मालाकल तथा माथिल्लो नाइल मा शान्ति स्थापना का लागि कार्यरत भारतीय शान्ति सेना ले सधैं थुप्रै चुनौतिहरु को सामना गर्नुपरेका छन्

विश्वको सबैभन्दा कान्छो राष्ट्र दक्षिण सुडान मा शान्ति स्थापना गर्न दिएको योगदान र सेवा का निम्ति ८ सय भन्दा बढी भारतीय शान्ति सेना प्रतिष्ठित संयुक्त राष्ट्र पदक द्वारा सम्मानित भएका छन्।

सोमबार दक्षिण सुडान स्थित संयुक्त राष्ट्र मिशन (अनमिस)को वेबसाइट मा राखिएको एक प्रतिवेदन अनुसार मालाकल तथा माथिल्लो नाइल मा शान्ति स्थापना का लागि कार्यरत भारतीय शान्ति सेना ले सधैं थुप्रै चुनौतिहरु को सामना गर्नुपरेका छन्।

त्यसकारण विश्वको सबैभन्दा कान्छो राष्ट्र दक्षिण सुडान मा शान्ति स्थापना गर्न दिएको योगदान र सेवा का निम्ति ८ सय ३६ जना भारतीय शान्ति सेना प्रतिष्ठित संयुक्त राष्ट्र पदक द्वारा सम्मानित भएको उक्त प्रतिवेदन मा भनिएको छ।

प्रतिवेदन अनुसार अनमिसका सैन्य कमाण्डर, लेफ्टिनेंट जनरल शैलेश तिनाईकर ले सफलतापूर्वक आफ्नो कर्तव्य पूरा गरेको मा भारतीय बटालियन को सराहना गरेका छन्।

सेना कमान्डर ले भन्नुभयो, "तपाइँहरु जब माथिल्लो नाइल राज्य मा आइपुग्नुभयो, त्यो बेला ठूलो शान्ति समस्या को समय थियो।"

उनले भन्नुभयो," कुनै बेला पनि आन्तरिक साम्प्रदायिक दँगा भड्किन सक्ने परिस्थिति मा पनि तपाइँले तुरुन्तै जिम्मेवारी सम्हाल्नु भएको थियो। तपाइँको उपस्थिति र गश्तीले एक जरूरी निवारक को रूप मा काम गर्‍यो। नागरिकहरु बिना कुनै डर आफ्नो दैनिक जीवन बाँच्न सक्षम भए।"

भारतीय शान्ति सेनाले रेन्कमा ३२ जना मानव अधिकार कर्मचारी को उद्धार गरेको थियो र तिनलाई आश्रय प्रदान गरेको थियो। तिनलाई देशको राजधानी जुबामा सुरक्षित निकासी गरेको थियो। त्यसको लागि सेना कमाण्डर तिनाईकरले भारतीय शान्ति सेना को प्रशंसा गर्नुभयो।

प्रतिवेदन अनुसार दक्षिण सुडानका लागि भारतीय राजदूत विष्णु शर्मा पदक वितरण समारोह मा मुख्य अतिथी को रुपमा उपस्थित थिए। उनले‌ पनि सेना कमान्डर को जसरी भारतीय शान्ति सेना को‌ प्रशंसा गरेका थिए।

राजदूत शर्माले भन्नुभयो, " तपाइँको साहस, प्रतिबद्धता र बलिदान ले दक्षिण सुडान मा स्थायी शान्ति कायम भएको छ। तपाईंले संयुक्त राष्ट्र र आफ्नो देशलाई गौरवान्वित गर्नुभएको छ।"

प्रतिवेदन अनुसार हजारौं जनावरहरुको उपचार गरेका भारतीय पशु चिकित्सकहरु को योगदान का लागि पनि राजदूत ले तिनको प्रशंसा गर्नुभएको थियो। यी भारतीय पशु चिकित्सकहरुले पशु प्रबंधन का लागि पशुधन मालिकहरु बीच क्षमताको निर्माण गरेका छन्। यसले उनीहरुको आर्थिक स्थिरतामा वृद्धि गरेको छ।

मालाकाल स्थित अनमिस कार्यालय का कार्यवाहक प्रमुख क्रिश्चियन मिकालाले पनि भारतीय शान्ति सेना को योगदान को प्रशंसा गर्नुभएको थियो।

प्रतिवेदन अनुसार मिकालाले भन्नुभयो, "तपाइँ आफ्नो जिम्मेवारी क्षेत्र मा महत्वपूर्ण भूमिका निभाईरहनुभएको छ र माथिल्लो नाइल का बासिन्दा सँग विश्वास को सम्बन्ध बनाउनुभएको छ।"

उनले थप भन्नुभयो," तपाइँ सबैले गर्वका साथ आफ्नो पदक लगाउनु पर्छ।"

भारतीय बटालियन का कमाण्डर कर्नल नीरज तिवारी का लागि यो तैनाती समुदाय को सेवा का लागि उठाइएको आवश्यक कदम थियो।

उनले भन्नुभयो, "शान्ति, क्षमता निर्माणमा हामी ले एक सकारात्मक विरासत छोडेको र यसका लागि तँपाई हामीलाई सम्झनुहुन्छ भन्ने हामीले आशा लिएका छौं। दक्षिण सुडान का नागरिक ले तल्लो तह देखि समाज को उच्चतम स्तर सम्म एक दिगो शान्ति निर्माण मा उल्लेखनीय कार्य गर्नुहुन्छ हामी यसमा विश्वस्त छौं र शुभकामना पनि दिन्छौं।"

यस सार्थक र रंगीन कार्यक्रममा शान्ति सेनाका साथै दक्षिण सुडानी लोक कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो।