मीनाक्षी लेखी सेप्टेम्बर २७ तारिख देखि सेप्टेम्बर ३० तारिख सम्म स्विट्जरल्याण्डको चार दिने भ्रमणमा छिन्

विदेश राज्यमन्त्री मीनाक्षी लेखीले बुधबार बर्न स्थित संघीय दरबारमा स्विस परिसंघका अध्यक्ष गाय पार्मेलिनसँग भेट गरेकी छिन्। सो भेटमा उनले द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षबारे छलफल गरेकी छिन्।

भेटका क्रममा दुबै पक्षले आफ्ना ब्यापारिक सम्बन्ध र नागरिक बीच का सम्पर्कलाई अगाडि बढाउन सहमति जनाएका छन्।

यस विकासक्रम बारे ट्विट गर्दै, विदेश राज्यमन्त्रीले लेखिन्: "बर्न स्थित संघीय दरबारमा स्विस परिसंघका अध्यक्ष गाय पार्मेलिनलाई भेट्न पाउँदा निकै सम्मानित महसुस गरेको छु। एक उत्पादक बैठक, हामीले द्विपक्षीय सम्बन्ध को सम्पूर्ण पक्ष बारे छलफल गर्यौं र हाम्रो ब्यापारिक सम्बन्ध र नागरिक बीच को सम्पर्कलाई अगाडि बढाउन सहमत भयौं।"

मंगलबार उनी न्युइ हर्कत जेटुंग द्वारा आयोजित उद्घाटन प्रभाव वित्त सम्मेलन मा भाग लिएकी थिइन्। उक्त समारोहमा उनले दिगोपन र जलवायु परिवर्तनको बिषयमा बोलेकी थिइन्। विश्वमा सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने मुलुक भएतापनि भारतले आफ्नो जीडीपीको ३३-३५ प्रतिशत कार्बन उत्सर्जन घटाउन सहमत भएको उनले जानकारी दिएकी थिइन्।

भारतले आफ्नो कुल ऊर्जा उत्पादन मध्ये ४० प्रतिशत ऊर्जा गैर जीवाश्म ईन्धन उर्जा स्रोत बाट प्राप्त गर्न सहमत भएको उनले बताएकी छिन्।

भारतले सन् २०३० सम्म मा २.५ देखि ३ अर्ब टन कार्बन डाइअक्साइड बराबर को अतिरिक्त कार्बन सिंक बनाउने निर्णय गरेको विदेश मामिला मन्त्रालयले जानकारी दिएको छ। यो‌ लक्ष्य हासिल गर्न भारत सरकारले १.२ अर्ब कुशल ऊर्जामुलक एलईडी बत्ती र ३.२ अर्ब एलईडी सडक बत्तीहरु आपूर्ति गरेको उनले बताएकी छिन्।

भारतलाई विश्वको सबैभन्दा ठूलो हरित हाइड्रोजन केन्द बनाउने प्रयास भइरहेको पनि उनले बताएकी छिन्। कार्यक्रममा आफ्नो सम्बोधनमा राज्यमन्त्रीले भनिन्, "वैश्विक तापक्रमलाई २ डिग्री सेल्सियस ले घटाउन भारतले अथल प्रयास गरिरहेको छ। हामी ती ५ शीर्ष देशहरु मध्ये एक हौं जसले यो लक्ष का लागि आवश्यक पहल गरिरहेका छौं। हामी जलवायु परिवर्तन सम्बन्धी हाम्रा प्रतिबद्धताहरुमा कुरा गर्दैछौं।"

विविध विकास चुनौतिका बावजूद भारतले स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, वनीकरण र जैव विविधता का लागि धेरै साहसी कदम उठाएको उनले बताइन्।

उर्जा खपत कम गर्ने र उत्पादित उर्जाको कुशल व्यवस्थापनमा पनि भारत केन्द्रित रहेको छ।

उनले भनिन्, " हामीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन र विपद् प्रतिरोधक पूर्वाधार गठबन्धन जस्ता वैश्विक पहलहरुलाई पनि प्रोत्साहित गरेका छौं। अन्तर्राष्ट्रिय सौर्य गठबन्धन मा ८० राष्ट्र सामेल भएका छन्। आज यो गठबन्धन द्रतु गतिमा वृद्धि हुँदै गएको अन्तर्राष्ट्रिय संगठनहरु मध्ये एक बन्न सफल भएको छ।"

स्विट्जरल्याण्ड को भ्रमण को क्रममा विदेश राज्यमन्त्री ले महिला सांसदहरु र सचिवहरु लाई पनि भेट्ने अवसर पाइन्। सो क्रममा उनले महिला सशक्तिकरण बारे विचार आदान प्रदान गरिन् तथा महिलाहरु को सशक्तिकरण का लागी भारतले गरेको पहल बारे पनि जानकारी दिइन्।