विदेश सचिवको‌ यस भ्रमण ले दुई देशबीच बहुआयामिक सम्बन्ध सुदृढ हुने अपेक्षा

मंगलबार भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला र श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षे बीच भेट भएको थियो। यसबाट भारत र श्रीलंका बीच सम्बन्ध झन् मजबुत बनेको छ।

श्रीलंका स्थित भारतीय उच्चायोगले एक ट्वीट मा दुवै पक्ष ले भारत र श्रीलंकाको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्न उत्पादक छलफल गरेको जानकारी दिएको छ।

कोलम्बो स्थित भारतीय उच्चायोगले यस बारे जानकारी दिदैं ट्वीटरमा भनेको छ, “विदेश सचिव हर्षवर्धन श्रृंगला र श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षे बीच आज भेट भएको छ। दुवै पक्ष ले भारत र श्रीलंकाको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्न उत्पादक छलफल गरेका छन्।"

आफ्नो चार दिवसीय भ्रमण को अन्तिम दिन विदेश सचिव हर्षवर्धन श्रृंगला र भारतीय उच्चायोग का अधिकारीहरु बीच कुराकानी भएको थियो।

उच्चायोगले मँगलबार यस बारे जानकारी दिदैं अर्को ट्वीटमा भनेको छ, 'विदेश सचिव हर्षवर्धन श्रृंगला र भारतीय उच्चायोग का अधिकारीहरु बीच कुराकानी भएको छ। उहाँको प्रोत्साहित र प्रेरणात्मक शब्दले साँच्चै नै हामी लाई प्रेरित गरेको छ।"

श्रीलंकाका विदेश सचिव एडमिरल जयनाथ कोलम्बेजको निमन्त्रणामा भारतीय विदेश सचिव श्रीलंका भ्रमण मा जानुभएको हो।

सोमबार श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे र विदेश सचिव हर्षवर्धन श्रृंगला बीच भेटवार्ता भएको थियो। उक्त छलफल मा भारत र श्रीलंकाको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्न उत्पादक छलफल भएको थियो।

श्रीलंका संग भारत को विकास साझेदारी अन्तर्गत उनले ४ वटा आवास र शिक्षा क्षेत्र परियोजना को उद्घाटन गर्नुभएको छ।

श्रीलंकाको आफ्नो आधिकारिक भ्रमणको क्रममा, श्रीगंलाले केन्द्रीय प्रान्तीय शहर क्यान्डी, ट्रिनकोमालीको पूर्वी प्रान्तीय बन्दरगाह र उत्तरी प्रान्तीय राजधानी जाफनाको भ्रमण गर्नुभएको थियो। यसक्रममा उनलाई विकास परियोजनाहरुको बारेमा जानकारी प्रदान गरिएको थियो।