विदेश मन्त्री जयशंकर र श्रीलंकाली विदेश मन्त्री जी एल पेरीस बीच न्यूयोर्कमा छलफल भएको केही दिनपछि विदेश सचिव को भ्रमण

विदेश मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्ति अनुसार विदेश सचिव हर्षवर्धन श्रृंगला अक्टोबर महिनाको २ तारिख देखि श्रीलंकाको चारदिने औपचारिक भ्रमणमा जाँदैछन्।

विदेश मन्त्रालयका अनुसार श्रीलंकाका विदेश सचिव एडमिरल प्रोफेसर जयनाथ कोलोमबेज को निमन्त्रणा मा विदेश सचिव श्रीलंका जानलागेका हुन्।

भारतको 'छिमेकी पहिलो' नीतिमा श्रीलंकाले केन्द्रीय स्थान ओगटेको छ। विदेश सचिवको यस भ्रमणले दुबै देशले आपसी हितका सबै क्षेत्रमा घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध सुदृढ पार्न चाहेको संकेत गरेको छ।

विदेश मन्त्रालयले भन्यो, "विदेश सचिवको यस भ्रमणले हाम्रो द्विपक्षीय सम्बन्ध, चलिरहेको द्विपक्षीय परियोजनाहरुको प्रगति र कोविड विरुद्ध लड्न जारी सहयोग को समीक्षा गर्ने अवसर प्रदान गर्नेछ।"

विदेश मन्त्री जयशंकर र श्रीलंकाली विदेश मन्त्री जी एल पेरीस बीच न्यूयोर्कमा छलफल भएको १० दिनपछि विदेश सचिव को भ्रमण हुनलागेको हो।

भारत र श्रीलंका बीच मुख्य रुपमा विकास सहयोग मा उच्च संलग्नता रहेको छ। श्रीलंका सरकार र जनता को प्राथमिकता अनुसार भारतले श्रीलंका भर जनता उन्मुख विकास परियोजनाहरु सञ्चालन गरी रहेको छ।

भारतको विकास सहयोग का कारण श्रीलंका मा विभिन्न पूर्वाधार विकास परियोजना सञ्चालन मा छन्। जसअन्तर्गत भारतीय आवास परियोजना, रेलमार्ग निर्माण, रेलमार्ग को स्तरोन्नति र ट्रयाक बिछ्याउने, केकेएस बन्दरगाह पुनर्निर्माण, बहुमुखी डिकोया अस्पताल निर्माण, जाफना सांस्कृतिक केन्द्र; मन्नार मा तिरुकेतेश्वरम मन्दिर को जीर्णोद्धार; टापु व्यापी आपतकालीन एम्बुलेंस सेवा पर्दछन्।