८७ प्रतिशत ग्रहण दर का साथ भारत मा उच्चतम फिन टेक ग्रहण दर

वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल का अनुसार भारतमा मोबाइल र इन्टरनेटको द्रुत विस्तार का कारण भारत विश्वको प्रमुख डिजिटल बजार बन्न तैयार छ। भारत मा २१ सय भन्दा बढी फिन टेक बजार स्थापित भइसकेका छन्।

बिहीबार भिडियो सम्मेलन मार्फत दोस्रो वैश्विक फिन टेक उत्सव २०२१ लाई सम्बोधन गर्दै गोयलले भन्नुभयो, "भारतमा मोबाइल र इन्टरनेटको द्रुत विस्तार का कारण मलाई लाग्छ भारत विश्वको प्रमुख डिजिटल बजार बन्न तैयार छ। भारतको आत्मनिर्भर बन्ने लक्ष्य छ, त्यसकारण हाम्रा उद्योग र उद्यमीहरु ले स्थानीय प्रतिभा को उपयोग गरी विश्वव्यापी बजार मा आफ्नो छाप छोडुन् भन्ने हाम्रो चाहना छ।"

उनले थप भन्नुभयो, " ८७ प्रतिशत ग्रहण दर का साथ भारत मा उच्चतम फिनटेक ग्रहण दर रहेको छ जबकि वैश्विक औसत जम्मा ६४ प्रतिशत पुगेको छ।"

"सन् २०२१ को मे महिनामा भारतको युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) मा २ सय २४ वटा बैंकहरु ले सहभागिता जनाएका थिए। त्यसबेला २.६ अरबको लेनदेन मार्फत ६८ अरब अमेरिकी डलर को कारोबार भएको थियो। जबकि सन् २०२१ को अगस्ट महिनामा ३.६ अरबको लेनदेन भएको थियो।"

" गत वर्ष एइपी(आधार सक्षम भुक्तानी प्रणाली) को प्रयोग गरी २ खरब भन्दा बढी को लेनदेन भएको थियो।"

महामारी को समय मा भारतको फिनटेक उद्योगले नागरिक को जीवन सहज बनाएको मन्त्री ले बताउनुभयो। महामारी बेला भएको तालाबन्दी मा नागरिकले घरमै सुरक्षित बसेर महत्वपूर्ण आर्थिक गतिविधि सञ्चालन गर्न सक्षम भएका थिए।

उनले भन्नुभयो, "प्रधानमन्त्री मोदीले भन्नुभए जसरी 'हरेक संकटलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ'। अब नागरिकहरु बैंकमा जानु पर्दैन, बैंकहरु घर र मोबाइलमा आएका छन्।"

सन् २०१४ को अगस्ट महिनाको १५ तारिख मा प्रधानमन्त्री मोदीले भारतको स्वतन्त्रता दिवसको भाषणमा जन धन योजना घोषणा गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतमा डिजिटल परिवर्तन आएको उनले बताउनुभयो।

यस योजना अन्तर्गत २ करोड भन्दा बढी खाताहरु खोलिएको थियो। यसले एक नँया विश्व कीर्तिमान बनाएको छ।

जन धन-आधार-मोबाइल वा जेएएम ट्रिनिटी ले पारदर्शिता, अखण्डता र भारत को विशाल जनसंख्या लाई वित्तीय लाभ र सेवाहरु प्रदान गर्दै आएको उनले जानकारी दिनुभयो।

वाणिज्य र उद्योग मन्त्रीका अनुसार जेएएम ट्रिनिटी को माध्यमबाट भारतले आफ्नो प्राविधिक क्षमताको प्रयोग गरी फिनटेक क्षेत्र को विकास गरेको छ।

राष्ट्रिय ब्रॉडब्यान्ड अभियान अन्तर्गत छिट्टै भारतका हरेक गाँउहरुमा उच्च गतिको इन्टरनेट हुनेछ। यसले भारतलाई फिनटेक नवाचार को केन्द्र बनाउनेछ।

फिनटेक को माध्यमबाट मोबाइल एप्स, ई-वाणिज्य बजार र अन्य धेरै डिजिटल पूर्वाधारहरुका लागी लगानी भित्र्याउन सकिने गोयल ले बताउनुभयो।

उनले भन्नुभयो, " सन् २०१६ देखि शुरू भएको फिनटेकले आज १० अरब अमेरिकी डलर को लगानी भित्र्याएको छ। सही अर्थमा यस क्षेत्रमा ठूलो संभावना छ। यसले ग्राहक अनुभव लाई विस्तृत बनाउनेछ। संसारको तेस्रो सबैभन्दा ठूलो व्यापारिक केन्द्र बनेको यस क्षेत्रले तँपाई लाई झन् बल पुग्ने छ।"

सुदृढ र द्रुत विकास दिगो आर्थिक उदय को संकेत हो।

गैर वित्तीय सेवा क्षेत्रहरु पनि आज फिनटेक प्रविधि अपनाउन सक्रिय रहेको उनले अवलोकन गर्नुभयो।

आपूर्ति श्रृंखला को विस्तार संगै, हामीले बढी भन्दा बढी फिनटेक सेवा अपनाउनु जरुरी रहेको उनले बताउनुभयो।

उनले भन्नुभयो, "हाम्रा साना तथा मझौला व्यापार व्यवसाय ले पनि ऋण, भुक्तानी, लेखा र कर दर्ता का लागी फिनटेक अपनाइरहेका छन्। सरकारले भर्खरै खुला ऋण सक्षम नेटवर्क (ओकेन) र एकाउन्ट एग्रीगेटर (एए) नामक खाता वेबसाइट शुरु गरेको छ।"

यसले साना व्यवसाय तथा कमजोर वर्गहरुले सहजता का साथ ऋण पाउनेछन्। यसका साथै वित्तीय संस्थाहरु लाई वितरण को लागत घटाएर ठूला खण्डहरुमा पुग्न सहज बनाउने छ। र अब संस्थाहरु ले थोरै रकमको ऋण पनि दिन सक्नेछन्।

भारत मा २१ सय भन्दा बढी फिन टेक बजार स्थापित भइसकेको उनले जानकारी दिनुभयो।

उनले भन्नुभयो, " भारतका प्रायः फिनटेक बजारहरु नँया छन् र भारतको बजार मूल्य हाल ३१ अरब अमेरिकी डलर बराबरको छ। सन् २०२५ सम्म मा यो मूल्य ८४ अरब अमेरिकी डलर बराबरको पुग्ने अनुमान गरिएको छ।"