कोविड १९ संकट पछि दिगो सुधारका लागि दुवै देश एकजुट छन्: पियुष गोयल

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र अष्ट्रेलियाले आपूर्ति श्रृंखला वृद्धि का साथ हिन्द प्रशान्त क्षेत्र मा अधिक संलग्नता बढाउन का लागी मिलेर कार्य गर्नु पर्ने बताएका छन्।

सोमबार अष्ट्रेलिया भारत व्यापार च्याम्पियन्स को उद्घाटन बैठक लाई सम्बोधन गर्दै गोयलले भारत आपूर्ति श्रृंखला को एक वैश्विक केन्द्र मा रूपान्तरित हुन प्रयास गरिरहेको बताउनुभयो। त्यसकारण भारत वैश्विक मूल्य श्रृंखलामा (जीभीसी) निर्बाध एकीकरण का लागी अष्ट्रेलिया संग साझेदारी गर्न चाहेको उनले बताउनुभयो।

भारत ले‌ मुख्य रुपमा विशाल उद्यमी प्रतिभा को प्रभावकारी उपयोग गर्न चाहेको तथा समृद्ध व्यापार वृद्धि का लागि निजी क्षेत्र का साथ साथै कुशल श्रम समन्वय गरी घरेलु बजार को विकास गर्न चाहेको उनले बताउनुभयो।‌

गोयलले भन्नुभयो, "मुख्य लक्ष्य अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलालाई सुदृढ पार्नु र वर्तमान समयमा अनुकूल भूराजनीतिक परिवर्तनलाई पूर्णरुपमा पूँजीकरण गर्नु हो।"

कोविड १९ संकट पछि दिगो सुधारका लागि दुवै देश एकजुट भएको बताउँदै उनले निर्यात सम्भावना बढाउनमा ध्यान केन्द्रित गरी अर्थव्यवस्थाको पुनर्निर्माण र पुनःस्थापना को गतिलाई कायम राख्नु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।

कोविड १९ संकट पछि दुवै देश बीच द्विपक्षीय सम्बन्ध अझ मजबुत भएको उनले बताउनुभयो। दुवै देशका सरकार आपूर्ति श्रृंखलालाई कार्यात्मक बनाउन र कार्य शैलीलाई पुनः सुचारु गर्न मिलेर काम गरिरहेको उनले जानकारी दिनुभयो।

आफ्नो सम्बोधनको क्रममा उनले उद्योग विकास का निम्ति एक अनुकूल वातावरण को निर्माण गर्न राष्ट्रीय एकल विन्डो प्रणाली को संचालन गरिएको बताउनुभयो।

अष्ट्रेलिया का व्यापार, पर्यटन तथा लगानी मन्त्री दान तेहानले भारत अष्ट्रेलियाको आर्थिक रणनीति, विशेष गरी व्यापार र लगानी को क्षेत्र मा एक महत्वपूर्ण र सान्दर्भिक साझेदार बनेको उल्लेख गर्नुभयो।

दुवै देशका नागरिक बीच सुदृढ व्यक्तिगत सम्बन्ध का कारण भारत अष्ट्रेलिया सम्बन्ध मजबुत बन्दै गएको वहाँ ले बताउनुभयो। दुवै देश बीच साझा अतीत र सांस्कृतिक र सामाजिक कारक सहित अन्य बहुआयामी समानता रहेको हुनाले साझेदारी सम्भावना थप प्रस्तुत भएको वहाँ को भनाइ थियो।

तेहानका अनुसार, "अष्ट्रेलिया-भारत व्यापार च्याम्पियन्स समूहको मुख्य उद्देश्य दुबै देशहरु बीच उदार र द्विपक्षीय व्यापारलाई गहिरो बनाउनु र सहयोगी आर्थिक बृद्धि को बाटो प्रशस्त गर्नु हो।"

अष्ट्रेलिया भारत व्यापार च्याम्पियन्स को उद्घाटन समारोहमा उद्योग, बहुपक्षीय संगठनहरु, शिक्षाविद्, र मिडिया को उपस्थिति थियो।