भारतीय विदेशमन्त्री एस जयशंकर तीन दिने मेक्सिको भ्रमणमा हुनुहुन्छ

विदेशमन्त्री एस जयशंकरले मंगलबार उत्तर अमेरिकी देशका राष्ट्रपति म्यानुएल लोपेज ओब्राडोर सँग भेट गर्नुभएको छ। दुबै पक्षले उनीहरुको प्राथमिकता र अभ्यासहरुमा खुला कुराकानी गरेका थिए।

यस बैठक का बारे ट्वीट गर्दै‌ विदेश मन्त्री ले लेख्नुभयो, " मलाई खुला हृदयले स्वागत गर्नुभएको मा मेक्सिको का राष्ट्रपति लोपेज ओब्राडोर लाई धन्यवाद। प्रधानमन्त्री नरेन्द्र मोदी को बधाई सन्देश हस्तान्तरण। हाम्रो शासन प्राथमिकताहरु र अभ्यासहरु मा एक खुला कुराकानी। अनुभव र उत्तम अभ्यासहरु को आदान प्रदान को राम्रो सम्भावना।"

विदेश मन्त्री का रुपमा जयशंकर को यो पहिलो मेक्सिको भ्रमण हो। उनको यस भ्रमण को क्रम मा उनले मेक्सिको स्वतन्त्रता तथा एकीकरण को २०० औं वार्षिकोत्सव को स्मारक कार्यक्रम मा भाग लिएका छन्। यस समारोहमा अन्य विश्व नेता पनि सहभागी भएका थिए।

विदेश मन्त्री सेप्टेम्बर महिनाको २६ तारिख मा मेक्सिको पुग्नुभएको थियो। त्यसदिन उनले आफ्ना मेक्सिकन समकक्षी इब्राड कसौबोन संग एक व्यापक छलफल गर्नुभएको थियो।

दुबै मन्त्रीहरुले आफ्ना राजनीतिक सहयोग, व्यापार र लगानी, अन्तरिक्ष र वैज्ञानिक सम्भावना, सांस्कृतिक आदानप्रदान र वाणिज्यिक मुद्दाहरुको समीक्षा गरेका थिए।

उनीहरुले सुशासन चुनौतिहरु र विश्वव्यापी घट्ना मा आ-आफ्ना दृष्टिकोण साझा गरेका थिए।

एस जयशंकरले आफ्नो तीन दिवसीय भ्रमणको क्रममा मेक्सिको को‌ स्वतन्त्रता समारोहमा भाग लिनु का साथै बंगलादेशका विदेशमन्त्री शहरयार आलम, नेपालका विदेशमन्त्री नारायण खड्का र सिंगापुरका विदेशमन्त्री विभियन बालासँग पनि भेट गर्नुभएको थियो।

सिंगापुरका विदेशमन्त्रीसँग भेटको बारेमा जानकारी दिदैं जयशंकरले ट्वीटमा भन्नुभयो, "एक पुरानो साथी संग एक सहज कुराकानी। सिंगापुर का विदेश मन्त्री @विभियनबाला सँग हिन्द प्रशान्त क्षेत्र बारे छलफल। कोविड चुनौती पार गर्ने बारे विचार आदानप्रदान।"

विदेश मन्त्रीले सर्बियाकी प्रथम महिला तमारा भुचिक सँग पनि भेट गर्नुभएको थियो। यसका साथै उनले सर्बिया का विदेश मन्त्री निकोला सेलाकोभिक सँग पनि भेट गर्नुभयो। सर्बिया की प्रथम महिला योग प्रति उत्साहित हुनुहुन्छ भन्ने थाहा पाएर जयशंकर ले निकै खुशी व्यक्त गर्नुभएको थियो।