संयुक्त अरब इमिरेट्स- भारत उच्चस्तरीय संयुक्त कार्य बल को नवौं बैठक दुबईमा सम्पन्न

दुबईमा आयोजित संयुक्त अरब इमिरेट्स- भारत उच्चस्तरीय संयुक्त कार्य बल

शनिबार दुबईमा संयुक्त अरब इमिरेट्स- भारत उच्चस्तरीय संयुक्त कार्य बल(सीइपिए) को नवौं बैठक सम्पन्न भएको थियो। सो बैठकमा भारत र युएई ले व्यापक आर्थिक साझेदारी सम्झौता मा भएको प्रगति बारे छलफल गरेका थिए।

दुवै देशबीच व्यापार र लगानी को बढावा को लागी सीइपिए महत्वपूर्ण मानिएको छ। दुबै पक्षले एक राम्रो सन्तुलित सम्झौता कार्यान्वयन का लागि छलफल लाई छिटो बढाउने प्रयास को सराहना गरेका थिए। यस सम्झौता ले द्विपक्षीय आर्थिक सम्बन्ध लाई धेरै गहिरो बनाउनेछ र दुबै को अर्थव्यवस्था लाई फाइदा पुगाउने छ।

अबु धाबी का कार्यकारी परिषद सदस्य, शेख हमद बिन जायद अल नाहयान र भारतीय वाणिज्य र उद्योग, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण, र कपडा मन्त्रालयका मन्त्री पियुष गोयल ले सो बैठकको सह अध्यक्षता गरेका थिए।

प्रासंगिक सरकारी अधिकारीहरु र दुबै देशका बिभिन्न लगानी संस्थाहरुका प्रतिनिधित्व गर्ने वरिष्ठ अधिकारीहरुले पनि बैठकमा भाग लिएका थिए।

द्विपक्षीय सम्बन्ध र दुवै देशका नागरिक बीच को सम्बन्धलाई सहज बनाउन हवाई यातायातको महत्वलाई ध्यानमा राखी आपसी हित का लागी सम्बन्धित नागरिक उड्डयन अधिकारीहरुले प्राथमिकताका आधारमा मिलेर काम गर्नु पर्ने मा दुवै पक्ष सहमत भएका थिए।

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार बैठकमा सहभागीहरुले संयुक्त अरब इमिरेट्स (यूएई) र भारत बीच लामो समयदेखि चली रहेको द्विपक्षीय लगानी सन्धि संशोधन गर्नु पर्ने मा विचार गरेका छन्। यसै सन्दर्भमा वार्ता प्रक्रियालाई सकेसम्म चाँडो सम्पन्न गर्नु पर्ने मा पनि उनीहरू विचार गरिरहेका छन्।

भारतीय बजार मा प्रमुख प्राथमिक क्षेत्रहरुको अवलोकन गरी संयुक्त अरब इमिरेट्स का सार्वभौम लगानी संस्थाहरु बाट थप लगानी भित्र्याउन र तिनलाई कर मा आवश्यक छुट दिन पनि बैठकमा छलफल गरिएको थियो।

यस सन्दर्भमा भारत सरकार द्वारा परिचालित सकारात्मक कदम को सराहना गरिएको थियो। साथै भारतीय बजार मा थप लगानीका लागि प्रोत्साहित गर्न कर छुट प्रदान गर्ने तरिकाहरुमा ध्यान केन्द्रित गरी वार्ता जारी राख्न दुवै पक्ष सहमत भएका थिए।

यस का साथै भारतीय बजार मा संयुक्त अरब इमिरेट्स का संस्था ले लगानी गर्दा भोग्नु परेको समस्या बारे पनि छलफल भएको थियो।

भारतीय पक्षले संयुक्त अरब इमिरेट्स (युएई) मा भारतीय लगानीकर्ताहरुले सामना गरिरहेका केही समस्या बारे पनि विचार विमर्श गरेका थिए। यस समस्या समाधान का निम्ति उच्च स्तर मा समन्वय र सहयोग जारी राख्न दुवै पक्ष सहमत भएका थिए।

