अफगानिस्तान मा पाकिस्तान समर्थित हक्कानी नेटवर्क केन्द्र स्थान मा आएको छ, उता इस्लामाबाद ले भारत मा सीमा पार आतंकवाद फैलाइरहेको छ, यस्तो समय मा यस प्रकार को‌ प्रतिवेदन प्रकाशित भएको छ

अमेरिकी कंग्रेसको अनुसन्धानात्मक प्रतिवेदन अनुसार पाकिस्तान " विविध क्षेत्रीय आतंकवाद समूह का निम्ति एक सुरक्षित स्थल" बनेको‌ छ। यस प्रतिवेदन अनुसार पाकिस्तान १२ 'विदेशी आतंकवादी संगठन' को एक परिचालन आधार शिविर बनेको छ जसमा पाँच भारत केन्द्रित संगठन पनि समावेश छन्।

पाकिस्तान को वास्तविक अनुहार को पर्दाफास गर्दै प्रतिवेदन ले पाकिस्तान " विविध क्षेत्रीय आतंकवाद समूह का निम्ति एक सुरक्षित स्थल" बनेको‌ र 'अफगानिस्तान तथा भारतलाई लक्षित गर्ने समूहहरुलाई' आफ्नो भूमिको प्रयोग गर्न दिएको बताएको छ।

सेप्टेम्बर महिनाको २३ तारिख मा क्वाड सम्मेलन भएको साँझ "पाकिस्तानमा आतंकवादी र अन्य उग्रवादी समूह" नामक प्रतिवेदन सार्वजनिक भएको थियो। यस प्रतिवेदन अनुसार "पाकिस्तानमा असंख्य सशस्त्र, गैर -राज्य लडाकु समूहहरु आफ्ना आतंकवादी अभियान" चलाउँदै आएको जनाइएको छ। त्यहाँ सन् १९८० देखि अस्तित्वमा आएका केही समूह पनि आ-आफ्ना अभियान चलाइरहेको र अमेरिकी सेनालाई यसबारे जानकारी रहेको प्रतिवेदन मा भनिएको छ।

पाकिस्तानमा पाँच प्रकारका आतंकवादी समूहहरु सक्रिय छन्: विश्वव्यापी उन्मुख; अफगानिस्तान उन्मुख; भारत र कश्मीर उन्मुख; घरेलु उन्मुख; र सांप्रदायिक (शिया विरोधी उन्मुख।

अमेरिकी कांग्रेस रिपोर्ट को द्विदलीय अनुसन्धान शाखाले जनाए अनुसार पाँचवटा श्रेणीमा वर्गीकृत पन्ध्र समूहहरु मध्ये १२ वटा समूहलाई अमेरिकी कानुन बमोजिम विदेशी आतंकवादी संगठन (एफटीओ) को रूप मा नामाकरण गरिएको छ। धेरै जसो सबै समूह इस्लामवादी उग्रवादी विचारधारा द्वारा प्रोत्साहित छन्।

प्रमुख हमलाहरु का लागी जिम्मेवार समूहहरु:

भारत र काश्मिर उन्मुख आतंकवादी वर्ग अन्तर्गतका समूहहरु मध्ये पहिलो लस्कर-ए-तैयबा (एलईटी) हो जुन १९८० दशक को अन्त्य तिर पाकिस्तान मा गठन गरिएको थियो। सन् २००१ मा यस समूहलाई एफटीओ अन्तर्रगत नामाङ्कन गरिएको थियो।

हाफिज सईदको नेतृत्वमा रहेको र पाकिस्तानको पञ्जाब प्रान्त र पाकिस्तान प्रशासित (आजाद) काश्मिरमा रहेको यो समूह हाल जामत-उद-दावाको सहयोगी संगठनको नेतृत्वमा रहेको छ।

सन् २००८ मा भारतको मुम्बई मा भएका प्रमुख हमलाहरुका साथै अन्य धेरै ठूला हमलाहरु का लागी यो समूह जिम्मेवार छ।

प्रतिवेदन अनुसार यस वर्ग मा पर्ने दोस्रो आतंकवादी समूह जैश-ए-मोहम्मद (जेईएम) हो जुन सन् २००० मा कश्मीरी आतंकवादी नेता मसूद अजहर द्वारा स्थापित भएको थियो। यो समूहलाई पनि सन् २००१ मा एफटीओ अन्तर्रगत नामाङ्कन गरिएको थियो।

