प्रमुख उदीयमान अर्थतन्त्र ब्रिक्स समूहका राष्ट्र मध्ये एचएसी मा सामेल हुने भारत पहिलो मुलुक

प्रकृति र मानिसको रक्षा का लागी बनाइएको महत्वाकांक्षी गठबन्धन (एचएसी) मा बिहिबार भारत पनि सामेल भएको छ। यस गठबन्धन मा ७० वटा भन्दा बढी राष्ट्र सामेल छन्। यस गठबन्धन ले ३०x३० को रक्षा गर्ने विश्वव्यापी लक्ष्य अपनाउन प्रोत्साहित गर्दछ।

सन् २०२१ को जनवरी महिनामा पेरिस मा आयोजित "एक ग्रह शिखर सम्मेलन" मा यस गठबन्धन को शुरुवात भएको थियो। सन् २०३० सम्ममा विश्व को समस्त भूमि र महासागर को कम्तिमा ३०% भाग सुरक्षित दायरा मा ल्याउन अन्तर्राष्ट्रिय सम्झौतालाई बढावा दिनु नै यस गठबन्धन को मुख्य उद्देश्य हो।

एचएसी मा हाल उत्तर र दक्षिणका देशहरु सामेल छन् जस अन्तर्गत युरोपेली, ल्याटिन अमेरिकी, अफ्रिका र एशियाई देशहरु पर्दछन।

प्रमुख उदीयमान अर्थतन्त्र ब्रिक्स समूहका राष्ट्र (ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रीका) मध्ये एचएसी मा सामेल हुने भारत पहिलो मुलुक बनेको छ।

पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका अनुसार चीन द्वारा आयोजित एक उच्चस्तरीय जैव विविधता बैठक मा भारतले यो घोषणा गरेको थियो।

अक्टोबर महिनाको ११ देखि १५ तारिख सम्म आयोजना हुने भर्चुअल बैठक मा जैविक विविधता सन्धि २०२२ लाई अन्तिम रूप दिन सम्बन्धित प्रमुख पक्षहरु को सम्बोधन गरिनेछ।विश्वव्यापी ३०x३० लक्ष्य हासिल गर्नु नै हाल संधि को केन्द्रबिन्दु हो।

सचिव, पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्रालय, भारत सरकार का रामेश्वर प्रसाद गुप्ताले बिहीबार आयोजित समारोहमा भारतका लागि फ्रान्सका राजदूत इमानुएल लेनैनलाई हस्ताक्षर गरिएको एचएसी सम्झौता हस्तान्तरण गर्नुभयो।

कोप १५ को पूर्व संध्या मा भारत उच्च महत्वाकांक्षा गठबन्धन मा शामिल हुनु एक वास्तविक खेल परिवर्तक भएको र बहुपक्षीय प्रयासलाई यसले बढावा दिने लेनैन ले बताउनुभयो।

गुप्ताले भन्नुभयो, "संसाधन परिचालन सधैं जैविक विविधताको संरक्षणका लागि नीति र कार्यक्रमहरुको कार्यान्वयनको आधारशिला हुनेछ।"

भारतले विश्वव्यापी जैविक विविधता लक्ष्यहरु पूरा गर्न सबै सहयोग सुनिश्चित गर्ने उनले बताउनुभयो।