सन् २००५ मा भारत र अष्ट्रेलिया बीच पहिलो नौसेना वार्ता आयोजना भएको थियो

बुधबार भारत र अष्ट्रेलियाले "भारतीय नौसेना र अष्ट्रेलियाली शाही नौसेना वार्ता सन्दर्भ शर्त" मा हस्ताक्षर गरेका छन्।

यस वर्ष अगस्ट महिनाको १८ तारिख मा भारतीय नौसेना (आईएन) र अष्ट्रेलियाली शाही नौसेना (आरएएन) का प्रमुखहरुले 'भारत-अष्ट्रेलिया नौसेना सम्बन्ध का लागि मार्गदर्शन' दस्तावेज मा हस्ताक्षर गरेका थिए।

रक्षा मन्त्रालय का अनुसार सो हस्ताक्षर समारोह भर्चुअल ढाँचामा आयोजित गरिएको थियो जसमा भारतीय नौसेना, एसिएनएस(एफसीआई) का रियर एडमिरल जसविंदर सिंह र अष्ट्रेलियाली शाही नौसेना (आरएएन), डिसीएनएस का रियर एडमिरल क्रिस्टोफर स्मिथ उपस्थित थिए।

द्वीपक्षीय सम्बन्ध सुधार का निम्ति यस 'संयुक्त मार्गदर्शन' दस्तावेजले प्रमुख माध्यमको रूपमा कार्य गर्दछ।

हिन्द प्रशान्त क्षेत्रमा शान्ति, सुरक्षा, स्थिरता र समृद्धिको प्रबद्र्धन गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गर्न उक्त दस्तावेजले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।‌

यस दस्तावेज ले गहिरो पारस्परिक समझ, विश्वास र पारदर्शिता, सद्भावना र एक अर्काको चिन्ता र भविष्यका दिशाहरुलाई बुझ्ने बृहत उद्देश्य लाई समेटेको छ। साथै यस दस्तावेज ले भारतीय नौसेना र अष्ट्रेलियाली शाही नौसेना बीच वार्ता सञ्चालन गर्न विस्तृत मार्गदर्शन प्रदान गर्दछ।

रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार यस दस्तावेजले वार्ताको विशिष्ट परिणामको आधारमा छुट्टाछुट्टै सम्झौता कार्यान्वयनका निम्ति मार्गदर्शन प्रदान गर्दछ।

वर्तमान समयमा भारत र अष्ट्रेलिया बीचको द्विपक्षीय रक्षा सम्बन्ध सुदृढ हुँदै गएको छ।

विज्ञप्ति का अनुसार बृहत रणनीतिक साझेदारी, पारस्परिक रसद सहयोग सम्झौता, त्रिपक्षीय समुद्री सुरक्षा कार्यशाला संचालन र मालाबार अभ्यास मा अष्ट्रेलियाली नौसेना को सहभागिता ले यस महत्वपूर्ण उपलब्धिलाई रेखांकित गरेको छ। हाल का समयमा दुवै देश का नौसेना ले द्वीपक्षीय सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

सन् २००५ मा भारत र अष्ट्रेलिया बीच पहिलो नौसेना वार्ता आयोजना भएको थियो।

तब देखि दुई राष्ट्र र नौसेना बीच नजिक को सम्बन्ध स्थापित भएको छ। दशकौंदेखि जारी द्विपक्षीय वार्ता ले दुवै देशका नौसेना बीच स्थापित सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।