चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंग ले सेप्टेम्बर महिनाको २९ तारिख मा भारतीय पक्षले लामो समयदेखि "अग्रिम नीति" को अनुसरण गर्दै आएको बताएका थिए

भारतले बिहीबार चीनको "उत्तेजक व्यवहार र यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयास" का कारण पूर्वी लद्दाखको एलएसीमा शान्ति भंग भएको र चीन को यस व्यवहारले भारत-चीन द्विपक्षीय सम्झौताको उल्लंघन भएको बताएको छ।

सीमाक्षेत्र मा चीनले ठूलो संख्यामा सेना र हतियारहरु तैनाथ गर्न जारी राखेको हुनाले भारतको सुरक्षा हित सुनिश्चितता का लागि भारतीय सशस्त्र बल ले वास्तविक नियन्त्रण रेखा मा उचित सेना परिचालन गरेको भारतले जानकारी दिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सीमा स्थिति बारे गरेको टिप्पणी मा मिडिया प्रश्न को उत्तर दिदैं भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्चीले भन्नुभयो, "चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सेना र हतियार परिचालन गर्न जारी राखेको छ। त्यसकारण भारतको सुरक्षा हित सुनिश्चितता का लागि भारतीय सशस्त्र बल ले वास्तविक नियन्त्रण रेखा मा उचित सेना परिचालन गरेको हो।"

सेप्टेम्बर २९ तारिख मा नियमित प्रेस सम्मेलन को क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले भन्नुभयो, "भारतीय पक्षले लामो समयदेखि "अग्रिम नीति" को अनुसरण गर्दै आएको छ। भारतले अवैध रुपमा एलएसी पार गरी चीनको क्षेत्रमा अतिक्रमण गरेको छ। यो नै भारत-चीन तनावको मूल कारण हो।"

यस आरोपलाई खारेज गर्दै विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्चीले भन: "हामीले केहि दिन पहिले नै यस्ता तथ्यहिन बयान स्वीकार नगर्ने स्पष्ट पारिसकेका छौं। चीनको "उत्तेजक व्यवहार र यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयास" का कारण पूर्वी लद्दाखको एलएसीमा शान्ति भंग भएको र चीन को यस व्यवहारले भारत-चीन द्विपक्षीय सम्झौताको उल्लंघन भएको हो।"

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले उनको देश "प्रतिस्पर्धा को उद्देश्य पूर्तिका निम्ति विवादित सीमा क्षेत्रमा कुनै हतियार प्रतियोगिता नगर्ने बताएकी थिइन्। हामी सधैं राष्ट्रिय क्षेत्रीय सार्वभौमसत्ता र सुरक्षा को रक्षा गर्न दृढ छौं र चीन-भारत सीमा क्षेत्रमा शान्ति र स्थिरता को लागी प्रतिबद्ध छौं।"

यस बयानको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १७ तारिख मा एससीओ शिखर सम्मेलनका क्रममा दुशान्बेमा चिनियाँ विदेशमन्त्री वाङ यी सँग विदेशमन्त्री एस जयशंकरको भेट भएको उल्लेख गर्नुभयो। सो क्रममा जयशंकरले द्विपक्षीय सम्झौता र प्रस्ताव को पूर्णतया पालन गरी भारत र चीनले बाँकी रहेका मुद्दाहरुको शीघ्र समाधानका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए।

विदेश मन्त्रालयका प्रवक्ताले भन्नुभयो, "यस महिनाको शुरुवात मा चिनियाँ विदेशमन्त्री सँग भारतीय विदेश मन्त्री को भेटको क्रममा भएको छलफल अनुसार चिनियाँ पक्षले पूर्वी लद्दाखको एलएसीमा बाँकी रहेका मुद्दाहरुको शीघ्र समाधानका लागि काम गर्ने र द्विपक्षीय सम्झौता र प्रस्ताव को पूर्णरुपमा पालना गर्ने हामीले अपेक्षा गरेका छौं।"