विस्तारित छिमेकी देशहरु संग भारत को बढ्दो संलग्नता को एक निरन्तरता‌ स्वरुप यो भ्रमण

अक्टोबर महिनाको १० तारिख देखि विदेश मन्त्री एस जयशंकर किर्गिज गणराज्य, कजाकिस्तान र आर्मेनिया को औपचारिक भ्रमण मा जानुहुनेछ।‌‌

यस भ्रमणले यी तीनै देश सँग भारतको स्थापित सम्बन्ध को समीक्षा गर्ने र क्षेत्रीय विकास मा विचार साझा गर्ने अवसर प्रदान गर्नेछ।

शनिबार विदेश मन्त्रालयले जानकारी दियो, " विस्तारित छिमेकी देशहरु संग भारत को बढ्दो संलग्नता को एक निरन्तरता‌ स्वरुप यो भ्रमण हुन लागेको हो।"

यी देशमा विदेश मन्त्रीको रूपमा जयशंकरको यो पहिलो भ्रमण हुनेछ।

अक्टोबर महिनाको १० देखि ११ तारिख सम्म उनी किर्गिस्तानका विदेशमन्त्रीसँग भेटघाट गर्नेछन् र किर्गिज गणतन्त्र का राष्ट्रपति सँग भेटेर द्विपक्षीय बैठक गर्ने छन्। भ्रमणका क्रममा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

विदेश मन्त्रालयका अनुसार जयशंकर अक्टोबर महिनाको ११ र १२ तारिख मा उनी कजाकिस्तानमा नूर-सुल्तानमा अन्तरक्रिया र विश्वास निर्माण उपायहरुको सम्मेलन (सीआईसीए) को ६ औं मन्त्रीस्तरीय बैठकमा भाग लिने छन्।

कजाकिस्तान सीआईसीए मञ्च का वर्तमान अध्यक्ष र आरम्भकर्ता हो।

विदेश मन्त्री जयशंकरले कजाकिस्तानका उपप्रधानमन्त्री र विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र कजाक नेतृत्वसँग भेट गर्ने अपेक्षा गरिएको छ।

अक्टोबर महिनाको १२ र १३ तारिख मा उनी आर्मेनियाको भ्रमण गर्ने छन्।

स्वतन्त्र आर्मेनिया मा भारतीय विदेश मन्त्री को यो पहिलो भ्रमण हुनेछ।

यस क्रममा उनी आफ्ना आर्मेनियाली समकक्षीसँग भेटवार्ता गर्नेछन् र प्रधानमन्त्री र आर्मेनियाको राष्ट्रिय सभाका अध्यक्षलाई भेट्ने छन्।