विदेश सचिवको रूपमा हर्षवर्धन श्रृंगला श्रीलंकाको औपचारिक चार दिने भ्रमणमा हुनुहुन्छ

सोमबार विदेश सचिव हर्षवर्धन श्रृंगला र प्रधानमन्त्री महिन्दा राजापाक्षे बीच भेट भएको छ। दुवै पक्ष ले भारत-श्रीलंका बहुआयामिक साझेदारी बारे छलफल गरेका छन्।

कोलम्बो स्थित भारतीय उच्चायोगले यस बारे जानकारी दिदैं ट्वीटरमा भनेको छ, “विदेश सचिव हर्षवर्धन श्रृंगला र श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे बीच आज भेट भएको छ। दुवै पक्ष ले भारत र श्रीलंकाको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्न उत्पादक छलफल गरेका छन्।"

श्रीलंकाका विदेश सचिव एडमिरल प्रोफेसर जयनाथ कोलम्बेजको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला श्रीलंकाको औपचारिक भ्रमणमा हुनुहुन्छ।

यसअघि कोलम्बोको टेम्पल ट्रीमा भारतीय विकास सहयोग परियोजनाहरुको उद्घाटन समारोहमा विदेश सचिवले विगत एक बर्षमा भारतले एक शुद्ध सुरक्षा प्रदायक र मानवीय सहायता र हिन्द महासागर क्षेत्र मा आपदा राहत (एचएडीआर) मा पहिलो उत्तरदाता बनेर आफ्नो प्रमाणलाई बलियो बनाएको बताउनुभयो।

उनले भन्नुभयो, "श्रीलंका को अनुरोध मा यहाँका आगलागी र सामुद्रिक प्रदूषण जस्ता विषम परिस्थितिमा भारत ले श्रीलंकालाई सहयोग दिन पाउँदा निकै हर्षित भएको छ। कोविड १९ विरुद्ध संघर्ष मा श्रीलंकालाई सहयोग प्रदान गर्न भारतीय नौसेनाले अगस्ट महिनामा चिकित्सा ऑक्सीजन आपूर्ति गरेको थियो।"

कोविड १९ महामारी का बेला पनि भारतले श्रीलंकाको विशिष्ट र तत्काल चिकित्सा आवश्यकताहरु का लागी हवाई क्षेत्र खुला राखेको उनले बताउनुभयो।

श्रीलंका मा स्थिति को सहजता संगै अब भारत चाँडो भन्दा चाँडो विभिन्न विकास परियोजना सञ्चालन गर्न चाहन्छ। जस अन्तर्गत जाफना बाट चेन्नई उडान, कारैकाल र कनकेसंथुरै र धनुषकोडी र तालाईमानार को बीच जहाज सेवा सञ्चालन, कुशीनगर मा बौद्धिक गलियारा सहित नयाँ अन्तर्राष्ट्रिय विमानस्थल को निर्माण समावेश छन्।

श्रीलंकालाई भारत ले प्रदान गरेको विकास सहायताको सन्दर्भमा, उनले सन् २००९ पछि तत्काल भारतले श्रीलंकामा आफ्नो आवास परियोजना शुरू गरेको बताउनुभयो। समय संगै, यो परियोजना भारत र श्रीलंका बीच विकास सहयोग साझेदारी को एक अभिन्न अंग बनेको उनले उल्लेख गर्नुभयो।

परराष्ट्र सचिवले भन्नुभयो, "आज, हामी भारतीय आवास परियोजना को तेस्रो चरण अन्तर्गत १२ सय ३५ आवास श्रीलंकाली जनतालाई समर्पित गर्दैछौं।"

अन्य विविध परियोजना बारे कुरा गर्दै उनले यी सम्पूर्ण परियोजना निर्माण का निम्ति स्थानीय रोजगार कम्पनीहरु, स्थानीय सामाग्री र स्थानीय श्रमको प्रयोग गरिएको जानकारी दिनुभयो। उनले भन्नुभयो, "वावुनिया जिल्ला मा नमुना आवास क्षेत्र निर्माण, जाफना मा भाडामराड्जी विधालय भवन निर्माण, पुसेलवा मा सरस्वती केन्द्रीयता क्याम्पस भवन निर्माण जस्ता परियोजना ले हाम्रो विकास परियोजना जनता केन्द्रित रहेको प्रमाणित गर्दछ।"

आउने केही महिना मा डम्बुल्ला कोल्ड स्टोरेज प्लान्ट, पोलोनारुवा मा त्रिभाषी विधालय, र पालेकेले मा नृत्य विधालय को निर्माण सकिने वहाँ ले बताउनुभयो। यसअघि कोविड महामारी तथा प्रशासनिक चुनौति का कारण यी परियोजना स्थगित गरिएका थिए।

श्रीलंका मा रामायण सँग सम्बन्धित विभिन्न स्थानमा पर्यटकीय स्थल निर्माण गरिने र पर्यटकहरु र तीर्थयात्रीहरु का लागी आवश्यक सुविधाहरु को विकासमा भारतले श्रीलंकालाई सघाउने विदेश सचिव ले बताउनुभयो।