गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको निर्माण सम्पन्न, दुवै पक्षद्वारा सन्तुष्टि व्यक्त

नेपालमा गएको भूकम्पपछि भारत सरकार ले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा जस्ता क्षेत्रहरुको पुनर्निर्माण गर्न परियोजनाहरु सञ्चालन गरेका थिए। बिहीबार नेपाल र भारत ले सोही परियोजना मा भएको प्रगति को समीक्षा गरेका छन्।

काठमाडौं स्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौं मा संयुक्त आयोजना अनुगमन समिति (जेपीएमसी) को बैठक बसिएको थियो। सोही बैठकमा विविध परियोजना को समीक्षा गरिएको थियो।

भारत सरकार को तर्फ बाट विदेश मन्त्रालय का संयुक्त सचिव (उत्तर) अनुराग श्रीवास्तव र नेपाल सरकारका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण का सचिव सुशीलचन्द्र तिवारी ले बैठकको सह-अध्यक्षता गर्नुभएको थियो।

विज्ञप्ति अनुसार गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको निर्माण सम्पन्न भएको मा दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए।

यसका साथै नेपालमा शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्य क्षेत्र अन्तर्गत संचालित पुनर्निर्माण परियोजनाहरु मा हासिल भएको प्रगतिको दुबै पक्षले सराहना गरेका थिए।

दुवै सह-अध्यक्षहरु जेपीएमसी को अर्को बैठक पारस्परिक सुविधाजनक मिति मा आयोजित गर्न सहमत भएका थिए।

बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरु, विभागहरु र एजेन्सीहरु का प्रतिनिधिहरु, भारत सरकारका अधिकारीहरु र, परामर्शदाताहरु र परियोजनाहरु का कार्यान्वयन मा संलग्न अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

पछिल्लो जेपीएमसी को बैठक काठमाडौं मा सन् २०२० मार्च महिनाको ८ तारिख मा आयोजित भएको थियो।

भारत सरकारको सहयोगमा नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरु को प्रगति को समीक्षा गर्न सन् २०१७ को अगस्ट महिनामा जेपीएमसी को स्थापना गरिएको थियो।