सन् २००१ मा भारतीय संसद मा भएको आक्रमणको लागि यो समूह जिम्मेवार छ।

भारत र कश्मीर उन्मुख उग्रवादी वर्ग अन्तर्गत पर्ने तेस्रो समूह हो हरकत-उल जिहाद इस्लामी(हुजी)। सन् १९८० मा अफगानिस्तान मा सोभियत सेना संग लड्न को लागी बनेको यो समूह ले सन् १९८९ पछि भारत तिर आफ्नो नजर जमाएको थियो। यद्यपि यो समूह ले अफगानिस्तान मा तालिबानलाई आफ्ना लडाकुहरु आपूर्ति गर्ने गर्दछ।

त्यस्तै यस श्रेणी अन्तर्गत पर्ने चौथो संगठन हराकत उल मुजाहादीन(हम) हो। सन् १९९७ मा नै यस समूहलाई एफटीओ अन्तर्रगत नामाङ्कन गरिएको थियो। यो समूह मुख्यतया आजाद कश्मीर र केहि पाकिस्तानी शहरहरु बाट संचालित छन्।

सन् १९९९ मा भएको भारतीय विमान अपहरण का लागि जिम्मेवार यस समूहले जेईएम का भावी संस्थापक को भारतीय जेल बाट रिहाइ गराएको थियो। हाल थुप्रै हम का कार्यकर्ताहरु यस समूहमा पलायन भएका छन्।

भारत र कश्मीर उन्मुख उग्रवादीहरुको श्रेणी अन्तर्गत पर्ने पाँचौ र अन्तिम संगठन हो हिज्ब-उल मुजाहिदीन (एचएम)। यस संगठनको स्थापना सन् १९८९ मा पाकिस्तानको सबैभन्दा ठूलो इस्लामवादी राजनीतिक पार्टीको उग्रवादी शाखाको रूपमा भएको थियो। यद्यपि कश्मीरमा आधारित भएपनि यस संगठनले मुख्य रुपमा पाकोस्तान‌बाट सहयोग प्राप्त गर्दछ।

प्रतिवेदन अनुसार पाकिस्तान भित्र सञ्चालित अन्य आतंकवादी संगठन मा भारतीय उपमहाद्वीप मा अल कायदा (एकिस), इस्लामिक स्टेट-खोरासान प्रान्त(आईएसकेपि वा आईएसके), अफगानिस्तान तालिबान, हक्कानी नेटवर्क, तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी), बलुचिस्तान लिबरेशन आर्मी (बीएलए), जुन्दल्लाह (उर्फ जयश अल-अदल), सिपाह-ए-साहाबा पाकिस्तान (एसएसपी), र लश्कर-ए-झांगवी। यी सम्पूर्ण संगठन का लागि पाकिस्तान एक सुरक्षित आश्रयस्थल बनेको छ।

अमेरिकी विदेश विभागको आतंकवाद २०१९ (जुन २०२० मा जारी) रिपोर्ट को हवाला दिँदै, सीआरएस प्रतिवेदन ले पाकिस्तान " विविध क्षेत्रीय आतंकवाद समूह का निम्ति एक सुरक्षित स्थल" बनेको‌ र 'अफगानिस्तान तथा भारतलाई लक्षित गर्ने समूहहरुलाई' आफ्नो भूमिको प्रयोग गर्न दिएको बताएको छ।

सीआरएस रिपोर्ट अनुसार सन् २०१९ मा भारत शासित काश्मिरमा आतंकवादी हमला भएपछि पाकिस्तान सरकारले आतंकवादको वित्तपोषण रोक्न र भारत केन्द्रित केही उग्रवादी समूहहरुलाई 'रोकथाम' गर्न केही 'मामूली कदम' उठाएको थियो।

तर पनि पाकिस्तान ले भारत र अफगानिस्तान केन्द्रित संगठन बिरुद्ध निर्णायक कारबाही गर्न बाँकी छ। सन् २०१५ मा आतंकवाद को सामना गर्न बनाइएको राष्ट्रिय कार्ययोजना अनुसार कुनै पनि ढिलाइ र भेदभाव बिना सबै आतंकवादी संगठनहरुको विघटन गर्ने पाकिस्तान ले प्रतिबद्धता व्यक्त गरेको थियो जसको पूर्ण कार्यान्वयन हुन बाँकी नै छ।

'आतंकवादका लागि सुरक्षित आश्रय' को विषय मा, विभागले पाकिस्तान सरकार र सेनाले 'देश भर आतंकवादी सुरक्षित आश्रयहरु' को सम्बन्ध मा असंगत व्यवहार गरेको निष्कर्ष निकालेको छ।