हाल ल्याटिन अमेरिका मा मेक्सिको भारत को दोस्रो ठूलो व्यापार साझेदार

मेक्सिको को २०० औं स्वतन्त्रता वार्षिकोत्सव कार्यक्रम मा सहभागी हुन विदेश मंत्री जयशंकर मेक्सिको भ्रमण मा‌ जानुहुनेछ। यस कार्यक्रम मा अन्य मुलुक का नेता पनि सहभागी हुँदैछन्।

सेप्टेम्बर महिनाको २६ देखि २८ तारिख सम्म हुने यो भ्रमण का लागि भारतीय विदेश मन्त्री का मेक्सिकन समकक्षी मार्सेलो एब्रार्ड कासाउबनले उनलाई निमन्त्रणा दिएका थिए। विदेश मन्त्री को रूप मा जयशंकर को यो पहिलो मेक्सिको भ्रमण हो।

आइतबार विदेश मन्त्रालय (एमईए) ले जानकारी दिए अनुसार विदेशमन्त्री मार्सेलो एब्रार्डसँग त भेट गर्ने नै छन्। त्यसबाहेक उनी मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरलाई पनि भेट्नेछन्।

उनी मेक्सिको का अग्रणी प्रमुख अधिकारी तथा व्यापार समुदाय संग पनि कुराकानी गर्नुहुनेछ। मेक्सिको हाल ल्याटिन अमेरिका मा भारत को दोस्रो ठूलो व्यापार साझेदार हो।

२०२१-२२ अवधि का लागी भारत सहित मेक्सिको संयुक्त राष्ट्र सुरक्षा परिषद को एक सदस्य पनि हो।