आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रहरुको पुनर्निर्माण परियोजना का लागि भारतद्वारा आर्थिक सहयोग

बुधबार भारत र नेपालले संयुक्त रुपमा काभ्रेपलाञ्चोक जिल्लामा ६ वटा नवनिर्मित विद्यालय भवनको संयुक्त उद्घाटन गरेका छन्।

भारत सरकार को पुनर्निर्माण अनुदान सहायता अन्तर्गत १९ करोड ७० लाख लागत मा यी ६ वटा विद्यालय भवनको निर्माण गरिएको हो।

यसै दिन काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका स्थित खोपसी प्राथमिक स्वास्थ्य सेवा केन्द्र (पिएचसीसी) को शिलान्यास समारोह पनि आयोजित गरिएको थियो।

समारोहमा भारतीय पक्ष बाट विदेश मन्त्रालय का संयुक्त सचिव (उत्तर), अनुराग श्रीवास्तव उपस्थित हुनुहुन्थ्यो। नेपाल पक्ष बाट सांसद गोकुल प्रसाद बाँस्कोटा (काभ्रेपलाञ्चोक -२) र गंगाबहादुर तामाङ (काभ्रेपलाञ्चोक -१) र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपाल का कार्यकारी सदस्य, धुर्वप्रसाद शर्मा सहभागी हुनुहुन्थ्यो।

यी ६ वटा विद्यालयहरुले नेपाली जनता को साहस, धैर्यता र पुनर्निर्माण गर्न सक्ने क्षमता को उत्कृष्ट उदाहरण प्रस्तुत गरेको श्रीवास्तवले बताउनुभयो। नेपाल को विकास मा भारत साझेदार बन्न पाएकोमा निकै सम्मानित महसुस गरेको पनि उनले बताउनुभयो।

भारत नेपालको एक घनिष्ठ मित्र र छिमेकी हो। नेपालको पुनर्निर्माण प्रयासमा भारत नेपाल र नेपाली जनता का साथ खडा रहेको उनले भन्नुभएको छ।

छ वटा पुनर्निर्माण गरिएका विद्यालय अन्तर्गत श्री आजाद माध्यमिक विद्यालय (बनेपा), श्री भगवती माध्यमिक विद्यालय (पाँचखाल), श्री आजाद माध्यमिक विद्यालय (पाँचखाल), श्री दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), श्री शारदा माध्यमिक विद्यालय (पनौती) र श्री खण्डदेवी माध्यमिक विद्यालय, (चौरी देउराली) पर्दछन्।

नेपाल‌ सरकारले प्रदान गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुसार यी विद्यालयहरुको निर्माण गरिएको छ। यी विद्यालयहरुको पुनर्निर्माण बाट २ हजार भन्दा बढी विद्यार्थीहरु लाभान्वित हुनेछन्।

भूकम्प बाट प्रभावित आठ जिल्लाहरुमा शैक्षिक संस्थाहरु को पुनर्निर्माण का लागि भारत सरकार ले नेपाललाई ५ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता प्रदान गर्ने घोषणा गरेको थियो। त्यसै अनुदान सहायता को एक सानो हिस्सा स्वरुप यी विद्यालयहरु को पुनर्निर्माण गरिएको हो।

ती आठ लाभग्राही जिल्लाहरु मा गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं पर्दछन्।

हालसम्म १४ वटा विद्यालयहरु को निर्माण पूरा भइसकेको छ भने ५६ वटा विद्यालयहरुको निर्माण कार्य चलिरहेको छ।

यसै बीच काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपसी प्राथमिक स्वास्थ्य सेवा केन्द्र (पिएचसीसी) को शिलान्यास समारोह पनि आयोजना गरिएको थियो।

भारत सरकार ले नेपाल को स्वास्थ्य क्षेत्र पुनर्निर्माण का लागि ५ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता प्रदान गर्ने घोषणा गरेको थियो। सोही अनुसार १ सय ३२ वटा स्वास्थ्य चौकीहरु पुनर्निर्माण गरिनेछ। पिएचसीसी स्वास्थ्य चौकी तिनै १ सय ३२ मध्ये को एक हो।

यो स्वास्थ्य चौकी ७ करोड ५० लाख लागत मा निर्माण गरिदैंछ। यस स्वास्थ्य चौकी ले काभ्रेपलाञ्चोक जिल्लाका करिब १५ हजार वासिन्दालाई आपतकालिन, मातृ र शिशु स्वास्थ्य सेवा र अन्य चिकित्सा सेवाहरु प्रदान गर्न सक्नेछ।

भारतको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्रगत गोरखा र नुवाकोट मा ५० हजार घर को निर्माण, ७० वटा विद्यालय र एक पुस्तकालय को निर्माण, १ सय ३२ वटा स्वास्थ्य चिकित्सा भवन निर्माण, र २८ वटा सांस्कृतिक सम्पदा स्थलहरुको जीर्णोद्धार/पुनःनिर्माण गरिनेछ।

कार्यक्रममा भारतीय दूतावासका अधिकारीहरु, केन्द्रीय स्तर परियोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रतिनिधि, जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई (काभ्रेपलाञ्चोक) का प्रतिनिधि, बनेपा नगरपालिका, पनौती नगरपालिका का अधिकारी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।