महामारीको अवस्थामा दुई नेता बीच पहिलो व्यक्तिगत भेट

बिहिबार प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन बीच वाशिंगटन डीसीमा भेटवार्ता भएको छ। क्वाड सम्मेलनको अवसरमा दुई नेताले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका बिषयहरुमा विस्तृत छलफल गर्नुभएको थियो।

विदेश मन्त्रालयका अनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्रीहरु बीच द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका बिषयहरुमा विस्तृत छलफल भएको थियो।

हालै आयोजित पहिलो भारत अष्ट्रेलिया विदेश र रक्षा मन्त्रीहरुको २+२ संवाद सहित दुई देशहरु बीच नियमित हुने उच्च स्तरीय सहभागिता मा दुबै नेतृत्व ले सन्तुष्टि व्यक्त गरेका थिए।

बयान अनुसार व्यापक रणनीतिक साझेदारी अन्तर्गत सन् २०२० जून महिनामा भएको भर्चुअल शिखर सम्मेलन पछि प्राप्त प्रगति को दुवै प्रधानमन्त्रीहरुले समीक्षा गर्नुभएको थियो। साथै आपसी हित का लागी घनिष्ठ सहयोग जारी राख्ने र एक खुला, स्वतन्त्र, समृद्ध र नियममा आधारित हिन्द प्रशान्त क्षेत्र का लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसका साथै हाल द्विपक्षीय व्यापक आर्थिक सहयोग सम्झौता (सीईसीए) मा चलिरहेको वार्ता प्रति पनि दुवै नेताले सन्तुष्टि व्यक्त गरेका थिए।

यसै सन्दर्भमा प्रधानमन्त्री स्कट मोरिसनको विशेष व्यापार दूतको रुपमा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबोट ले भारत भ्रमण गरेका थिए। सन् २०२१ को डिसेम्बर महिना सम्म मा अन्तरिम सम्झौता गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायले तत्काल जलवायु परिवर्तनको मुद्दा को सम्बोधन गर्नुपर्ने आवश्यकता मा जोड दिनुभएको थियो।

यस सन्दर्भमा, प्रधानमन्त्री मोदीले वातावरण संरक्षण मा एक व्यापक संवाद को आवश्यकता रहेको जानकारी दिनुभयो। दुबै नेताहरुले स्वच्छ प्रविधि उपलब्ध गराउने सम्भावनाका बारेमा पनि छलफल गरेका थिए।

यसका साथै क्षेत्र दुई जीवन्त लोकतान्त्रिक देशका रुपमा महामारी ले निम्त्याएको संकट र चुनौती को सामना गर्न दुवै देश मिलेर काम‌ गर्नुपर्ने र नियमित रूपमा आपूर्ति श्रृंखला वृद्धि गरिनुपर्नेमा दुवै देशका प्रधानमन्त्री ले जोड दिएका थिए।

अष्ट्रेलिया को अर्थव्यवस्था र समाज मा भारतीय प्रवासी ले दिएको अपार योगदान को दुवै नेताले सराहना गरेका थिए। साथै नागरिक बीच नजिक को सम्बन्ध स्थापित गर्ने उपाय बारे पनि छलफल गरेका थिए।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री मोरिसनलाई भारत भ्रमणको निम्तो दिनुभएको छ।

प्रधानमन्त्री मोदी र प्रधानमन्त्री मोरिसन बीच अन्तिम द्विपक्षीय बैठक सन् २०२० जून महिनाको ४ तारिख मा भिडियो सम्मेलन मार्फत भएको थियो। त्यसबखत भारत र अष्ट्रेलिया बीच को रणनीतिक साझेदारीलाई एक व्यापक रणनीतिक साझेदारी मा रुपान्तरण गरिएको थियो।