रक्षा मन्त्रालयका अनुसार अन्तरदेशीय क्षमता विकास र मैत्री विदेशी राष्ट्रहरु संग विशेषज्ञता आदान प्रदान गर्ने यस अभ्यासको उद्देश्य

उत्तराखण्डको चौबटियामा भारतीय र बेलायती सेना ले संयुक्त सैन्य अभ्यास 'अजेय योद्धा' को शुरुवात गरेका छन्। रक्षा मन्त्रालयले बिहीबार जारी गरेको एक विज्ञप्ति अनुसार यस संयुक्त सैन्य अभ्यासको छैठौं संस्करण को समापन अक्टोबर महिनाको २० तारिख मा हुनेछ।

विज्ञप्तिमा भनिएको छ, " यस अभ्यासको क्रममा भारतीय सेना को तर्फबाट एक पैदल सेना दल र बेलायती सेना का तर्फ बाट बराबर शक्ति भएको एक दल सहभागी हुनेछन्। यिनले आ -आफ्ना देश तथा विदेशी भूमि मा विभिन्न सैन्य संचालन को क्रम मा बटुलेका अनुभव साझा गर्नेछन्।"

प्रशिक्षण को क्रममा दुबै सेनाहरु एक अर्काका हतियार, उपकरण, रणनीति, प्रविधि र संयुक्त सैन्य अभियान का प्रक्रियाहरु संग परिचित हुनेछन्।

यसका साथै विभिन्न विषयहरु जस्तै संयुक्त हतियार अवधारणा, संयुक्त सेना मा अनुभव को साझेदारी, संचालन रसद र अन्य पारस्परिक हित का मुद्दा मा विशेषज्ञ शैक्षिक छलफल पनि हुनेछ।

एक अर्ध-शहरी वातावरण मा यस संयुक्त सैन्य प्रशिक्षण कार्यक्रम को सञ्चालन गरिनेछ। यस प्रशिक्षण मा लगातार ४८ घण्टा का लागि सेना अभ्यासमा सामेल हुनेछन्।

यस संयुक्त सैन्य अभ्यासले द्विपक्षीय सम्बन्ध सुधार्न एक प्रमुख अवसर प्रदान गर्नेछ। साथै दुई राष्ट्र बीचको मित्रतालाई अझ सुदृढ बनाउन एक मुख्य भूमिका निर्वाह गर्नेछ।‌