रक्षा निर्माणमा आत्मनिर्भरता हासिल गर्ने प्रयासमा डीआरडीओले केन्द्रीय भूमिका निर्वाह गरेको छ: राजनाथ सिंह

सोमबार रक्षामन्त्री राजनाथ सिंहले सरकार सशस्त्र बललाई आधुनिकीकरण गर्न र उनीहरुलाई कुनै पनि चुनौतीको सामना गर्न अत्याधुनिक उपकरण ले सुसज्जित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।

विश्वव्यापी सुरक्षा चिन्ता, सीमा विवाद र समुद्री मामिलाले विश्वलाई सैन्य आधुनिकीकरणमा ध्यान केन्द्रित गर्न बाध्य पारेको उनले औंल्याउनुभयो।

नयाँ दिल्लीमा रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) का पुरस्कार विजेता र युवा वैज्ञानिकहरु को 'सपना देख्न साहस २.०' को सम्मान समारोह मा सिंहले स्वदेशमै नयाँ प्रविधि को विकास गर्नु समयको आवश्यकता रहेको बताउनुभयो।

स्वदेश मै उन्नत प्रविधि को विकास गर्नु नै 'आत्मनिभर भारत' को दृष्टि रहेको पनि उनले बताउनुभयो।

रक्षा मन्त्रीले भन्नुभयो, "यो न केवल राष्ट्रिय सुरक्षा बलियो बनाउन को लागी, तर देश को समग्र विकास सुनिश्चित गर्न को लागी धेरै महत्त्वपूर्ण छ।"

उनले ४० विजेताहरुलाई पुरस्कार दिनुभयो। जसमा २२ जना ले व्यक्तिगत श्रेणी मा पुरस्कार प्राप्त गरे भने १८ जनाले नँया व्यापार प्रवर्द्धन कोटी मा पुरस्कार प्राप्त गरे। उनले नवप्रवर्तनक र नँया व्यापार लाई बढावा दिन र देशमा युवा प्रतिभा लाई प्रोत्साहित गर्न 'सपना देख्न साहस ३.०' को पनि शुरुवात गर्नुभएको थियो।

सन् २०१९ का लागि डीआरडीओ युवा वैज्ञानिक पुरस्कार पनि उनले प्रदान गर्नुभयो। ३५ बर्ष भन्दा कम उमेरका १६ जना वैज्ञानिकहरुलाई उनीहरुको विशेषज्ञता र उल्लेखनीय योगदानको लागी सम्मानित गरिएको थियो।

भारत अनुभव र संस्कृति मा सबैभन्दा पुरानो देशहरु मध्ये एक हो र युवा जनसंख्या को लगभग ६० प्रतिशत युवा जनसंख्या रहेको उल्लेख गर्दै उनले युवाहरुलाई अवलोकन गर्न, सिक्न र नयाँ आविष्कारहरु सिर्जना गर्न र देश लाई नँया उचाई मा लैजान आफ्नो भूमिका खेल्न प्रोत्साहित गर्नुभयो।

रक्षा उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने सरकारको प्रयासमा डीआरडीओ ले केन्द्रीय भूमिका निर्वाह गरेको उनले बताउनुभयो। यसका साथै डीआरडीओ ले सशस्त्र सेनाको क्षमता वृद्धि गर्न र द्रुत गतिमा परिवर्तन हुने भौगोलिक राजनीतिक परिस्थितिमा पनि महत्वपूर्ण भूमिका खेलेकोमा सिंह ले तिनको प्रशंसा गर्नुभयो।

हल्का उन्नत लडाकु विमान (एलसिए) एमके १ ए, मुख्य युद्ध ट्यांक अर्जुन एमके १ ए, र मध्यम दायरा सतह देखि हवाइ क्षेप्यास्त्र प्रणाली केही उल्लेखनीय योगदान रहेको उनले जानकारी दिनुभयो।

उनले भन्नुभयो, " डीआरडीओ ले उन्नत देशहरु को क्षमता संग मेल खाने प्रविधि विकास गर्न र समान रूप मा नयाँ प्रविधि को आविष्कार गर्न लागिपरेको छ। डीआरडीओको नयाँ पुस्ताका कार्यक्रमले भविष्यमा पनि हाम्रो सशस्त्र सेनाको स्तरवृद्धि गर्नेछ।"

डीआरडीओ द्वारा स्वदेशी रूपमा विकसित तीन उत्पादनहरु/प्रणालीहरु पनि सशस्त्र बलहरु लाई हस्तान्तरण गरियो। यी हुन्:

एरिन्कसी८१८ भिडियो प्रशोधन र स्विच मोड्युल
भारतीय वायु सेना को लागी विकसित गरिएको मोड्युल एयर स्टाफ का उपाध्यक्ष एयर मार्शल सन्दीप सिंह लाई हस्तान्तरण गरिएको थियो। यो उच्च ब्यान्डविड्थ, कम विलम्बता, च्यानल बन्धन, सजिलो नेटवर्किंग संग आवद्ध एक दक्ष मोड्युल हो र ५ औं पुस्ताको विमान विकास कार्यक्रमहरु लाई यसले पूरा गर्नेछ।

सोनार प्रदर्शन मोडलिङ प्रणाली
भारतीय नौसेना को लागी विकसित गरीएको यो प्रणाली नौसेनाका उपाध्यक्ष वाइस एडमिरल सतीश नामदेव घोरमाडे को हातमा सुम्पिएको थियो। यो भारतीय नौसेना जहाजहरु, पनडुब्बीहरु र पानी निगरानी स्टेशनहरु आदि को लागी उपयोगी छ।

बन्ड ब्लास्टिंग उपकरण एमके २
भारतीय सेनाका लागि विकसित गरिएको यो यन्त्र सेनाका उपप्रमुख लेफ्टिनेंट जनरल सीपी मोहंतीलाई हस्तान्तरण गरिएको थियो। यो युद्धकाल को समयमा यान्त्रिक पैदल सेना को गतिशीलता बृद्धि गर्न डिच-सह-बन्ड बाधाहरु को उचाई कम गर्न को लागी प्रयोग गरीन्छ।

सिंहले डीआरडीओ का दुई नीति दस्तावेज - निर्देशित अनुसन्धान नीति र अभिलेख व्यवस्थापन नीति २०२१ जारी गर्नुभएको थियो।

निर्देशित अनुसन्धान नीतिले शैक्षिक संस्थानहरुमा उन्नत प्रविधि केन्द्रहरु र अनुसन्धान कक्षहरु को स्थापना गर्न ढाँचा प्रदान गर्दछ। जस्तै भविष्यको निगरानी र रक्षात्मक र आक्रामक क्षमताहरु जस्ता पहिचान गरिएका विषयहरुमा केन्द्रित अनुसन्धान गर्न यसले मद्दत गर्दछ।

भर्खरै सरकार ले शिक्षा र सहयोग संग नतीजा र अनुप्रयोग उन्मुख निर्देशित अनुसन्धान को समर्थन र प्रोत्साहन प्रदान गर्न 'दीर्घकालीन निर्देशित अनुसन्धान नीति' को अनुमोदन गरिएको थियो। अभिलेख व्यवस्थापन नीति ले डीआरडीओ को अभिलेख व्यवस्थापन गतिविधिहरु लाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ।