सन् १९४६ देखि ४७ सम्म महात्मा गान्धीले नोआखलीका सयौं गाउँहरुको भ्रमण गरेका थिए

अन्तर्राष्ट्रिय अहिंसा दिवस र महात्मा गान्धीको १५२ औँ जन्मजयन्तीको उपलक्ष्यमा बंगलादेश को नोआखलीमा शनिबार जीर्णोद्धार गरिएको गान्धी स्मारक संग्रहालयको उद्घाटन गरिएको छ।

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन, कानून मन्त्री अनिसुल हक र बंगलादेश स्थित भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीले यस संग्राहलयको उद्घाटन गरेका थिए।

गान्धी आश्रम परिसर भित्र स्थित अद्वितीय संग्रहालय को जीर्णोद्धारका लागि भारतले सहयोग गरेको थियो।

गान्धी संग्रहालय को उद्घाटन समारोहमा विशिष्ट अतिथिहरु सामेल भएका थिए। यस संग्राहलय मा महात्मा गान्धी संग सम्बन्धित यादगार कलाकृतिहरु को अद्वितीय प्रदर्शन गरिएको छ।

यस अवसरमा 'अहिंसा, सत्याग्रह र महात्मा - पुनर्जीवन' मा एक बैठक को आयोजना गरीएको थियो।

यस अवसरमा बोल्दै उच्चायुक्त विक्रम डोराइस्वामीले गान्धीजीको जीवन र उनको सन्देश आज पनि सान्दर्भिक भएको बताएका छन्।

सन् २०१९ मा महात्मा गान्धीको १५० औं वार्षिकोत्सवको अवसरमा आयोजित संयुक्त राष्ट्र संघको कार्यक्रममा बंगलादेश की प्रधानमन्त्री शेख हसिनाले महात्मा गान्धी का बारे भाषण दिएकी थिइन् जसका बारे डोराइस्वामीले उल्लेख गर्नुभयो।

गान्धीको आम जनताप्रतिको प्रेम र अहिंसाको आदर्शले बंगबन्धु को दर्शनलाई आकार दिएको र त्यसै दर्शनको मद्दत ले उनले तत्कालीन शासनले गरेको दमन र अत्याचारको बिरुद्ध संघर्ष को शुरुवात गरेको शेख हसिनाले बताएकी थिइन्।

मुजीब बिर्सि को उपलक्ष्यमा बंगलादेश मा बंगबन्धु-बापू डिजिटल प्रदर्शनी गरिएको मा उनले खुशी व्यक्त गर्नुभयो।

सन् २०२१ अक्टोबर महिनाको ११ तारिख मा बंगबन्धु-बापू डिजिटल प्रदर्शनी को अवलोकन गर्न उनले सम्पूर्ण दर्शकहरुलाई आमन्त्रित गर्नुभयो। पछि यो प्रदर्शनी चटोग्राम, सिलहट, खुल्ना र राजशाहीमा सारिनेछन्।

प्रदर्शनी एक विशिष्ट विषयगत तरीका मा मनाइने र दुई राष्ट्र पिता महात्मा गान्धी र बंगबन्धु शेख मुजीबुर रहमानका जीवन र विरासत बारे विस्तृत विवरण प्रदान गरिने उनले जानकारी दिनुभयो।

बंगबन्धु शेख मुजीबुर रहमान मा महात्मा को प्रभाव को सम्झना गर्दै, बंगलादेश का विदेश मंत्री मोमेन ले गान्धी को सत्य, अहिंसा र साम्प्रदायिक सद्भाव को सिद्धान्त र उनको गहिरो पर्यावरणीय चिन्ता का बारे प्रकाश पार्नुभयो।

यस अवसरमा स्पंदन सांस्कृतिक केन्द्र ले रवीन्द्रनाथ टैगोरको चण्डलिका मा आधारित एक नृत्य कला प्रस्तुत गरेका थिए।

कार्यक्रममा पूर्व सांस्कृतिक मामिला मन्त्री सुगन्ध दत्ता, सांसद, ओमो पौटाइनेन, संयुक्त राष्ट्र संघका अन्तरिम आवासीय संयोजक र आईएलओका राष्ट्र निर्देशक साथै यूएनडीपीका आवासीय प्रतिनिधि सुदिप्तो मुखर्जीको उपस्थिति रहेको थियो।

गान्धी आश्रम ट्रस्टका अध्यक्ष जस्टिस सौमेन्द्र सरकारको अध्यक्षतामा आयोजित सो कार्यक्रममा गान्धी आश्रम ट्रस्टका अधिवक्ता मिसबाह उद्दिन सिराज पनि उपस्थित थिए।

सन् १९४६ देखि ४७ सम्म महात्मा गान्धीले नोआखलीका सयौं गाउँहरुको भ्रमण गरेका थिए। उनले त्यहाँ चार महिनासम्म शिविर राखेका थिए र शान्ति र साम्प्रदायिक सद्भाव बहाल गर्ने अभियान मा जिल्लाको भ्रमण गरेका थिए।

सन् १९४६ मा ग्रामीण विकास, शान्ति र सामाजिक सद्भाव प्रति गान्धीवादी दर्शनको प्रचार गर्न नोआखलीमा गान्धी आश्रम ट्रस्टको स्थापना भएको थियो।