भारत र संयुक्त अरब इमिरेट्स बीच आर्थिक सम्बन्धलाई बढावा दिन एक प्रमुख मञ्च को रुपमा सन् २०१३ मा संयुक्त कार्य बल को स्थापना गरिएको थियो।

सन् २०१७ को जनवरी महिनामा प्रधानमन्त्री नरेन्द्र मोदी र अबु धाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले बृहत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका थिए।

शनिबार भएको बैठकको क्रममा दुबै पक्षले कोभिड १९ महामारीका कारण विश्वव्यापी व्यापार र लगानीमा परेको प्रभाव बारे विचार आदानप्रदान गरेका थिए। यसबीच दुई देशहरु बीच स्थापित गहिरो आर्थिक सम्बन्धलाई सुदृढ बनाउन जारी राख्नुपर्ने मा दुवै पक्ष सहमत भएका थिए।

महामारी को कठिन समय मा पनि भारत र युएई बीच जारी सहयोग देखेर दुवै पक्ष ले सन्तुष्टि व्यक्त गरेका थिए। महामारीको सामना गर्न दुबै देशका नेतृत्व ले उठाएका कदम को पनि सराहना गरिएको थियो।

हालसम्म संयुक्त कार्यदल ले गर्दै आएको काम प्रति दुवै देशले सन्तुष्टि व्यक्त गरेका छन्। यसका साथै आर्थिक बृद्धि को सम्भावना संगै पारस्परिक हितको क्षेत्रमा लगानी को सुविधा रदान गर्न दुवै पक्ष सहमत भएका छन्।

'दीर्घकालीन र रणनीतिक साझेदारी'

संयुक्त कार्यदल को नवौं बैठकमा शेख हमद बिन जायद अल नाह्यानले भन्नुभयो:

"भारत र संयुक्त अरब इमिरेट्स बीच व्यापक र गहिरो रणनीतिक साझेदारी स्थापित छ। कोविड १९ महामारीको चुनौती का बावजुद पनि द्विपक्षीय आर्थिक सम्बन्ध बलियो बनाउन कार्य भएका छन्। हाम्रा दुई देश बीच व्यापार र लगानी का लागी नयाँ अवसर प्रदान गर्न र थप सहयोग को लागी मार्ग प्रशस्त गर्न संयुक्त कार्य दल ले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। भारत र संयुक्त अरब इमिरेट्स ले दुवै देश बीच व्यापार र लगानी गतिविधिहरु लाई विस्तार गर्न महत्वाकांक्षी लक्ष्य लिएको छ। र संयुक्त कार्य दलले यस उद्देश्य पूर्ति गर्न का निम्ति एक महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।"

वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो:

"भारत र संयुक्त अरब इमिरेट्स बीच लामो समय देखि स्थापित सम्बन्ध वर्तमान समयमा झन् मजबुत भएको छ। महामारी बेला पनि हाम्रो निरन्तर संलग्नता का कारण हाम्रो सम्बन्ध अझ दिगो बनेको छ। भारत का लागि संयुक्त अरब इमिरेट्स सँग को सम्बन्ध उच्च प्राथमिकतामा रहेको छ। र संयुक्त कार्य दल जस्तो द्विपक्षीय मञ्च ले मैत्री पूर्ण निर्माण का लागी प्रभावी संयन्त्र प्रदान गर्दछ। आगामी समय मा भारतीय अर्थव्यवस्था अझ सुदृढ हुने सम्भावना रहेको छ। त्यसकारण हामी संयुक्त अरब इमिरेट्स लाई भारतीय बजार मा थप लगानीका लागि आग्रह गर्दछौं। भारत-युएई साझेदारीमा अझ थुप्रै आयाम थपिने र महत्वपूर्ण उपलब्धि हासिल गरिने मा हामी विश्वस्त छौं।"