राज्यमन्त्री लेखी सेप्टेम्बर २७ तारिख देखि चार दिन का लागि स्विट्जरल्याण्डको भ्रमणमा हुनुहुन्छ

विदेश राज्यमन्त्री मीनाक्षी लेखीले बिहीबार जेनेभामा भारतको ७५ औं स्वतन्त्रता दिवस को वार्षिकोत्सवको अवसर मा अन्तर्राष्ट्रिय समुदायका सदस्यहरुलाई सम्बोधन गरिन् र एक सांस्कृतिक कार्यक्रममा भाग लिएकी छिन्।

यस विकास बारे प्रकाश पार्दै उनले ट्वीटरमा भन्नुभयो," भारतको ७५ औं स्वतन्त्रता दिवस को वार्षिकोत्सवको अवसर मा अन्तर्राष्ट्रिय समुदायका सदस्यहरुलाई सम्बोधन गर्न पाउँदा निकै खुसी लागेको छ। #आजादीकाअमृत महोत्सव। सांस्कृतिक कार्यक्रममा सहभागिता-भारतीय साडी र आईसीसीआर प्रायोजित खादी कपडा को शानदार प्रदर्शन।"

बुधबार उनले बर्न स्थित संघीय दरबारमा स्विस परिसंघका अध्यक्ष गाय पार्मेलिन सँग पनि भेट गरेकी थिइन्। सो क्रममा उनले द्विपक्षीय सम्बन्ध को सम्पूर्ण पक्ष बारे छलफल गरेकी थिइन्।

छलफल को क्रममा दुवै पक्ष द्वीपक्षीय ब्यापारिक सम्बन्ध र नागरिक बीच को सम्पर्कलाई अगाडि बढाउन सहमत भएका थिए।

यस विकासक्रम बारे ट्विट गर्दै, विदेश राज्यमन्त्रीले लेखिन्: "बर्न स्थित संघीय दरबारमा स्विस परिसंघका अध्यक्ष गाय पार्मेलिनलाई भेट्न पाउँदा निकै सम्मानित महसुस गरेको छु। एक उत्पादक बैठक, हामीले द्विपक्षीय सम्बन्ध को सम्पूर्ण पक्ष बारे छलफल गर्यौं र हाम्रो ब्यापारिक सम्बन्ध र नागरिक बीच को सम्पर्कलाई अगाडि बढाउन सहमत भयौं।"

मंगलबार उनी न्युइ हर्कत जेटुंग द्वारा आयोजित उद्घाटन प्रभाव वित्त सम्मेलन मा भाग लिएकी थिइन्। उक्त समारोहमा उनले दिगोपन र जलवायु परिवर्तनको बिषयमा बोलेकी थिइन्। विश्वमा सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने मुलुक भएतापनि भारतले आफ्नो जीडीपीको ३३-३५ प्रतिशत कार्बन उत्सर्जन घटाउन सहमत भएको उनले जानकारी दिएकी थिइन्।

भारतले आफ्नो कुल ऊर्जा उत्पादन मध्ये ४० प्रतिशत ऊर्जा गैर जीवाश्म ईन्धन उर्जा स्रोत बाट प्राप्त गर्न सहमत भएको उनले बताएकी थिइन्।

भारतले सन् २०३० सम्म मा २.५ देखि ३ अर्ब टन कार्बन डाइअक्साइड बराबर को अतिरिक्त कार्बन सिंक बनाउने निर्णय गरेको विदेश मामिला मन्त्रालयले जानकारी दिएको छ। यो‌ लक्ष्य हासिल गर्न भारत सरकारले १.२ अर्ब कुशल ऊर्जामुलक एलईडी बत्ती र ३.२ अर्ब एलईडी सडक बत्तीहरु आपूर्ति गरेको उनले बताएकी छिन्।

भारतलाई विश्वको सबैभन्दा ठूलो हरित हाइड्रोजन केन्द्र बनाउने प्रयास भइरहेको पनि उनले बताएकी छिन्। कार्यक्रममा आफ्नो सम्बोधनमा राज्यमन्त्रीले भनिन्, "वैश्विक तापक्रमलाई २ डिग्री सेल्सियस ले घटाउन भारतले अथल प्रयास गरिरहेको छ। हामी ती ५ शीर्ष देशहरु मध्ये एक हौं जसले यो लक्ष का लागि आवश्यक पहल गरिरहेका छौं। हामी जलवायु परिवर्तन सम्बन्धी हाम्रा प्रतिबद्धता पूरा गर्न लागिपरेका छौं।"

विविध विकास चुनौतिका बावजूद भारतले स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, वनीकरण र जैव विविधता का लागि धेरै साहसी कदम उठाएको उनले बताइन्।

उर्जा खपत कम गर्ने र उत्पादित उर्जाको कुशल व्यवस्थापनमा पनि भारत केन्द्रित रहेको छ।

उनले भनिन्, " हामीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन र विपद् प्रतिरोधक पूर्वाधार गठबन्धन जस्ता वैश्विक पहलहरुलाई पनि प्रोत्साहित गरेका छौं। अन्तर्राष्ट्रिय सौर्य गठबन्धन मा ८० राष्ट्र सामेल भएका छन्। आज यो गठबन्धन द्रतु गतिमा वृद्धि हुँदै गएको अन्तर्राष्ट्रिय संगठनहरु मध्ये एक बन्न सफल भएको छ।"

स्विट्जरल्याण्ड को भ्रमण को क्रममा विदेश राज्यमन्त्री ले महिला सांसदहरु र सचिवहरु लाई पनि भेट्ने अवसर पाइन्। सो क्रममा उनले महिला सशक्तिकरण बारे विचार आदान प्रदान गरिन् तथा महिलाहरु को सशक्तिकरण का लागी भारतले गरेको पहल बारे पनि जानकारी दिइन्।

विदेश मन्त्रालयका अनुसार राज्यमन्त्री को यस भ्रमण बाट दुई देशबीच को द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।