वैश्विक रणनीतिक साझेदारी द्वारा भारत-अमेरिका सम्बन्ध विकसित: पीयूष गोयल

स्वतन्त्र, समावेशी र समृद्ध हिन्द-प्रशान्त क्षेत्र को केन्द्र भारत-अमेरिका साझेदारी रहेको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले बताउनुभएको छ।

अमेरिकालाई भारतको प्राकृतिक सहयोगी भन्दै गोयलले बिहीबार साझा दृष्टिकोणको साथ दुई देशहरु आफ्नो जनताको प्रगति र समृद्धिमा साँचो साझेदार बन्न सक्ने उल्लेख गर्नुभयो।

उनी संयुक्त राज्य अमेरिका - भारत व्यापार परिषद (युसिबिक) को ४६ औं वार्षिक साधारण सभा र भारत आइडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। उक्त शिखर सम्मेलनको विषय 'पुनरुत्थान: उभरिरहेको स्वास्थ्य समस्या र प्राविधिक प्रवृत्तिहरु को बीच वैश्विक आर्थिक सुधार को बढ्दो महत्व' थियो।

वैश्विक रणनीतिक साझेदारी द्वारा द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरुमा द्विपक्षीय अभिसरणको आधारमा भारत-अमेरिका सम्बन्ध विकसित भएको उनले बताउनुभयो।‌‌

यस सन्दर्भमा, उनले भारत-अमेरिका सम्बन्धलाई गहिरो बनाउन प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति जो बिडेनको "सक्रिय" दृष्टिकोणको बारेमा बोल्नु भएको छ।

क्वाड नेतृत्व शिखर सम्मेलनमा व्यक्तिगत रुपमा भाग लिन गत महिना प्रधानमन्त्री मोदी अमेरिका भ्रमण मा जानुभएको थियो। सोही सन्दर्भमा गोयलले दुई नेताहरुको पहिलो व्यक्तिगत भेट "अत्यन्त फलदायी" भएको बताउनुभएको छ।

अमेरिका को प्रमुख रक्षा साझेदार को रूप मा भारतले मान्यता पाएको उल्लेख गर्दै गोयलले उर्जा, स्वास्थ्य, व्यापार र नवाचार जस्ता क्षेत्रहरुमा संवाद का लागि ब्यापारिक सम्बन्ध मा सुधार गर्न र दुबै देशका जनतालाई राम्रो सेवा र अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ।

उनले भन्नुभयो, "भारत र अमेरिकाको साझेदारी ले नेतृत्वको भूमिका निर्वाह गर्नुपर्दछ। प्रविधि, वित्त, उत्पादन र आपूर्तिमा भारत र अमेरिका ले पूरक शक्तिहरुको उपयोग गर्नुपर्दछ। साथै इलेक्ट्रोनिक उत्पादन, फिनटेक, एड-टेक,स्वास्थ्य, जैव प्रौद्योगिकी फार्मा र सहयोगमा पारस्परिक समर्थन वृद्धि गर्न पनि आवश्यक छ।"

भारत अमेरिका सम्बन्धमा 'एकता, शक्ति, समावेशीकरण, साहस र प्रतिबद्धता' वृद्धि का लागि युसिबिक ले महत्वपूर्ण भूमिका निर्वाह गरेको मा तिनको प्रशंसा गर्दै उनले ४६ वर्षदेखि भारत अमेरिका बीच बलियो व्यापारिक सम्बन्ध स्थापित गर्न युसिबिक ले एक पुलको रुपमा‌ कार्य‌ गरेको बताउनुभयो।

कोविड १९ महामारी ले हामीलाई आपूर्ति श्रृंखला लागतमा मात्र नभई विश्वासमा पनि आधारित हुनु पर्ने पाठ पढाएको उनले बताउनुभयो। वैश्विक मूल्य श्रृंखला मा एक ठूलो हितधारक बन्न भारत विविध क्षेत्रहरु मा ध्यान केन्द्रित गर्न चाहेको उनले जानकारी दिनुभयो।

कोविडपछिको विश्वमा आपसी विश्वास घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै गोयलले भारत अमेरिका सम्बन्धलाई लचीलो बनाउन आग्रह गर्नुभयो।

अष्ट्रेलिया, युएई, ईयू र यूके जस्ता समान विचारधारा भएका मुलुक सँग भारतले एफटीए मा कुराकानी गरिरहेको वाणिज्य तथा उद्योग मन्त्रीले जानकारी दिनुभयो। प्रतिस्पर्धी र तुलनात्मक धार भएका २४ क्षेत्रहरु लाई सुदृढ बनाउन भारत केन्द्रित रहेको उनले बताउनुभयो।

भारतले लगानी बढाउन, आफ्नो कर व्यवस्थालाई सरल बनाउन, एफडीआई नीतिलाई उदार बनाउन र आविष्कार, नवाचार, अनुसन्धान र विकासलाई प्रोत्साहित गर्न प्रयास गरिरहेको थियो।

विश्वले अब भारतलाई एक विश्वसनीय साझेदार र विश्व अर्थतन्त्रमा एक प्रेरक शक्तिको रुपमा हेरेको उनले बताउनुभयो।

भारत अब विश्व मा तेस्रो ठूलो स्टार्टअप पारिस्थितिकी तंत्र बनेको उनले औंल्याउनुभयो।

भारत 'आत्मनिर्भर भारत' को बाटो मा दौडिरहेको छ। यस मन्त्र ले भारत लाई अझ खुल्ला बनाउनेछ र विश्व राष्ट्रहरु संग मिलेत काम गर्न सशक्त बनाउने उनले भन्नुभयो।

भारतले 'स्वदेश मा निर्माण' बाट 'विश्व को‌ लागि स्वदेश मा निर्माण' को निती अपनाएको बताउँदै उनले भारतले आफ्नो घरेलु उद्योगलाई सुदृढ बनाउँदै लगेको र लागत-प्रतिस्पर्धाको साथ गुणस्तर प्रदान गर्ने प्रतिबद्धता गरेको पनि उनले जानकारी दिनुभयो।