श्रीलंका मा चीन को उपस्थिति बढ्दो, यस्तोमा विदेश सचिव को यस भ्रमण बाट दुवै पक्ष बीच उपस्थित मुद्दा समाधान गर्ने अवसर प्रदान

भारत र श्रीलंका बीच कुनै पनि उच्च स्तरीय बैठक द्विपक्षीय सम्बन्ध को बहुआयामी प्रकृति को प्रतिबिम्ब मात्र नभएर दुबै बीचको सम्बन्ध को व्यापक दायरा र गहिराईको प्रतिनिधित्व गर्दछ।

दुवै देशबीच गहिरो ऐतिहासिक, सांस्कृतिक, आर्थिक, राजनैतिक र सुरक्षा सम्बन्ध स्थापित छ। यस्तोमा श्रीलंकाका समकक्षी एडम जयनाथ कोलम्बेज (सेवानिवृत्त) को निमन्त्रणा मा अक्टोबर २ देखि ५ तारिख सम्म भएको‌ उनको भ्रमण ले दुई राष्ट्रहरु बीच एक नियमित संलग्नता को अवसर प्रदान गरेको छ।

यध्यपी घरेलु, द्विपक्षीय र क्षेत्रीय प्रभावहरु का बीच विदेश सचिव को भ्रमण ले अन्य उच्चस्तरीय सहभागिताहरु को विपरीत एक प्रमुख महत्व बोकेको छ।

परराष्ट्र सचिवको संलग्नता व्यापक थियो र यसले महामारीपछिको विश्वमा दुई राष्ट्रहरु बीचको द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनको लागी‌ एक अवसर प्रदान गरेको छ। निस्सन्देह श्रीलंका मा खाधान्न संकट र विदेशी मुद्रा संकट का कारण यो भ्रमण जरुरी थियो। विदेश मन्त्री जीएल पैरिस र विदेश मंत्री जयशंकर बीच युनजिए शिखर सम्मेलन को क्रममा भेटवार्ता भएको थियो। यसले पनि विदेश सचिव को यस भ्रमण लाई निर्धारित गरेको थियो।

जे होस्, कोलम्बोमा विदेश सचिव शृंगलाको संलग्नता आधिकारिकता मा मात्र सीमित थिएन। उनले टापु राष्ट्रको राजधानी र तमिल बहुल जाफना शहर को उत्तरी प्रान्तमा राजनीतिक नेतृत्व संग बैठक गर्नुभएको थियो।

काण्डीको प्रसिद्ध दलाडा मालीगावा मन्दिरमा बुद्धको दाँतको अवशेषमा पूजा अर्पण गरी आफ्नो तीनदिने औपचारिक भ्रमणको शुरुवात गरेर उनले देशका बौद्ध बहुमतलाई सकारात्मक सन्देश दिएका छन्।

यसले द्विपक्षीय मामिलामा सांस्कृतिक र नागरिक बीचको सम्बन्धको महत्वलाई पनि प्रकाश पारेको छ। जुन भारतको 'छिमेकी पहिलो नीति' को एक मुख्य पक्ष हो।

पूर्वी बन्दरगाह शहर त्रिन्कोमाली मा उनले सार्वजनिक क्षेत्र भारतीय तेल निगम (आईओसी) को आंशिक अधिकार मा रहेको दुई वटा तेल उधोग को पनि अवलोकन गर्नुभएको थियो। यसबाट उनले नयाँ दिल्लीको निरन्तर चासो दर्शाए भने 'गलत हात' (चीन) मा पर्न सक्ने चिन्ता पनि व्यक्त गरे।

नागरिक बीचको सम्बन्ध

विदेश सचिवले द्वीप-छिमेकी युद्धकालीन राष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षे सँग भेट गर्नुभएको थियो। भारतीय विदेश मन्त्रालय मा संयुक्त सचिवको रूपमा कार्यरत हुँदा देखि नै उनले प्रधानमन्त्री राजापाक्षेलाई चिन्दथे।

उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई भेट गरी आफ्नो भ्रमणको समापन गर्नुभयो। दुवै भेट शिष्टाचार को लागि भएपनि श्रींगलाको विदेश मन्त्री जी एल पेरीस र समकक्ष कोलम्बज र अर्थमन्त्री बासिल राजापाक्षे सँग भएको बैठक महत्वपूर्ण थियो।

यी भेटघाटका क्रममा विदेश सचिवले जाफना-चेन्नई हवाई सेवा, कराईकल-कनकेसंथुरै र धनुष्कोडी-तालाईमानार जहाज सेवा, र भारतको कुशीनगर र श्रीलंकामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल मा ' बौद्ध मार्ग' को निर्माण गरी नागरिक बीच को सम्बन्ध घनिष्ठ बनाउन चाहेको सन्देश दिनुभयो।

