चिकित्सा निकासी का लागि एक आधुनिक हल्का हेलिकप्टर को सञ्चालन

भारतीय नौसेना र तटरक्षक बलले फिलिपिनी व्यापारिक नौसेना पोतको एक पुरुष दल को उद्धार गरेको छ। उनी कोविड १९ सकरात्मक भएको आशंका गरिएको छ।

मंगलबार केरलाको कोचीबाट जहाज को माध्यमबाट बाहिर निकालिएका चालक दलका सदस्यको भारतीय नौसेना अस्पताल आईएनएचएस संजीविनीमा उपचार भइरहेको छ।

सो व्यापारिक पोत को नाम एमभी लिरिक कवि हो। सो‌ जहाज गिब्राल्टर बाट माचोंग गइरहेको थियो।

"एक छिटो समन्वित अभियान" को रूपमा वर्णन गर्दै रक्षा मन्त्रालयले बुधवार सो घट्नाको पूर्ण विवरण प्रदान गरेको छ। मन्त्रालयका अनुसार दक्षिणी नौसेना कमाण्ड मुख्यालय (एसएनसी) ले एक आधुनिक हल्का हेलिकप्टर को सञ्चालन गरी सो जहाज को चिकित्सा उद्धार गरिएको थियो।

मंगलबार अपरान्ह ४ बजे तटरक्षक बल मुख्यालयबाट फिलिपिनी पुरुष चालक दलका सदस्य कोविड १९ सकरात्मक भएको आशंका गरिएको जानकारी प्राप्त गरेपछि निकासी अभ्यास शुरू गरिएको थियो।

व्यापारिक जहाज एमभी का स्थानीय एजेन्टले जानकारी दिए अनुसार जहाज का मुख्य अधिकारी मिशेल जोन अबयागरको अक्सिजनको स्तर घट्दै जाँदा स्वास्थ्य अवस्था गम्भीर रुपमा बिग्रिरहेको र तिनलाई तत्काल चिकित्सा निकासीको आवश्यकता थियो।

जानकारी प्राप्त गर्नेबित्तिकै आईएनएस गरुडा ले चिकित्सा निकासी (मेडभेक) शुरु गरेको थियो।

रक्षा मन्त्रालयले भन्यो, "कुशल दक्षता र व्यावसायिकता देखाउँदै हेलिकप्टर चालक दलले प्रतिकूल मौसम मा पनि सफलतापूर्वक यस अभियानको संचालन गरे र बिरामीको सुरक्षित निकासी सुनिश्चित गरे।"

बिरामीलाई आईएनएस गरुडामा ल्याईएको थियो र सबै कोविड १९ मापदण्ड को पालना गरी थप चिकित्सा सहायता का लागी नौसेना अस्पताल आईएनएचएस संजीविनी मा पठाइएको थियो।