भारतमा स्वागत गर्ने क्रममा राष्ट्रपति कोविन्दले भन्नुभयो, " हाम्रा न्यानो र मैत्री सम्बन्ध इतिहास र साझा मूल्य र आकांक्षा मा निहित छन्। भारत र डेनमार्क बीच भर्खरै शुरू भएको हरित रणनीतिक साझेदारीले हाम्रो सम्बन्धलाई अझ बलियो बनाएको छ।"

भारत र डेनमार्क बीच बलियो लगानी सम्बन्ध रहेको र भारतमा निर्माण, जल जीवन अभियान, स्मार्ट शहर निर्माण, डिजिटल भारत, स्टार्ट अप भारत, स्वच्छ भारत, स्वच्छ गंगा, र अन्य अभियान मा डेनमार्क का सार्वजनिक र निजी क्षेत्रहरु पहिले नै सक्रिय भूमिका निर्वाह गरिरहेको भारतीय राष्ट्रपति ले बताउनुभयो।

राष्ट्रपति कोविन्दले डेनमार्ककी महारानी मार्गरेट द्वितीयलाई अर्को बर्ष भारत भ्रमणको निम्तो दिनुभएको छ। आगामी वर्ष उनको शासनकालको स्वर्ण महोत्सव र भारत स्वतन्त्रताको ७५ वर्ष पुग्ने हुनाले यो वर्ष निकै महत्त्वपूर्ण मानिएको छ।

सन् १९६३ मा डेनमार्ककी वर्तमान महारानी मार्गरेटे २ ले युवराज्ञी हुँदा भारत भ्रमण गर्नु भएकी थिइन्। यस महत्वपूर्ण घटनाको पनि राष्ट्रपतिले सम्झना गर्नुभयो।

विदेश मन्त्रालयका अनुसार कोविड १९ महामारी बेला डेनमार्क का जनता, सरकार ले भारतलाई उपलब्ध गराएको सहयोग का लागि राष्ट्रपति कोविन्दले डेनमार्कका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गर्नुभएको छ।