सन् २०२१ अक्टोबर महिनाको २ तारिख मा भएको मार्ता लुसिया रामिरेज को भ्रमण ले भारत कोलम्बिया द्विपक्षीय सम्बन्धको सुदृढीकरण र विविधीकरणमा योगदान

विदेश मन्त्रालयले आइतबार जारी गरेको एक विज्ञप्ति अनुसार अक्टोबर महिनाको १ तारिख देखि तीन दिने भारत भ्रमणमा आउनु भएकी कोलम्बियाका उपराष्ट्रपति र परराष्ट्र मन्त्री मार्ता लुसिया रामिरेज को औपचारिक भ्रमण सम्पन्न भएको छ।

उनको भ्रमणको क्रममा उनी सँग स्वास्थ्य तथा सामाजिक सुरक्षा मन्त्री डा लुइज फर्नान्डो रुइज, सरकारी अधिकारीहरु, निजी कम्पनीहरु र शैक्षिक संस्थाहरु का प्रतिनिधिहरु पनि भारत आएका थिए।

गत साता शुक्रवार भारतीय उपराष्ट्रपति वैंकैया नायडू र रामिरेज बीच भेट भएको थियो। सो क्रममा दुवै पक्ष ले धेरै क्षेत्रमा द्विपक्षीय सहयोगको बारेमा विचार आदान प्रदान गरेका थिए।

कोलम्बियाका उपराष्ट्रपति रामिरेजले उपराष्ट्रपति नायडूलाई कोलम्बिया भ्रमणको निम्तो दिएकी छिन्।

शनिवार, विदेश मन्त्री डा एस जयशंकर र रामिरेज बीच एक व्यापक द्विपक्षीय वार्ता आयोजित भएको थियो। विदेश राज्यमन्त्री मीनाकाशी लेखीले सन् २०२१ अक्टोबर महिनाको ३ तारिख मा रामिरेजलाई भेटेकी थिइन्। सो क्रममा दुवै पक्ष ले धेरै फलदायी छलफल गरेका थिए।

कोलम्बियाका उपराष्ट्रपतिले विज्ञान र प्रविधि मन्त्रालयका साथै भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का वरिष्ठ अधिकारीहरु संग जैव प्रविधि, सह उत्पादन र खोप र औषधि उत्पादनहरु को विकास मा प्रविधि हस्तान्तरण मा सहयोग का लागि छलफल गरेकी थिइन्।

त्यसै सन्दर्भमा कोलम्बियाई समकक्षी को उपस्थिति मा जैव प्रौद्योगिकी र चिकित्सा अनुसन्धान को क्षेत्र मा सहयोग का लागी दुई आशय पत्र मा हस्ताक्षर गरिएको थियो।

उपराष्ट्रपति रामिरेज को आगमन पूर्व व्यापारिक प्रतिनिधिमंडल सहित स्वास्थ्य र सामाजिक सुरक्षा मन्त्री डा लुइज फर्नांडो रुइज भारत भ्रमणमा आउनु भएको थियो। उनले सेप्टेम्बर महिनाको २७ देखि ३० तारिख सम्म भारतको पुणे, हैदराबाद र बेंगलुरु शहरको भ्रमण गरेका थिए।

खोप र औषधि उत्पादनहरु को विकास मा सह उत्पादन र प्रविधि हस्तान्तरण को अवलोकन गर्न उनले यी शहरका मुख्य औषधि कम्पनी र केन्द्र को भ्रमण गर्नुभएको थियो।

उनले इस्रो सुविधा को पनि भ्रमण गर्नुभएको थियो। सो क्रममा उनले न्यू स्पेस इंडिया लिमिटेड (एनएसआईएल) र ह्युमन स्पेस फ्लाइट सेन्टर (एचएसएफसी) का प्रतिनिधिहरु सँग भेट गरेका थिए।

ल्याटिन अमेरिका मा कोलम्बिया भारत को मुख्य साझेदार मुलुक हो। महामारी अवरोध का बावजुद भारत र कोलम्बिया बीच आर्थिक र वाणिज्यिक क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार भइरहेको छ।

यस अघि भारतीय विदेश राज्यमन्त्री मीनाकाशी लेखी ले सेप्टेम्बर महिनाको ४-६ तारिख सम्म कोलम्बिया को भ्रमण गरेकी थिइन्।

यस भ्रमणले भारत कोलम्बिया बीच को द्विपक्षीय सम्बन्धको सुदृढीकरण र विविधीकरण गर्न थप योगदान पुर्‍याउनेछ।