वर्तमान आईबीएसए अध्यक्ष को रूप मा भारतको यस वर्ष छैठौं आईबीएसए शिखर सम्मेलन आयोजना गर्ने योजना

बुधबार भारत-ब्राजिल-दक्षिण अफ्रिका (आईबीएसए) का साझेदार देशहरु बीच उद्घाटन बैठक सम्पन्न भएको छ। भारतले हाल आईबीएसए को अध्यक्षता गरिरहेको छ।

उक्त बैठकमा दक्षिण कोरियाको सहकार्यलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो।

आईबीएसए एक अद्वितीय मञ्च हो जसमा भारत, ब्राजील र दक्षिण अफ्रिका सहकार्य गरिरहेका छन्। यी तीन मुलुक तीन ठूला लोकतान्त्रिक र महाद्वीप हुन् जो समान आर्थिक चुनौती को सामना गरिरहेका छन्।

सन् २००३ मा यी तीन देशका विदेश मन्त्रीको ब्राजिल मा भेट भएको थियो। सोही बेला ब्राजिलिया घोषणा पत्र जारी गरिएको थियो र यी तीन देशको समूहलाई औपचारिक रूप प्रदान गरिएको थियो। त्यसै समय यस समूहलाई आईबीएसए सम्वाद मञ्च को नाम दिइएको थियो।

हालसम्म आईबीएसए को पाँच वटा शिखर सम्मेलनको आयोजना भइसकेको छ। सन् २०११ मा प्रिटोरिया मा पाँचौं आईबीएसए शिखर सम्मेलन आयोजना भएको थियो।

यस मञ्च द्वारा विशेषज्ञहरु र प्रशिक्षण को आदान प्रदान त गरिन्छ नै साथ मा दक्षिण-दक्षिण सहयोग को वांछनीयता र व्यवहार्यता का बारे पनि विचार आदानप्रदान गरिन्छ।

वर्तमान आईबीएसए अध्यक्ष को रूप मा भारतले यस वर्ष छैठौं आईबीएसए शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको छ। यस सम्मेलन को विषय 'जनसंख्या र विकास का लागि लोकतन्त्र' रहने जनाइएको छ।

गत अगस्ट महिनाको ११ र १२ तारिख मा भर्चुअल ढाँचामा आयोजित सातौं आईबीएसए एकेडेमिक फोरम को उद्घाटन विदेश राज्य मंत्री, डा. राजकुमार रंजन सिंहले गर्नुभएको थियो।

भारत सरकार को विदेश मन्त्रालयका सम्बन्धित स्वायत्त बुद्धिजीवी अंग, विकासशील देशहरु को लागी अनुसन्धान र सूचना प्रणाली (आरआईएस), ले यस दुई दिवसीय कार्यक्रम को आयोजना गरेको थियो।

सो कार्यक्रममा आईबीएसए का बुद्धिजीवी सँग आर्थिक साझेदारी का बारे छलफल भएको थियो। सो क्रममा आर्थिक एकीकरण र महामारी पछि आपूर्ति श्रृंखला मा वृद्धि, डिजिटल र हरित ऊर्जा लगायत विभिन्न विषय मा छलफल भएको थियो।