आयुष्मान भारत ले लाखौं गरीब परिवारलाई "स्वास्थ्य सेवा" प्रदान गरेको मा उपराष्ट्रपतिद्वारा प्रशंसा

आइतबार उपराष्ट्रपति एम वेंकैया नायडूले स्वास्थ्य सेवा मात्र 'रोग को अनुपस्थिति' नभइ स्वास्थ्य सेवा मा समग्र दृष्टिकोण अपनाउनु पर्ने बताउनुभएका छन्। समग्र स्वास्थ्य सेवा अन्तर्गत शारीरिक, मानसिक र आध्यात्मिक कल्याण तथा एक व्यक्ति लाई उसको पूर्ण क्षमता सम्म पुग्न शक्ति प्रदान गर्नु समावेश भएको उनले बताउनुभयो।

एनडीटीभी को 'बनेगा स्वास्थ्य भारत' को नवीनतम संस्करण को लागी एक भिडियो सन्देश‌ प्रदान गर्दै उपराष्ट्रपतिले स्वास्थ्य प्रति समग्र दृष्टिकोण नै 'स्वस्थ भारत' को उद्देश्य रहेको र यस दृष्टिकोणले नै अन्ततः 'सम्पन्न भारत' वा समृद्ध भारत को नेतृत्व गर्ने बताउनुभयो।

स्वतन्त्रता पछि स्वास्थ्य सूचकांकहरुमा उल्लेखनीय वृद्धि भएको ध्यान मा राख्दै, नायडूले केन्द्र र राज्यहरुलाई स्वास्थ्य सूचकांक लाई अझ सुधार गर्न नयाँ शक्ति संग ऐक्यवद्ध भएर काम गर्न आग्रह गर्नुभयो।

उनले भन्नुभयो, "स्वास्थ्य मा सार्वजनिक खर्च बढाउनु बाहेक एक सार्वजनिक निजी साझेदारी को माध्यम बाट विभिन्न स्तरमा स्वास्थ्य पूर्वाधार‌ निर्माण गर्नु जरुरी छ।"

शहरी र ग्रामीण क्षेत्रहरु बीच स्वास्थ्य पूर्वाधार मा रहेको असमानता लाई कम गर्न उनले भन्नुभयो, "ग्रामीण क्षेत्रहरुमा उन्नत स्वास्थ्य सेवा विकास गरिंदा त्यहाँ का प्राथमिक स्वास्थ्य सेवा प्रणाली लाई पनि बलियो बनाउनु आवश्यक छ।‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌अनि मात्र हामी ले राम्रो स्वास्थ्य परिणाम प्राप्त गर्न सक्छौं।"

भारतमा बढ्दो गैर-सरुवा रोगहरु को चिन्ताजनक प्रवृत्ति बारे आफ्नो चिन्ता व्यक्त गर्दै, नायडू ले आ-आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउन आग्रह गर्नुभयो। उनले स्वास्थ्य विज्ञहरु र सांस्कृतिक अभियन्तालाई यस सम्बन्धमा नेतृत्व लिन आग्रह गर्नुभयो।

कोभिड महामारीको सन्दर्भमा उपराष्ट्रपतिले डाक्टर र प्यारामेडिक्स कर्मचारी, सरसफाई कर्मचारी, पुलिस र मिडियाकर्मी लगायत सबै अग्रपंक्ति कामदारहरुका असाधारण साहस र बलिदान का लागि तिनको सराहना गर्नुभयो।

सम्पूर्ण ग्रह र विश्व स्वास्थ्य सँग हाम्रो स्वास्थ्य सम्बन्ध रहेको महामारीले हामीलाई सिकाएको छ। र मानिसले आफ्नो स्वार्थ को लागी प्राकृतिक पारिस्थितिकी तंत्र मा हस्तक्षेप गर्न नहुने मा उनले जोड दिनुभयो। हाम्रो भविष्य भनेको 'एक स्वास्थ्य, एक ग्रह, एक भविष्य' भएको उनले बताउनुभयो।

देशको ६५ प्रतिशत जनसंख्या ३५ बर्ष भन्दा कम उमेरको रहेको ध्यानमा राख्दै उनले युवाहरुलाई योग वा साइकल चलाउने र स्वस्थ खाना खाएर नियमित शारीरिक गतिविधि गरेर स्वस्थ र अनुशासित जीवनशैली अपनाउन आग्रह गर्नुभयो। उनले युवाहरुलाई डिजिटल उपकरणहरुको लतबाट बच्न सल्लाह पनि दिनुभयो।