महामारी को अवस्थामा पहिलो पटक दुई नेता बीच व्यक्तिगत भेट

बिहिबार प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति कमला हैरिस बीच वासिङ्टन डी सी मा भेट भएको छ। भेटको क्रममा दुई नेताले अफगानिस्तान लगायत विश्वव्यापी घटनाक्रमका बारे विचार आदान प्रदान गरेका थिए। यसका साथै दुवै नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्र प्रति आफ्नो प्रतिबद्धता जाहेर गरेका थिए।

अन्तरिक्ष सहयोग, सूचना प्रविधि, विशेष गरी उदीयमान र महत्वपूर्ण प्रविधि का साथै स्वास्थ्य सेवा क्षेत्र मा द्विपक्षीय सहयोग सहित सम्भावित सहयोग का क्षेत्रहरु बारे पनि छलफल गरेका थिए।

यसका साथै नागरिक बीच घनिष्ट सम्बन्ध स्थापना का लागि शिक्षा सम्बन्ध आवश्यक रहेको पनि दुवै नेताको ठहर थियो। दुवै नेताले दुई देश बीच ज्ञान, नवीनता र प्रतिभा को प्रवाह हुनुपर्ने मा जोड दिएका थिए।

दुवै नेतृत्व ले आ-आफ्ना देशका कोविड १९ संकट र परिस्थिति, द्रुत गतिमा खोप कार्यक्रम परिचालन गरी महामारी रोकथाम प्रयास, महत्वपूर्ण औषधि, चिकित्सा र स्वास्थ्य उपकरण को सुनिश्चित आपूर्ति का बारे पनि चर्चा गरेका थिए।

दुबै पक्षले जलवायु परिवर्तन मा सहयोगी कार्य गरिनुपर्ने आवश्यकता बारे पनि चर्चा गरेका थिए।प्रधानमन्त्री मोदीले नवीकरणीय उर्जा बढाउने भारतको प्रयास र हालै सुरु भएको राष्ट्रिय हाइड्रोजन अभियान का बारे जानकारी दिनुभयो। उनले वातावरणीय स्थिरतालाई बढावा दिन जीवनशैली परिवर्तनको महत्वलाई जोड दिनुभएको थियो।

विदेश मन्त्रालय का अनुसार बैठक पछि व्यक्तिगत रुपमा एक अर्कालाई भेट्न पाएको मा दुवै नेताले खुशी व्यक्त गरेका थिए। साथै तिनले सन् २०२१ जुन महिनामा गरेको टेलिफोन वार्ता को पनि सम्झना गरेका थिए।

प्रधानमन्त्री मोदीले उपराष्ट्रपति कमला हैरिस र दोस्रो सज्जन डगलस एम्होफलाई छिट्टै भारत आउन निम्तो दिनुभएको छ।