भारत र कोलम्बिया बीच द्विपक्षीय व्यापार मा एक स्थिर वृद्धि भएको छ

शनिबार विदेशमन्त्री एस जयशंकर र कोलम्बियाका उपराष्ट्रपति र विदेशमन्त्री मार्ता लुसिया रामिरेज डे रिन्कोन बीच छलफल भएको छ। सो छलफल मा स्वास्थ्य, औषधि, जैव प्रविधि र अन्तरिक्ष क्षेत्रहरुमा केन्द्रित रहेर बिस्तृत कुराकानी भएको थियो।

विदेश मन्त्रालयका अनुसार ऊर्जा, आइटी, औषधि र सवारी साधन जस्ता क्षेत्रमा व्यापक व्यापार र लगानी वृद्धि गर्न दुवै पक्ष सहमत भएका छन्।

भारत र कोलम्बिया बीच द्विपक्षीय व्यापार मा एक स्थिर वृद्धि भएको छ। आर्थिक वर्ष २०२०-२१ मा दुई देशबीच २.२७ अरब अमेरिकी डलर बराबरको व्यापार भएको थियो।

शनिबार यस बारे जानकारी दिदैं जयशंकरले ट्वीटमा भन्नुभयो, "कोलम्बियाका उपराष्ट्रपति र विदेशमन्त्री @एमलुकियारमिरेज सँग विस्तारित साझेदारीको बारेमा विस्तृत छलफल। स्वास्थ्य, औषधि, जैव प्रविधि र अन्तरिक्ष मा बढी ध्यान केन्द्रित गर्न सहमत। ऊर्जा, आइटी, औषधि र सवारी साधन जस्ता क्षेत्रमा व्यापक व्यापार र लगानी वृद्धि गर्न प्रोत्साहन।"

बैठकमा पारस्परिक हित सम्बन्धी क्षेत्रीय र अन्तराष्ट्रिय मुद्दाहरुमा पनि छलफल भएको थियो।

विदेश मन्त्री जयशंकरले संयुक्त राष्ट्र सुधारको सन्दर्भमा भारतको प्राथमिकतालाई रेखांकित गर्नुभएको थियो। दुवै नेता बहुपक्षीय मंचमा सहकार्य सुदृढ पार्न सहमत भएका थिए।

भेटका क्रममा दुबै पक्षले उच्च स्तरीय सहभागितामा हासिल हालको गतिलाई स्वागत गरेका छन् र आपसी हितका लागी पहिचान गरिएका क्षेत्रमा सहयोग बढाउन सहमत भएका छन्।

यस अघि सेप्टेम्बर महिनाको २५ तारिख मा सम्पन्न युएनजीए सम्मेलन को समय मा पनि जयशंकरले रामिरेजलाई भेटेका थिए।

दुवै नेताहरु को उपस्थिति मा जैव प्रविधि र चिकित्सा अनुसन्धान क्षेत्र मा सहयोग को लागी दुई आशय पत्र मा हस्ताक्षर भएको थियो।

सो पत्र मा बायोटेक्नोलोजी विभाग र भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) र कोलम्बियाली समकक्षी ले हस्ताक्षर गरेका थिए।

शुक्रवार रामिरेजले जैव प्रौद्योगिकी को लागी एक मजबूत र सक्षम पारिस्थितिकी तंत्र को निर्माण मा भारत को प्रयास को सराहना गरेकी थिइन्।

दुवै देशबीच स्वास्थ्य र बायोटेक्नोलोजी क्षेत्र प्रमुख प्राथमिकताका क्षेत्र रहेको उनले बताइन्। एक दिगो जैव प्रविधि सम्बन्धी पारिस्थितिकी तंत्र को निर्माण का लागी भारत-कोलम्बियाली सार्वजनिक निजी साझेदारी मिलेर काम गर्ने उनले आशा व्यक्त गरिन्।

अक्टोबर महिनाको १ देखि ३ तारिख सम्म रामिरेज ले ४८ सदस्यीय स्वास्थ्य, विज्ञान तथा प्रविधि प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिन्।

उनीसँग स्वास्थ्य र सामाजिक सुरक्षा मन्त्री डा लुइज फर्नांडो रुइज, सरकारी अधिकारीहरु, व्यापार र शैक्षिक संस्थाहरु का प्रतिनिधिहरु पनि भारत आएका छन्।

उपराष्ट्रपति रामिरेज को आगमन पूर्व व्यापारिक प्रतिनिधिमंडल सहित स्वास्थ्य र सामाजिक सुरक्षा मन्त्री डा लुइज फर्नांडो रुइज भारत भ्रमणमा आउनु भएको थियो। उनले सेप्टेम्बर महिनाको २७ देखि ३० तारिख सम्म भारतको पुणे, हैदराबाद र बेंगलुरु शहरको भ्रमण गरेका थिए।

खोप र औषधि उत्पादनहरु को विकास मा सह उत्पादन र प्रविधि हस्तान्तरण को अवलोकन गर्न उनले यी शहरका मुख्य औषधि कम्पनी र केन्द्र को भ्रमण गर्नुभएको थियो।

उनले इस्रो सुविधा को पनि भ्रमण गर्नुभएको थियो। सो क्रममा उनले न्यू स्पेस इंडिया लिमिटेड (एनएसआईएल) र ह्युमन स्पेस फ्लाइट सेन्टर (एचएसएफसी) का प्रतिनिधिहरु सँग भेट गरेका थिए।