भ्रमणको क्रममा श्रींगला श्रीलंकाका विभिन्न क्षेत्रको भ्रमण गर्नुहुने, दुई देशबीच को सहयोगलाई अझ बढावा दिने उद्देश्य

श्रीलंकाको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र सचिव हर्षवर्धन श्रृंगलाले आइतबार श्रीलंकाको क्यान्डीमा रहेको बौद्ध मन्दिर श्री दलादा मालीगावामा आशीर्वाद लिएर श्रीलंका भ्रमणको शुरुवात गरेका छन्।

श्रीलंका का विदेश सचिव एडमिरल प्रो जयनाथ कोलम्बेजको निमन्त्रणामा भारतीय विदेश सचिव श्रीलंका भ्रमण मा जानुभएको हो।

आफ्नो चार दिने भ्रमणको क्रममा विदेश सचिव हर्षवर्धन श्रृंगलाले आइतबार त्रिन्कोमाली स्थित तेल ट्यांक फार्मको अवलोकन गर्नुभएको छ। त्यहाँ का पदाधिकारी ले उनलाई तल्लो तेल फार्ममा भएको विकास र भारत श्रीलंका ऊर्जा साझेदारीलाई अझ सुदृढ पार्ने सम्भावनाका बारेमा जानकारी दिएका छन्।

यस विकास बारे जानकारी दिदैं भारतीय उच्चायोगले ट्वीटमा भन्यो: "विदेश सचिव हर्षवर्धन शृंगलाले आज त्रिन्कोमाली स्थित तेल ट्यांक फार्मको भ्रमण गर्नुभएको छ।त्यहाँ का पदाधिकारी ले उनलाई तल्लो तेल फार्ममा भएको विकास र भारत श्रीलंका ऊर्जा साझेदारीलाई अझ सुदृढ पार्ने सम्भावनाका बारेमा जानकारी दिएका छन्।"

यस अघि, विदेश मन्त्रालयले एक बयान मा भारतको छिमेकी पहिलो नीति अन्तर्गत श्रीलंका केन्द्रीय स्थान मा रहेको बताएको थियो।

परराष्ट्र सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणबाट दुवै देश बीच आपसी हितका सबै क्षेत्रमा घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ।

यस भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, सञ्चालित द्विपक्षीय परियोजनाहरुको प्रगति र कोविड सम्बन्धी अवरोधहरु विरुद्ध लड्न आवश्यक सहयोग को समीक्षा गर्ने अवसर प्रदान गर्नेछ।