बंगलादेशको कोविड १९ विरुद्ध लडाइमा भारतद्वारा विभिन्न माध्यमबाट सहयोग प्रदान

स्वास्थ्य सेवामा सुधार ल्याउन भारतले बंगलादेशलाई सहयोग प्रदान गर्दै आएको छ।‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌सोही क्रममा भारतले मंगलबार सिल्हटका अस्पतालहरुलाई दुई जीवन समर्थन एम्बुलेन्स हस्तान्तरण गरेको छ।

बंगलादेश स्थित भारतीय उच्चायुक्त विक्रम के दोराईस्वामीले सिल्हट उस्मानी चिकित्सा कलेज र अस्पताल र खादिमपारा स्थित ३१ शैय्या अस्पताल सिलहट सदरलाई दुई जीवन समर्थन एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो।

बंग्लादेशका विदेश मामिला मन्त्री ए के अब्दुल मोमेन को उपस्थिति मा सिलहट उस्मानी चिकित्सा कलेज र अस्पताल (एसओएमसीएच), सिलहट मा हस्तान्तरण समारोह आयोजित गरिएको थियो।

यी नँया एम्बुलेंस मा आधुनिक, महत्वपूर्ण जीवन बचाउने उपकरणहरु र जडान गरिएका छन्। यस एम्बुलेन्स को मद्दतले आपातकालीन स्थिति मा विरामीलाई अस्पताल लाँदै गर्दा बाटो मा नै आवश्यक चिकित्सा हेरचाह प्रदान गर्न सकिन्छ।

मार्च महिनामा बंग्लादेशको भ्रमण को‌ क्रममा प्रधानमन्त्री मोदीले बंग्लादेशलाई १ सय ९ वटा जीवन समर्थन एम्बुलेन्स प्रदान गर्ने घोषणा गर्नुभएको थियो। सोही घोषणा अनुरुप यी दुई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।

बंगलादेशको कोविड १९ विरुद्धको लडाइमा भारतले विभिन्न माध्यमबाट सहयोग प्रदान गर्दै आएको छ। भारतले बंगलादेशलाई पीपीई किट, चिकित्सा उपकरण, परीक्षण किट, खोप, र क्षमता निर्माण र अनुभव आदान प्रदान गर्ने कार्यशाला लगायत विभिन्न माध्यमबाट सहयोग प्रदान गरेको छ।

यस वर्ष को शुरुवात मा भारत महामारीको दोस्रो लहर बाट गुज्रिदा बंग्लादेशले पनि भारतको सहयोग गरेको थियो।

बंग्लादेशको घनिष्ठ मित्र भएको नाताले भारतले यस देशलाई जर सम्भव सहयोग प्रदान गर्न प्रतिबद्ध छ। विशेष गरी भारतले सार्वजनिक स्वास्थ्य र बंगलादेशी नागरिक को कल्याण का लागि सहयोग प्रदान गर्दै आएको छ।

यसअघि, अगस्त महिनाको १७ तारिख मा भारतले बंगलादेशलाई ३१ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो।

त्यस्तै अगस्ट महिनाको २५ तारिख मा भारतले थप ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो।