१४ दिनको कडा सैन्य अभ्यास, दुबै देशका सेनाहरु बीच व्यावसायिक र सामाजिक सम्बन्ध बढाउन सक्षम

भारतको उत्तराखण्डको पिथौरागढमा शनिबार भारत-नेपाल संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' सम्पन्न भएको छ। सेप्टेम्बर महिनाको २० तारिख मा शुभारम्भ भएको यो अभ्यास दुई देश बीच हुँदै आएको सैन्य अभ्यास को १५ औं संस्करण थियो।

रक्षा मन्त्रालयका अनुसार यो संयुक्त अभ्यास आतंकवाद र आपदा राहत अभियानमा केन्द्रित थियो। मन्त्रालयका अनुसार यस अभ्यास ले दुबै देशका सेनाहरु बीच व्यावसायिक र सामाजिक सम्बन्ध बढाउने अवसर पनि प्रदान गरेको छ।

गहन सैन्य प्रशिक्षण पछि संयुक्त अभ्यास सम्पन्न गरिएको थियो। समापन समारोहमा दुवै देश का सेनाले आ-आफ्ना युद्ध कौशल, आतंकवादी समूहहरु विरुद्ध शक्ति र प्रभुत्व प्रदर्शन गरेका थिए।

समापन समारोह मा दुवै राष्ट्र का अद्वितीय परम्परा सहित विशाल प्रतिभा को प्रदर्शन गरिएको थियो। यस अभ्यास को व्यावसायिक आचरण प्रति दुवै देशका वरिष्ठ अधिकारीहरु ले सन्तुष्टि र प्रशंसा व्यक्त गरेका छन्।

यस अभ्यासको क्रम मा दुवै देशका सेनाले दर्शाएको मित्रता, कुशलता र सद्भावना ले भविष्यमा दुबै देशका सशस्त्र सेनाहरु बीचको सम्बन्धलाई सुदृढ बनाउन धेरै मद्दत पुग्नेछ।