छलफलले हाम्रो सम्बन्ध को लागी र हामी हाम्रा साथीहरु र साझेदारहरु संग कसरी काम‌ गर्ने भन्ने बारे एक दिशा प्रदान गरेको छ: विदेश मन्त्री

गत साता भारत-अमेरिका नेतृत्व शिखर सम्मेलन सम्पन्न भएको थियो। सोही सन्दर्भमा विदेशमन्त्री एस जयशंकरले बिहीबार वाशिंगटन डीसीमा भएको छलफल ले नयाँ सम्भावनाको ढोका खोलेको बताउनुभएको छ।

भारत-अमेरिका रणनीतिक साझेदारी फोरम (युएसआईएसपीएफ) को वार्षिक नेतृत्व शिखर सम्मेलनमा उनले यसो भनेका हुन्।

भारत-अमेरिका नेतृत्व शिखर सम्मेलनमा भएको छलफलले हाम्रो सम्बन्ध को लागी र हामी हाम्रा साथीहरु र साझेदारहरु संग कसरी काम‌ गर्ने भन्ने बारे एक दिशा प्रदान गरेको उनले बताउनुभयो।

उनले भन्नुभयो, "आज भारत र अमेरिका बीच धेरै राम्रो सम्बन्ध छ‌। द्विपक्षीय भ्रमण को परिणाम दस्तावेज ले वास्तव मा भारत र अमेरिका को साझेदारी स्पष्ट पारेको छ। यसैलाई नै वैश्विक हित को लागी गरिएको एक साझेदारी भनिन्छ। "

भारत र अमेरिका बीच भएको सो छलफल मा अफगानिस्तानको स्थिति पनि एक प्रमुख विषय थियो। यस सन्दर्भ मा दुबै देश बीच समान सिद्धान्त र धारणा रहेको जयशंकर ले बताउनुभयो। कुनै पनि हालतमा अफगानिस्तानको भूमि आतंकवाद को लागि प्रयोग हुन दिन नहुने मा भारत र अमेरिका ऐक्यवद्ध रहेको उनले बताउनुभयो।

गत साता वाशिंगटन डीसी मा पहिलोपटक व्यक्तिगत रुपमा क्वाड शिखर सम्मेलन आयोजना भएको थियो। यसबारे बताउँदै उनले यस वर्ष क्वाड नेतृत्व ले अधिक ऊर्जा र रचनात्मकता लगानी गरेको जानकारी दिनुभयो।

जयशंकरले भन्नुभयो, "हामीले वास्तव मा धेरै नयाँ मुद्दाहरु देखिरहेका छौं,"।

क्वाड नेतृत्व शिखर सम्मेलन को महत्वपूर्ण उपलब्धि बारे उल्लेख गर्दै उनले यस पटक क्वाड खोप पहल मुख्य चर्चा को विषय रहेको र अमेरिकाले खोप प्रविधि र केही हदसम्म स्रोत संसाधन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको नै निकै महत्त्वपूर्ण रहेको औंल्याउनुभयो।

क्वाड को विशेषता उसको अनौपचारिक हुनु मा छ, उसको सहज हुनुमा छ। समयको माग र आवश्यकता अनुसार यस संगठनको स्थापना गरिएको जयशंकर ले बताउनुभयो। क्वाड समान विचारधारा भएका राष्ट्र बीच सहकार्य वृद्धि गर्न विकास गरिएको नवीन पहल भएको पनि उनले उल्लेख गर्नुभयो।

क्वाच कसैकप विरोधी नभएको प्रष्ट पार्दै उनले भन्नुभयो, " यदि तँपाई क्वाड को बयान हेर्नुहुन्छ भने तँपाई थाहा पाउनु हुनेछ को क्वाड कानुन को शासन को लागि बनेको हो। हामी स्वतन्त्रता को पक्ष मा छौं, हामी विवाद को शान्तिपूर्ण समाधान चाहन्छौं, हामी लोकतान्त्रिक मूल्य मान्यता मा विश्वास गर्छौं र हामी राज्य को क्षेत्रीय अखण्डता को समर्थन गर्दछौं।"

विश्व मा चीनको उदाउँदो अस्तित्व बारे प्रश्न मा जयशंकरले भन्नुभयो, "धेरै मामिलामा हामी ले द्विपक्षीय छनौट गर्नुपर्ने हुन्छ, हामी प्रत्येकको चीन संग धेरै महत्वपूर्ण सम्बन्ध छ।"

उनले भन्नुभयो, " चीनको उदयले अन्तर्राष्ट्रिय व्यवस्थामा धेरै आधारभूत प्रभाव पारेको छ। त्यसैले अन्तर्राष्ट्रिय व्यवस्था मा सहभागी को रूप मा हाम्रो हित को लागि कार्य गर्नुपर्ने हुन्छ।"

यस महिना बाट ग्लासगो मा हुने कोप२६ बारे कुरा गर्दै विदेश मन्त्री ले जी २० समूह मा पेरिस सम्झौता पालना गर्ने भारत मात्र एक्लो देश रहेको उल्लेख गर्नुभयो। नवीकरणीय उर्जा को बृद्धि, ऊर्जा दक्षता, ऊर्जा को तीव्रता, वनरोपण, जैव विविधता, पानी को उपयोग जस्ता क्षेत्रमा भारत ले अभूतपूर्व कार्य गरेको उनले उल्लेख गर्नुभयो।

उनले भन्नुभयो, "हामी ग्लासगो मा हाम्रो समग्र ग्रह को लागि एक उद्धार प्याकेज लिएर जान चाहन्छौं। ग्रह उद्धार का लागि १ सय अरब बराबरको प्याकेज बनाइएको छ जसका लागि हामी संसाधन जुटाउन संघर्ष गरिरहेका छौं।"

उनले थप भन्नुभयो, "यस विषयमा सम्पूर्ण विश्व गम्भीर हुनु आवश्यक छ। हामी शुद्ध शून्य को लागी प्रयास गर्नुपर्दछ। वैश्विक शून्य भन्नाले विकासशील राष्ट्रलाई विकास गर्न मार्ग प्रशस्त गरिनुपर्दछ। र विकसित देशहरु शुद्ध शून्य र शूद्ध माइनस मा केन्द्रित हुनुपर्दछ।"