श्रीलंका मा भारतले नागरिक केन्द्रित क्षमता निर्माण कार्यक्रम सञ्चालन गर्न चाहेको पनि सन्देश दिनुभयो। भारतीय आवास परियोजना, भवुनिया जिल्ला मा नमुना आवास गाउँ, डम्बुल्ला चिसो भण्डारण प्लान्ट, पोलोनरुवा मा त्रिभाषी स्कूल यी निर्माण कार्य मा‌ पर्दछन्। यद्यपि धेरै हदसम्म कसैको ध्यान नपरेको भएपनि उनले यी परियोजनाहरु प्रायः श्रीलंकाका साझेदारहरु द्वारा स्थानीय स्रोत को प्रयोग गरी निर्माण भइरहेको जानकारी दिएका थिए। यस प्रकार उनले आर्थिक साझेदारी को लागी भारत को अनौठो दृष्टिकोण लाई प्रकाश पार्नुभएको थियो।

राजनीतिक र आर्थिक सम्बन्ध

त्रिन्कोमाली तेल उधोग मा उनको निरीक्षण एक तरीकाले निहित थियो र श्रीलंका मा भारत को सहायता मा कुनै सीमा नरहेको दर्शाएको थियो। यस भ्रमण ले आर्थिक सम्बन्ध सुधार्ने दायरा र आवश्यकतालाई उजागर गरेको छ - यसमा राष्ट्रको 'ऊर्जा सुरक्षा' जोडिएको छ जुन द्विपक्षीय सम्बन्धको अर्को आधारशिला हो। श्रीलंकाको तेल उद्योगका कर्मचारी संगठन को आवधिक विरोध र सत्तारूढ गठबन्धन तथा राजनीतिक वर्ग का अवरोध का कारण यो परियोजना त्यति सफल हुनसकेको छैन।

तेल उधोग को भ्रमण ले द्विपक्षीय विकास र व्यावसायिक सम्बन्ध निर्माण मा श्रीलंकाली पक्ष बाट भइरहेको कमी कमजोरीलाई स्पष्ट पारेको छ। यस्ता कमी कमजोरीका कारण विभिन्न भारतीय समर्थन प्रदान परियोजना निर्माण स्थगित भएका छन्। उदाहरणका लागि सन् २००८ मा गरिएको सेपा व्यापारिक सन्धिको स्थगन र जापान सहित को त्रिपक्षीय इसिटी सम्झौता को रद्द हुनु।

राजनीतिक मोर्चामा पारस्परिक हित का सम्बन्ध मा छलफल बाहेक उनको श्रीलंकाली विदेश मन्ती पेरिसको संगको कुराकानी मा उनले श्रीलङकाको जातीय मुद्दा तथा अन्तरद्वन्द्व मा भारतको स्थिति व्यक्त गर्नुभयो। उनले जातीय मेलमिलापका लागि भारतले १३ औं संशोधनको पूर्ण कार्यान्वयन चाहेको र प्रान्तलाई शक्ति प्रदान गरिनुपर्ने भारतको दृष्टिकोण प्रष्ट पार्नुभयो। यस लक्ष्यको लागि, उनले राज्यपाल चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको थियो। पहिलो को सरकारले यस निर्वाचन मा ढिलाइ गरेको थियो।

श्रीलंकाको खाधान्न र विदेशी मुद्रा संकट का सन्दर्भमा उनले वित्तमन्त्री बसिल राजपक्षे सँग विस्तृत छलफल गर्नुभयो। केही खास आवश्यकता र संभावनाहरू छलफल गरिएको छ भने विस्तृत छलफल का लागि श्रृंगला को दिल्ली बाट फर्किने समय कुर्नु आवश्यक छ। दिल्ली मा उनी अन्य विभाग तथा अधिकारी सँग यस विषयमा छलफल गर्नेछन्। यसबारे आधिकारिक बयान हाल जारी भएको छैन।

सुरक्षा सम्बन्ध

यद्यपि भ्रमणको आधिकारिक कार्यक्रम नभए पनि विदेश सचिव को भ्रमण को क्रममा १२ दिने मित्र शक्ति सैन्य अभ्यास को ८ औं संस्करण को आयोजना गरिएको थियो। पूर्वी अम्पारा को लडाई प्रशिक्षण स्कूलमा १ सय २० भारतीय सेना ले विद्रोह विरोधी अभ्यास र आतंकवाद विरोधी अभ्यास सञ्चालन गर्दै आएको छ। यसमा श्रीलंकाली सेनाका पनि सहभागिता रहेको छ। यो एक वार्षिक अभ्यास हो र दुवै देशले आलोपालो गरी यस अभ्यासको आयोजना गर्दछन्। यस अभ्यासले दुई देशबीच सुरक्षा, आतंकवाद र विद्रोह विरुद्ध स्थापित द्विपक्षीय सम्बन्ध उजागर गर्दछ।

विगतमा, दुई देशका सेना बीच सम्बन्ध प्रबर्धन गर्न र अन्तरक्रिया बढाउन यस्ता अभ्यास गरिन्थ्यो। हालको मित्र शक्ति मा भने संयुक्त राष्ट्र संघको मापदण्ड र दिशानिर्देश समाहित गरिएका छन्। यसबाट द्विपक्षीय सैन्य सम्बन्ध नँया उचाइमा पुगेको छ। यसबाट दुवै देश ले कुनै पनि समयमा बहुपक्षीय र वैश्विक प्रतिबद्धता पुरा गर्न सक्दछन्।


*** लेखक एक सुरक्षा र विदेश नीति विश्लेषक हुनुहुन्छ। प्रस्तुत विचार उनका व्यक्तिगत विचार हुन्।‌