दुर्गम आदिवासी क्षेत्र मा इन्धन कोशिका को प्रयोग गरी हाइड्रोजन को माध्यमबाट बिजुली उत्पादन गर्न सकिने

भारतीय वैज्ञानिकहरुको एक टोलीले पहिलो पटक ठूलो मात्रामा अणुशक्ति उत्पादन यन्त्र को विकास गरेका छन्। यस यन्त्र ले सूर्यको प्रकाश र पानी जस्ता दिगो स्रोतहरुको उपयोग गरी पर्याप्त मात्रामा हाइड्रोजन उत्पादन गर्न सक्दछ।

यस यन्त्र ले ८ घण्टामा ६.१ लीटर हाइड्रोजन उत्पादन गर्न सक्दछ। यसकारण यो प्रक्रिया निकै लागत प्रभावी र दिगो प्रक्रिया हो। नैनो विज्ञान र प्रविधि संस्थान (आईएनएसटी), मोहाली का टोली ले यस को विकास गरेका हुन्।

यस यन्त्र बाट उत्पादित हाइड्रोजनद्वारा दुर्गम आदिवासी क्षेत्र मा इन्धन कोशिका को प्रयोग गरी बिजुली उत्पादन गर्न सकिनेछ।

अन्ततः यसले ट्रान्सफार्मर र विधुतीय सवारी साधनलाई आवश्यक ऊर्जा पनि प्रदान गर्न सक्दछ। विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस दिशा तर्फ दीर्घकालीन अनुसन्धान गरिनेछ।

कमलाकन्नन कैलासमको नेतृत्वमा रहेको टोलीमा अशोक के गंगुली, विवेक बाग्ची, सन्यासिनाडू बोड्डू, प्रकाश पी एन र मेनका झा सामेल छन्।

वैज्ञानिकहरुले यस प्रयोजनका लागि पृथ्वीमा प्रचुर मात्रामा पाइने कार्बन नाइट्राइड नामक रसायनको प्रयोग गरेका छन्।

मन्त्रालयका अनुसार यसभन्दा अघि पनि थुप्रै अनुसन्धानकर्ताहरुले जटिल धातु अक्साइड/नाइट्राइड/सल्फाइड को प्रयोग गरी यस यन्त्र को विकास गर्ने प्रयास गरेका थिए। तर सो प्रयोग बाट धेरै मात्रा मा पुन: उत्पादन गर्न धेरै गाह्रो भएको थियो।

आईएनएसटी टोली ले कम लागत पर्ने कार्बन नाइट्राइड प्रयोग गरी यस प्रक्रियाको सफलतापूर्वक सञ्चालन गरेका थिए। यो रसायन यूरिया र मेलामाइन जस्तै सहज रुपमा पाइन्छ।

सूर्यको प्रकाश यस यन्त्र मा पर्दा इलेक्ट्रोन, र प्वाल उत्पन्न हुन्छन्। इलेक्ट्रोनलाई परिवर्तन गरी हाइड्रोजन उत्पादन गरिन्छ। केही रसायनले प्वाललाई भर्ने काम गर्दछ‌। यदि प्वाल बन्द नगरिए तिनीहरु इलेक्ट्रोन संग पुनः संयोजन हुनेछन्।

डीएसटी नानो मिशन एनएचिटीपी ले यस परियोजनालाई समर्थन प्रदान गरेको छ। यस सम्बन्धि एक लेख 'क्लीनर उत्पादन को जर्नल' मा भर्खरै प्रकाशित गरीएको छ। विज्ञान तथा प्रविधि मन्त्रालय का अनुसार यस प्रविधिको आधिकारिक हक का लागि प्रक्रिया शुरु गरिएको छ।

आईएनएसटी टोली यस प्रक्रियामा केही समय देखि काम गरिरहेका थिए।

टोली का नेतृत्व कमलाकन्ननले भन्नुभयो, "ऊर्जा संकट र जलवायु परिवर्तन संकटले हामीलाई यस क्षेत्र तफ काम‌ गर्न प्रेरित गर्यो। कार्बन नाइट्राइड मा बिभिन्न जैविक समूहहरु को स्थिरता र रासायनिक विशेषता का कारण हाइड्रोजन उत्पादन गर्न सकिने र यो निकै लागत प्रभावी जैवीक रसायन भएको ले हामी ले यस तर्फ आफ्नो ध्यान केन्द्रित गरेका हौं।"

आईएनएसटी का टोली ले लेब स्केल प्रक्रिया बाट एक ठूलो प्रोटोटाइप यन्त्र को निर्माण गरी हाइड्रोजन उत्पादन शुरु गरेका हुन्।

सो यन्त्र को क्षेत्रफल १ मिटर वर्ग रहेको छ। यस मा केही प्यानल जडान गरिएका छन् जसमा पानी को प्रवाह बनाइएको छ। सूर्यको प्राकृतिक किरण विकिरण पर्दा हाइड्रोजन उत्पादन हुन्छ र ग्याँस क्रोमैटोग्राफी को माध्यम बाट मात्रा निर्धारण गरिन्छ।

टोली सूर्यको प्रकाश उपलब्धता अनुसार हाइड्रोजन उत्पादन अनुकूलन गर्ने प्रक्रियामा छन्। विज्ञान तथा प्रविधि मन्त्रालय का अनुसार टोली हाल शुद्ध हाइड्रोजन, नमी जाल, र ग्यास अलग गर्ने झिल्ली निर्माण गर्न लागिपरेका छन्।