अफगानिस्तान को स्थितिका‌ लागि गहन परामर्श को आवश्यकता रहेको राज्यमन्त्री लेखी र उज्बेकिस्तान का विदेश मन्त्री को ठहर

भारत र उज्बेकिस्तानले अफगानिस्तानको बर्तमान परिस्थितिमा गहन र नियमित परामर्शको आवश्यकता रहेको ठहर गरेका छन्। यसका साथै अफगानिस्तानको भूमि कुनै पनि आतंकवादी गतिविधिको लागी प्रयोग गर्न दिन नहुने निष्कर्ष निकालेका छन्।

उज्बेकिस्तान का विदेशमन्त्री अब्दुलाजीज कामिलोभसँगको भेटमा विदेश राज्य र संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले यस मुद्दाको बारेमा छलफल गर्नुभएको थियो।

विदेश मन्त्रालय ले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनीहरु बीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग जस्ता महत्वपूर्ण क्षेत्रहरुमा छलफल भएको छ।

जिम्मेवारी सम्हालेपछि लेखी को यो पहिलो मध्य एसियाली देशको आधिकारिक भ्रमण हो। उनी सेप्टेम्बर महिनाको २२ देखि २६ तारिख सम्म उज्बेकिस्तान को भ्रमण मा थिइन्।

विदेश मन्त्रालयका अनुसार राज्यमन्त्री लेखीले भारत ले प्रदान गरेको १ अर्ब अमेरिकी डलरको ऋण सहायता अन्तर्गत उज्बेकिस्तानमा शीघ्र विकास परियोजनाहरुको कार्यान्वयन गर्न जोड दिएकी छिन्।

दुवै पक्ष प्रस्तावित द्विपक्षीय लगानी सम्झौताका विषयमा चलिरहेको वार्तालाई छिटो भन्दा छिटो सम्पन्न गर्न सहमत भएका छन्।

राज्यमन्त्री लेखी ले उज्बेकिस्तानका वर्तमान एससीओ अध्यक्षता का लागि भारतको पूर्ण समर्थन रहेको जानकारी दिएकी थिइन्।

भ्रमणको क्रममा उनले उज्बेकिस्तानका संस्कृति मन्त्री ओजोडबेक नजरबेकोभ सँग पनि भेट गरेकी थिइन्।

विदेश मन्त्रालयका अनुसार भारत र उज्बेकिस्तान बीच स्थापित गहिरो सांस्कृतिक र सभ्यता सम्बन्धलाई ध्यानमा राखी उनीहरुले संस्कृति को बिभिन्न क्षेत्रहरुमा सहयोगलाई अझ गहन बनाउन एक उत्पादक छलफल गरेका थिए।

यस अन्तर्गत अभिलेखा, फिल्म, बौद्ध स्थलहरुको संरक्षण, उज्बेकिस्तानका बिभिन्न विश्वविद्यालयहरुमा 'भारत अध्ययन कोठा' को निर्माण, र साहित्यिक कृतिहरुको अनुवाद को क्षेत्र मा सहयोग समावेश गरिएका छन्।

विदेश मन्त्रालयको विज्ञप्ति अनुसार, यस भ्रमण को क्रममा राज्यमन्त्री ले २०२१-२५ अवधि का लागी सांस्कृतिक आदान प्रदान कार्यक्रम मा हस्ताक्षर गरेकी थिइन्।

अर्को साता हुने ताशकन्द फिल्म महोत्सव मा भारतीय सिनेमा जगतका व्यक्तित्वहरु सहित एक ५० सदस्यीय भारतीय प्रतिनिधिमण्डल यस कार्यक्रम मा सहभागी हुनेछन्।

राज्यमन्त्री लेखीले आफ्नो भ्रमणको क्रममा थुप्रै कार्यक्रम मा सम्बोधन गरेकी थिइन्।

उनले ताशकन्द राज्य कानुनी विश्वविद्यालय मा 'भारतको लोकतान्त्रिक परम्पराहरु' मा एक व्याख्यान प्रस्तुत गरेकी थिइन्। र बुखारा राज्य विश्वविद्यालय मा "आजादी का अमृत महोत्सव" को भागको रुपमा "भारत उज्बेकिस्तान सम्बन्ध- रणनीतिक साझेदारी सुदृढीकरण" विषयमा सम्बोधन गरेकी थिइन्।

उनले ताशकन्द राज्य इन्स्टिच्युट अफ ओरिएन्टल स्टडीज र अन्य संस्थाहरु बाट आएका प्रतिष्ठित बुद्धिजीवी सँग भेट गरेकी थिइन्। र उज्बेकिस्तान मा भारत को अध्ययन र दर्शन लाई बढावा दिन छलफल गरेकी थिइन्।

राज्यमन्त्रीले ताशकन्दमा बसोबास गर्ने भारतीय समुदायका सदस्यहरु र समरकन्द राज्य चिकित्सा विश्वविद्यालय का भारतीय विद्यार्थीहरु संग कुराकानी गरेकी थिइन्।

उनले उज्बेकिस्तान लगायत अन्य देशहरु संग भारत को सम्बन्ध सुदृढ बनाउन विदेश मा रहेका भारतीय आप्रबासी ले सकारात्मक योगदान दिएको उल्लेख गरिन्।

विदेश मन्त्रालयका विज्ञप्ति अनुसार आजादी का अमृत महोत्सव समारोहमा सक्रिय रुपमा भाग लिन भारतीय समुदायलाई प्रोत्साहित गरिएको थियो।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार यस भ्रमणले उज्बेकिस्तानसँगको रणनीतिक साझेदारी अझ मजबुत बनेको छ। यस भ्रमण ले नियमित राजनीतिक आदानप्रदान र सांस्कृतिक सम्बन्धलाई थप गति प्रदान गरेको छ।