भारत र अमेरिकाद्वारा स्वास्थ्य विज्ञान र अनुसन्धान क्षेत्र सम्बन्धि दुई समझौता पत्रमा हस्ताक्षर

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मनसुख माण्डवियाले मंगलबार विश्वव्यापी साझेदारको रूपमा भारत र अमेरिका मिलेर वैश्विक स्वास्थ्य सुधारका लागि काम गर्नु आवश्यक रहेको बताएका छन्।

भारतले आयोजना गरेको चौथो भारत अमेरिका स्वास्थ्य संवादको समापन सत्रलाई सम्बोधन गर्दै उनले भन्नुभयो, "भारत र अमेरिका दुबै विश्वव्यापी साझेदार हुन्, र हामीले विश्वव्यापी स्वास्थ्य क्षेत्र सुधार गर्न मिलेर काम गर्नु आवश्यक छ। महामारी को समयमा यस क्षेत्रमा रहेको कमी कमजोरी प्रष्ट रुपमा देखिएको थियो।"

मंगलबार वार्ताको समापन सत्रमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

स्वास्थ्य र बायोमेडिकल विज्ञान क्षेत्र मा सहयोगका लागि भारतीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालय र अमेरिकी स्वास्थ्य र मानव सेवा विभाग बीच एक समझौता ज्ञापन (एमओयू) मा हस्ताक्षर भएको थियो।

त्यस्तै भारतीय चिकित्सा अनुसंधान परिषद(आईसीएमआर) र राष्ट्रिय एलर्जी र सरुवा रोग अनुसन्धान संस्थान (एनआईएआईडी) बीच अन्तराष्ट्रिय अनुसन्धान केन्द्र (आईसीईआर) का लागि हस्ताक्षर भएको थियो।

माण्डभियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भर्खरको अमेरिका भ्रमण मा क्षेत्रीय र वैश्विक मामिला, बिशेष गरी विज्ञान र प्रविधिको क्षेत्रमा विचार विमर्श आदानप्रदान भएको थियो जसका कारण दुई देशबीच को द्विपक्षीय सम्बन्ध झन् सुदृढ भएको छ।

प्रधानमन्त्री को यस भ्रमण ले स्वास्थ्य क्षेत्रको पनि भलो हुने माण्डभियाले बताउनुभयो।

कोभिड प्रतिक्रिया, खोप विकास, सर्वोत्तम अभ्यास साझेदारी, आपूर्ति श्रृंखला व्यवस्थापन र, अर्थव्यवस्था पुनरुत्थान जस्ता क्षेत्रमा भारत र अमेरिका अन्य हिन्द प्रशान्त मुलुक सँग मिलेर सक्रिय रुपमा कार्य गरिरहेका छन्।

सहयोगका नयाँ क्षेत्रहरु को पहिचान का लागी गत साता प्रधानमन्त्री मोदी पहिलो व्यक्तिगत क्वाड सम्मेलन मा सहभागी हुनुभएको थियो। यस सहभागिता ले साझेदारीलाई सुदृढ पार्ने र सहयोग को सकारात्मक, र रचनात्मक क्षेत्रहरु लाई सुदृढ पार्ने तथा समग्र हिन्द प्रशान्त क्षेत्र लाई लाभान्वित गर्ने मन्त्रीले बताउनुभयो।

यस का साथै दुई देश बीच वातावरण र व्यवसायिक स्वास्थ्य, चोट रोकथाम र नियन्त्रण, जलवायु परिवर्तन र मानव स्वास्थ्य, रोगाणुरोधी प्रतिरोध, र एचआईभी/एड्स जस्ता बिभिन्न क्षेत्रहरुमा चलिरहेको सहयोगका बारे पनि उहाँले उल्लेख गर्नुभयो।

त्यस्तै प्रारम्भिक र मध्य स्तर का वैज्ञानिकहरु का अनुसन्धान का लागि भारत र अमेरिकाले आर्थिक सहयोग गर्दै आएका छन्। यसबाट कुशल स्वास्थ्य कर्मी उत्पादन हुने र एक मजबूत दिगो स्वास्थ्य सेवा प्रणाली को निर्माण हुने केन्द्रीय स्वास्थ्य मन्त्रीले उल्लेख गर्नुभयो।

यस्तै प्रकारले स्वास्थ्य आपतकालिन प्रबन्धन, डिजिटल स्वास्थ्य र नवाचार समर्थन, मानसिक स्वास्थ्य हस्तक्षेप, निदान, उपचार र खोप संग सम्बन्धित उत्पादन अनुसन्धान जस्ता क्षेत्रमा भारत र अमेरिका साझेदार बन्न सक्ने उनले उल्लेख गर्नुभयो।

यसबाट अमेरिका र भारतमा मात्र नभई सारा विश्वमा औषधिको पहुँच किफायती रुपमा व्यापक बनाउन सकिने मन्त्री ले बताउनुभयो।

भारतको जेनेरिक औषधिले विश्वव्यापी रुपमा विभिन्न रोगहरु को उपचार को लागत कम गरेको उनले बताउनुभयो।

भारतले लगभग सबै विकासशील मुलुकलाई उच्च गुणस्तरीय जेनेरिक औषधि आपूर्ति गर्दै आएको माण्डभियाले जानकारी दिनुभयो।

भारत क्षयरोग विरोधी औषधि को सबैभन्दा ठूलो उत्पादक पनि हो र यो क्षमताको उपयोग गरेर हामी विश्वभरका बिरामीहरुलाई सस्तो उच्च गुणस्तरीय औषधि आपूर्ति गर्न सक्छौं। उनले भन्नुभयो।

दुबै देशका नियामकहरु बिच बढ्दो अभिसरण देखेर उनले सन्तुष्टि व्यक्त गर्नुभयो। साथै उनी अझै ठोस परिणाम को आशा राखेको र विश्वव्यापी मंच मा यस मुद्दा मा संयुक्त काम गर्न तत्पर रहेको उनले बताउनुभयो।

दुबै देश बीच स्वास्थ्य क्षेत्र मा कार्यान्वित सहयोग का बारे चर्चा गर्न यस दुई दिने भारत अमेरिका स्वास्थ्य संवादले मञ्च प्रदान गरेको छ।

दुई दिने संवादमा महामारी विज्ञान अनुसन्धान र निगरानी, खोप विकास, एक स्वास्थ्य, किटजन्य र पशुजन्य रोग, स्वास्थ्य प्रणाली र स्वास्थ्य नीति को सुदृढीकरण जस्ता विषयमा छलफल गरिएको थियो।