राष्ट्रपति बिडेनको नेतृत्वमा भारत अमेरिका सम्बन्ध विस्तार गर्न बीउ रोपिएको छ: प्रधानमन्त्री मोदी

शुक्रवार ह्वाइट हाउसमा भारत अमेरिका द्विपक्षीय बैठकको उद्घाटन भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अमेरिका सम्बन्ध रुपान्तरण हुँदै गएको भन्नुभएको छ।

उनले आफ्नो भाषणमा अगाडि भन्नुभयो कि राष्ट्रपति बिडेनको नेतृत्वमा भारत अमेरिका सम्बन्ध विस्तारका लागि बीउ रोपिएको छ र विश्वका सबै लोकतान्त्रिक देशहरुका लागि यो एक परिवर्तनकारी अवधि हुने छ।

हाल को समय २१ औं शताब्दीको तेस्रो दशक भएको र तेस्रो दशकको पहिलो वर्ष भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, "पूरै दशकलाई समष्टिगत रूपमा हेर्दा मलाई लाग्छ तपाईंको नेतृत्वमा भारत अमेरिका सम्बन्ध विस्तार गर्न बीउ रोपिएको छ। र संसारका सबै लोकतान्त्रिक देशहरुका लागी यो एक रूपान्तरणात्मक अवधि हुने छ।"

उनले थप भन्नुभयो, " यस परिवर्तनशील अवधि मा भारत-अमेरिका सम्बन्ध विस्तार हुने म देख्न सक्छु, र जब म परम्परा बारे कुरा गर्छु, म लोकतान्त्रिक परम्पराहरु, लोकतान्त्रिक मूल्यहरु, परम्परा का लागि दुबै देशको प्रतिबद्धता देख्दछु र आउने समय मा यी परम्परा बढ्दै जानेछन्।"

अमेरिका को प्रगति का लागि ४० लाख भारतीय-अमेरिकीहरुले योगदान दिएको अमेरिकी राष्ट्रपति जो बिडेन ले उल्लेख गर्नुभएको थियो। त्यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले भन्नुभयो, " यस दशकलाई अवलोकन गर्दा र भारतीय अमेरिकी को प्रतिभा देख्दा मलाई लाग्छ आउने समय मा नागरिक को नागरिक सँग को घनिष्ठ सम्बन्ध स्थापना ले दुई देशबीच झन् बलियो र सुमधुर सम्बन्ध स्थापित हुने छ‌।यसमा तपाइँको योगदान धेरै महत्वपूर्ण हुने छ।"

हाल को विश्व मा प्रविधि महत्वपूर्ण साधन भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदी ले यी प्रविधि सेवा र मानवता का लागि उपयोग हुनुपर्ने मा जोड दिनुभयो। र यसका लागि स्वर्णिम अवसर सिर्जना हुने उनको भनाइ थियो।

भारत र संयुक्त राज्य अमेरिका बीच व्यापार महत्वपूर्ण हुने र "हाम्रा दुई देश बीच व्यापार वास्तव मा पूरक हुने" प्रधानमन्त्री मोदीले आशा व्यक्त गर्नुभयो।

उनले भन्नुभयो, " तँपाई सँग केही चीज छन् र हामी सँग केही चीज छन्। जसबाट हामी एक अर्काको पुरक बन्न सक्छौं। यस दशक मा व्यापारिक क्षेत्र निकै महत्त्वपूर्ण हुनेछ।"

महात्मा गान्धीको सम्पूर्ण ग्रह को अभिभावकता गरिनु पर्ने सिद्धान्त को उल्लेख गर्दै यो दशक गान्धी जी को सम्पूर्ण सिद्धान्तको पृष्ठभूमिमा पनि महत्वपूर्ण हुने उनको भनाइ थियो।

उनले भन्नुभयो, " हाम्रो यस ग्रहलाई हामी ले हाम्रा भावी पुस्ताका लागि सम्हालेर राख्नुपर्छ। अभिभावकता को यो भावना भविष्यमा सम्पूर्ण विश्व ले अँगाल्ने छ। यही भावना भारत र संयुक्त राज्य अमेरिका बीचको सम्बन्धमा पनि झल्किने छ। महात्मा गान्धीले अभिभावकता को कुरा गर्दा उनले यही भावनालाई नै इंगित गर्नुभएको थियो। अब विश्वव्यापी रूपमा नागरिकहरुको जिम्मेवारी बढ्ने छ।"

अमेरिकी राष्ट्रपति जो बिडेन ले कोविड महामारी, जलवायु परिवर्तन र क्वाड का लागि चालेका अनौठो पहलको प्रधानमन्त्री मोदीले सराहना गर्नुभयो। साथै उनले यी पहल कार्यान्वयन गर्न का निम्ति थुप्रै प्रयास गर्नुभएको र आज यस समय मा हामी ती मुद्दाहरु मा छलफल गर्न पाएको बताउनुभयो।

प्रधानमन्त्री ले अगाडि भन्नुभयो, "हामी हाम्रा देशका लागि मात्र नभएर सम्पूर्ण विश्व का लागि काम गर्न चाहन्छौं। हामी कसरी सकारात्मक कार्यहरु गर्न सक्छौं र तपाइँको नेतृत्वमा हामी जे गर्छौं, त्यो सम्पूर्ण विश्व को लागी अत्यन्तै सान्दर्भिक हुनेमा म विश्वस्त छु।"

सन् २०१४ र २०१६ मा राष्ट्रपति बिडेनसँग विस्तृत छलफल गर्ने मौका पाएको उल्लेख गर्दै उनले भन्नुभयो, "राष्ट्रपति बिडेनले त्यतिबेला भारत र अमेरिका बीचको सम्बन्धको बारेमा आफ्नो दृष्टिकोण राख्नुभएको थियो र त्यसलाई विस्तृत रुपमा व्याख्या गर्नुभएको थियो। त्यो निकै प्रेरणादायक दर्शन थियो।"

उनले थप भन्नुभयो, " आज, राष्ट्रपति को रूप मा, तपाइँ सबै प्रयास र पहल गर्दै हुनुहुन्छ, त्यस दृष्टिकोण को कार्यान्वयनका लागी तँपाई को प्रयास को म हार्दिक स्वागत गर्दछु।"