प्रधानमन्त्री ले भन्नुभयो, मानवजातिको एकता नै सर्वोपरि हो, यसलाई पीढीले याद राख्नेछ

कोविड १९ महामारीको कसरी सामना गर्न सकिन्छ भन्ने बारे बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भन्नुभयो, "विश्वका सम्पूर्ण मानिस एकबद्ध भए मा‌ मात्र हामी राम्रो र बलियो हुनसक्छौं।"

'ग्लोबल सिटिजन लाइभ' मा भिडियो मार्फत सम्बोधन दिदैं उनले भन्नुभयो, "कोविड संक्रमण विरुद्ध लड्न कोरोना योद्धा, डाक्टरहरु, नर्सहरु, स्वास्थ्य कर्मी एकजुट भएका थिए। त्यसबेला हामी ले मानव एकता को शक्ति देख्यौं।"

वैज्ञानिकहरु र आविष्कारकहरु ले समय अगावै कोविड १९ खोप निर्माण गरे र तिनले पनि यस भावनाको प्रदर्शन गरे।

शनिबार र आइतबार आयोजित २४ घण्टे कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, "मानवजातिको एकता नै सर्वोपरि हो, यसलाई पीढीले याद राख्नेछ।"

मुम्बई, न्यूयोर्क, पेरिस, रियो डी जनेरियो, सिडनी, लस एन्जलस, लागोस र सियोल सहित प्रमुख शहरहरुमा यस कार्यक्रम को प्रत्यक्ष प्रसारण गरिएको थियो।

जलवायु परिवर्तनको खतरा बारे बोल्दै प्रधानमन्त्री मोदीले पेरिस सम्झौता पालना गर्ने भारत एक मात्र जी २० राष्ट्र भएको बताउनुभयो।

भारतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन र विपद् प्रतिरोधक पूर्वाधारका लागि गठबन्धन निर्माण गर्न विश्वलाई एकसाथ ल्याएकोमा गर्व लागेको पनि प्रधानमन्त्री मोदीले बताउनुभयो।

उनले भन्नुभयो, "जलवायु परिवर्तनलाई कम गर्न सबैभन्दा सरल र सबैभन्दा सफल तरीका भनेको प्रकृति संग मेल खाने जीवनशैली बाँच्नु हो।"

महात्मा गान्धीलाई "विश्वका महानतम पर्यावरणवादी" भन्दै प्रधानमन्त्री मोदीले आफूले शून्य कार्बन उत्सर्जन जीवनशैली अपनाएको बताउनुभयो।

आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले न्युन आय भएका नागरिकलाई सरकारमा अधिक आश्रित बनाएर गरिबी संग लड्न नसकिने बताउनुभयो।

जब गरीबले सरकारलाई विश्वसनीय साझेदारको रूपमा देख्न थाल्छन्, तब मात्र गरीबी बिरुद्ध लड्न सकिन्छ भन्ने औंल्याउँदै उनले भन्नुभयो, "जब गरीबहरुलाई सशक्त बनाउन शक्ति को उपयोग गरिन्छ, तब मात्र उनीहरुले गरिबी संग लड्न बल पाउँछन्"।

उनले गरिबलाई सशक्त बनाउन खाता नभएका को बैंक मा खाता खुलाउनु, लाखौंलाई सामाजिक सुरक्षा प्रदान गर्नु, ५० करोड भारतीयहरुलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु जस्ता उपाय अपनाउनु पर्ने बताउनुभयो।

शहर र गाउँहरुमा घरबारविहीनहरुको लागि बनाइएको ३ करोड घरहरुको बारेमा कुरा गर्दै मोदीले घर केवल आश्रयको लागि मात्र नभएको बताउनुभयो। "आफ्नै छत ले मानिसहरुलाई सम्मान दिन्छ।" उनले भन्नुभयो।

यसका साथसाथै, प्रत्येक घर मा पिउने पानी प्रदान गर्न एक जन आन्दोलन थालिएको, भावी पुस्ता का लागि पूर्वाधार निर्माण गर्न १ खर्ब अमेरिकी डलर भन्दा बढी खर्च गरिएको, ८० करोड नागरिकहरु लाई निःशुल्क खाद्यान्न प्रदान गरीएको र गरिबी निर्मूल गर्न यस्ता अनेकन प्रयास गरिएको प्रधानमन्त्रीले बताउनुभयो।