विदेश सचिव श्रृंगला श्रीलंकाको चार दिने भ्रमणमा हुनुहुन्छ

आइतबार विदेश सचिव श्रृंगला ले श्रीलंका को उत्तरी प्रान्त जाफनाको भ्रमण गर्नुभएको थियो। उनको यस भ्रमण को क्रममा उनलाई भारतीय अनुदान सहयोगमा निर्माण भइरहेको पलाली विमानस्थलको विकास र पुनर्वासको बारेमा जानकारी दिइएको थियो।

श्रीलंका स्थित भारतीय उच्चायोगले ट्वीट मार्फत विदेश सचिव को जाफना भ्रमण बारे जानकारी दिएको थियो।

उक्त ट्वीटमा भनिएको छ, "विदेश सचिव @हर्षश्रींगला जाफना आइपुग्नुभएको छ। जाफना मा भारतीय सीजी र अध्यक्ष, उत्तरी प्रान्तीय परिषद, सीवीके शिवगणनाम ले उनको स्वागत गर्नुभएको थियो। नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले विदेश सचिवलाई
पलाली विमानस्थलको विकास र पुनर्वासको बारेमा जानकारी दिएका छन्।"

जाफना भ्रमण को क्रममा उनले भारतीय अनुदान सहायताले बनेको प्रतिष्ठित जाफना सांस्कृतिक केन्द्रको पनि भ्रमण गर्नुभएको थियो। भारतीय उच्चायोगले यस बारे जानकारी दिदैं ट्वीटमा भन्यो, " यस प्रतिष्ठित, अत्याधुनिक सांस्कृतिक केन्द्रले उत्तरी प्रान्तका मानिसहरुलाई उनीहरुको जरा सँग जोड्न र हाम्रो साझा सांस्कृतिक सम्पदाको पोषण गर्न मद्दत गर्नेछ।"

श्रीलंका को उत्तरी प्रान्त मा भारतीय अनुदान सहायता अन्तर्गत धेरै परियोजनाहरु निर्माणाधीन छन्। जस अन्तर्गत ८० करोड लागत मा जाफना सांस्कृतिक केन्द्र को निर्माण गरिंदै छ, २७ वटा विद्यालयहरु को लागी नयाँ कक्षा कोठा को निर्माण, ३ हजार वर्षा संकलन एकाइहरु र उत्तरी प्रान्त मा पलाली विमानस्थलको निर्माण समावेश छन्।

पलाली विमानस्थलको निर्माण का लागि भारत ले ११.८३ करोड को अनुदान प्रदान गरेको छ। सन् २०१९ बाट यस विमानस्थल बाट अन्तर्राष्ट्रिय उडानहरु शुरू गरिएको थियो।

यसअघि भारतीय विदेश सचिव अक्टोबर महिनाको २ तारिखमा कोलम्बो आइपुगेका थिए।

विदेश मन्त्रालयका अनुसार विदेश सचिव श्रींगला को यस भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्ध, निर्माणाधीन द्विपक्षीय परियोजनाहरुको प्रगति र कोविड १९ सम्बन्धी अवरोधहरुको सामना गर्न जारी सहयोगको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ।