यस भ्रमण बाट द्विपक्षीय सम्बन्ध सुदृढ हुने र कोविड सम्बन्धी अवरोध विरुद्ध लड्न सहयोग बढ्ने अपेक्षा

अक्टोबर महिनाको २ तारिख देखि विदेश सचिव हर्षवर्धन श्रृंगला श्रीलंकाको औपचारिक भ्रमणमा हुनुहुन्छ। उहाँको भ्रमणले दुई राष्ट्रको अन्तरसम्बन्ध बढ्ने अपेक्षा गरिएको छ। यसका साथै उनको भ्रमण भारतको 'छिमेकी पहिलो' नीति को प्रतीक बन्नेछ।

भारतको 'छिमेकी पहिलो' नीति

मार्च महिनामा एक सम्मेलनमा विदेश सचिव हर्षवर्धन श्रृंगलाले भारतको भाग्य उसको छिमेकीसँग जोडिएको बताउनुभएको थियो। भारतको छिमेकी मुलुक नयाँ दिल्ली को लागि प्राथमिक कूटनीतिक क्षेत्र रहेको र भारतको विदेश नीति मा अग्रणी स्थान ओगटेको पनि उनले बताउनुभएको थियो।

त्यसकारण विदेश सचिवको चार दिवसीय श्रीलंका भ्रमणलाई नयाँ दिल्लीको 'छिमेकी पहिलो' नीति अन्तर्गत जोडिनु स्वभाविक हो।

उनको यस भ्रमणबाट द्विपक्षीय सम्बन्ध सुदृढ हुने र कोविड सम्बन्धी अवरोध विरुद्ध लड्न सहयोग बढ्ने अपेक्षा गरिएको छ भने उनको भ्रमण को क्रममा सञ्चालित द्विपक्षीय परियोजनाहरुको प्रगतिको समिक्षा गरिने छ।

दुबै देशहरु बिच उच्चस्तरीय सम्पर्क स्थापित छ र गत वर्ष देखि यो सम्बन्ध अझ सुदृढ भएको छ। यसका साथै प्रधानमन्त्री मोदी र श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे बीच भर्चुअल ढाँचामा आयोजित शिखर सम्मेलनले सन् २०२० मा दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुगाएको थियो।

द्विपक्षीय शिखर सम्मेलनको क्रममा दुबै नेताहरुले व्यापार सहयोग र श्रीलंका मा भारत द्वारा वित्त पोषित परियोजनाहरु को प्रगति को बारे मा छलफल गरेका थिए।

उनीहरुले सार्क, बिमस्टेक, आईओआरए, र संयुक्त राष्ट्र प्रणालीको ढाँचा सहित पारस्परिक सहभागिताका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा बढ्दो अभिसरणलाई स्वीकार गरेका थिए।

विदेशमन्त्री एस जयशंकरले जनवरी महिनामा श्रीलंकाको भ्रमण गर्नुभएको थियो।

कोविड १९ महामारी का कारण भारत श्रीलंका साझेदारी अझ सुदृढ भएको जयशंकरले टिप्पणी गरेका थिए।

भारतको छिमेकी पहिलो नीति अन्तर्गत भारतले श्रीलंकालाई कोविड महामारी विरुद्ध लड्न 'चिकित्सा सहायता' प्रदान गरेको विदेशमन्त्री जयशंकरले औंल्याउनुभएको थियो।

जयशंकरको भ्रमण पछि नयाँ दिल्लीको 'खोप मैत्री' पहल अन्तर्गत भारतले श्रीलंकालाई ५ लाख कोभिशिल्ड खोप उपहार स्वरुप प्रदान गरेको थियो।

आवश्यकता को समयमा आफ्नो छिमेकी को साथ नछाड्ने भारतको नीति अनुरुप भारतले कोविड १९ विरुद्ध लड्न श्रीलंकालाई चिकित्सा ऑक्सीजन आपूर्ति गरेको थियो।

मे महिनामा एमभि एक्सप्रेस पर्ल मा स्थिति स्थिर गर्न मद्दत पुर्याउन भारतले श्रीलंकाका अधिकारीहरु संग संयुक्त अग्नि नियन्त्रण र प्रदूषण नियन्त्रण गर्न प्रयास गरेको थियो।

सौर्य ऊर्जा क्षेत्रका परियोजनाहरुका लागी भारतले श्रीलंकालाई १० करोड अमेरिकी डलर ऋण(एलओसी) सहयोग विस्तार गरेको थियो। यस सहयोग बाट श्रीलंका मा सौर्य ऊर्जा क्षेत्र मा विभिन्न परियोजनाहरु सञ्चालनमा छन्।

दुई छिमेकीहरु बीचको बलियो सम्बन्धलाई प्रतिबिम्बित गर्दै, विदेश मन्त्री जयशंकरले गत महिना न्यूयोर्कमा श्रीलंकाका विदेश मन्त्री जीएल पेरीसलाई भेटेका थिए र दुई देश बीचको घनिष्ठ सम्बन्धको बारेमा एक व्यापक छलफल गरेका थिए।

विदेश सचिवको भ्रमणबाट गरिएको अपेक्षा

चार दिने भ्रमणको क्रममा विदेश सचिव हर्षवर्धन श्रृंगलाले श्रीलंकाका विदेश सचिवसँग द्विपक्षीय छलफल गर्नेछन्। यसका साथै उनी राष्ट्रपति गोताबाया राजापाक्ष सँग पनि भेट गर्नेछन्।

उनी प्रधानमन्त्री महिन्दा राजापाक्ष, परराष्ट्र मन्त्री पेरिस र अर्थमन्त्री बासिल राजापाक्षे संग पनि भेट गर्नेछन्।

उनी श्रीलंकामा रहँदा क्यान्डी, त्रिन्कोमाली र जाफनाको भ्रमण गर्ने अपेक्षा गरिएको छ।

भारतले श्रीलंकालाई साडे ३ अर्ब अमेरिकी डलर बराबरको सहयोग दिने प्रतिबद्धता गरेको छ। सोही सहयोग मा विभिन्न परियोजनाहरु हाल सञ्चालनमा छन् जसको समीक्षा विदेश सचिव ले आफ्नो भ्रमणको क्रममा गर्नेछन्।

हाल सञ्चालित परियोजना मध्ये गल्ले को वालाहान्डुवा राज्य को युद्ध प्रभावित क्षेत्रमा ५० हजार आवास निर्माण र बगान क्षेत्रमा श्रमिकहरु का लागि आवास निर्माण समावेश छन्। यस परियोजना का लागि २७ करोड अमेरिकी डलर लागत छुट्याएको छ।

सन् २०१७ मा प्रधानमन्त्री मोदीले जाफना सांस्कृतिक केन्द्र को निर्माण गर्ने र श्रीलंकाका जनतालाई समर्पित गर्ने वाचा गर्नुभएको थियो। विदेश सचिव सोही निर्माणाधीन जाफना सांस्कृतिक केन्द्र को अवलोकन पनि गर्नेछन्।
यसका साथै विदेश सचिव क्यान्डी र ट्रिनकोमालीका अन्य परियोजनाहरुको पनि अवलोकन गर्नेछन्।

समग्रमा, विदेश सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणले परियोजनाहरुको सार्थक कार्यान्वयन सहित द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने आधार प्रदान गर्नेछ। यसले निकट भविष्यमा अर्को द्विपक्षीय शिखर सम्मेलनको लागि मार्ग प्रशस्त गर्ने छ र यस प्रकार यस राजनैतिक सम्बन्धलाई नयाँ उचाइमा लैजाने छ।