तीन दिवसीय भ्रमण ( अक्टोबर महिनाको ५ देखि ७ तारिख सम्म) का क्रममा अमेरिकी उप राज्य सचिव वेन्डी शर्मन नँया दिल्ली मा

बुधबार अमेरिकी उप राज्य सचिव वेन्डी शर्मन र भारतीय विदेश सचिव श्रृंगला बीच भेटवार्ता भएको छ। छलफलमा दुई देशबीच स्थापित द्विपक्षीय सम्बन्धको समीक्षा गरिएको थियो। यसका साथै प्रधानमन्त्री नरेन्द्र मोदीको भर्खरै सम्पन्न अमेरिका भ्रमणको नतिजाको पनि समीक्षा गरिएको थियो।

भेटका क्रममा दुबै पक्षले क्षेत्रीय मामिलाहरु, दक्षिण एसिया र हिन्द प्रशान्त क्षेत्रीय र पारस्परिक हित सम्बन्धित वैश्विक मामिलामा विचार आदान प्रदान गरेका थिए।

यस अघि, अमेरिका-भारत व्यापार परिषद द्वारा आयोजित भारत-विचार शिखर सम्मेलन मा पनि उनले भाग लिएकी थिइन्।‌

राज्यका उपसचिव शर्मनले विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई पनि भेट्ने छिन्।

नियमित वार्तालाप जारी राख्न, व्यापक वैश्विक रणनीतिक साझेदारी बनाइराख्न र भारत अमेरिकी सम्बन्ध अझ सुदृढ बनाउन उपसचिव शर्मनको भ्रमण ले अवसर प्रदान गर्ने अपेक्षा गरिएको विदेश मन्त्रालयले बताएको छ।