सन् २०२० को सेप्टेम्बर महिना देखि भारत र डेनमार्क द्वारा 'हरित रणनीतिक साझेदारी' स्थापना

अक्टोबर महिनाको ९ देखि ११ तारिख सम्म डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सन भारत भ्रमणमा आउनु हुने भएको छ।

उनको यस भ्रमण ले भारत र डेनमार्क बीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

उनको भ्रमणको क्रममा प्रधानमन्त्री फ्रेडरिक्सन राष्ट्रपति रामनाथ कोविन्द सँग भेट्ने छिन् र प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछिन्।

मंगलबार विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनी बुद्धिजीवी, विद्यार्थी र नागरिक समाजका सदस्यहरु सँग पनि भेट्ने छिन्।

सन् २०२० को सेप्टेम्बर महिनाको २८ तारिख मा प्रधानमन्त्री नरेन्द्र मोदी र डेनमार्कका प्रधानमन्त्री फ्रेडरिक्सन बीच भर्चुअल शिखर सम्मेलन आयोजना भएको थियो। सोही क्रममा दुवै नेतृत्व ले 'हरित रणनीतिक साझेदारी' को स्थापना गरेका थिए।

उनको यस भ्रमण को क्रममा दुबै पक्षलाई द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षबारे छलफल गर्ने र यस 'हरित रणनीतिक साझेदारी' को कार्यान्वयनमा भएको प्रगतिको समीक्षा गर्ने मौका दिनेछ।

दुवै पक्षले पारस्परिक हितका क्षेत्रीय र बहुपक्षीय मुद्दाहरुमा पनि छलफल गर्नेछन्।

भारत-डेनमार्क द्विपक्षीय सम्बन्ध नियमित उच्च स्तरीय बैठक र विचार आदानप्रदान द्वारा दिगो बन्दै गएको छ। दुई देशबीच को यो सम्बन्ध साझा लोकतान्त्रिक परम्परा र क्षेत्रीय साथै अन्तर्राष्ट्रिय शान्ति र स्थिरता को साझा चाहना मा आधारित छन्।

भारत र डेनमार्क बीच बलियो व्यापार र लगानी सम्बन्ध छ। भारतमा २ सय भन्दा बढी डेनमार्क संस्था कार्यरत छन् भने डेनमार्क मा ६० भन्दा बढी भारतीय संस्था सञ्चालन मा छन्।
नवीकरणीय उर्जा, स्वच्छ प्रविधि, पानी र फोहोर व्यवस्थापन, कृषि र पशुपालन, विज्ञान र प्रविधि, आईसीटी, स्मार्ट शहरहरु, र ढुवानी सहित डिजिटलाइजेशन को क्षेत्र मा दुई देशबीच बलियो सहयोग अवस्थित छ।