प्रधानमन्त्री मोदीद्वारा अमेरिकी उपराष्ट्रपति कमला हैरिसलाई भारत भ्रमणको निमन्त्रणा

अमेरिकी उपराष्ट्रपति कमला हैरिससँगको भेटका क्रममा प्रधानमन्त्री मोदीले बिहीबार आपूर्ति श्रृंखला, नयाँ र उदीयमान प्रविधि र अन्तरिक्षको मुद्दामा सहकार्य सुदृढ पार्नुपर्ने आवश्यकताको बारेमा कुरा गर्नुभएको छ।

भारत र अमेरिका - सबैभन्दा ठूलो लोकतान्त्रिक र संसारको सबैभन्दा पुरानो प्रजातान्त्रिक मुलुक भएको भन्दै प्रधानमन्त्री मोदीले दुवै देशले समान मूल्य र भूराजनीतिक हित साझा गर्ने बताउनुभयो।

कोविड १९ महामारीको दोस्रो लहर को संकट को बेला भारतलाई सहयोग दिएकोमा प्रधानमन्त्री मोदीले उपराष्ट्रपति हैरिसलाई धन्यवाद व्यक्त गर्नुभयो। उनले भन्नुभयो, "तपाइँले दिनुभएको सन्देश निकै संवेदनशील थियो। तँपाई को सन्देश पछि तुरुन्तै अमेरिकी सरकार, अमेरिकी कर्पोरेट क्षेत्र र भारतीय समुदाय सबै मिलेर भारतलाई सहयोग गर्न आए।"

अमेरिकामा बसोबास गर्दै आएका ४० लाख भन्दा बढी भारतीय मूलका मानिसहरुले दुई देशबीच पुल को‌ काम गरेको भन्दै प्रधानमन्त्री मोदीले यी प्रवासी ले दुई देशको अर्थतन्त्र र समाज प्रति बहुमुल्य योगदान दिएको भन्दै तिनको प्रशंसा गर्नुभयो।

यसै पृष्ठभूमिमा, उनले अमेरिकी उपराष्ट्रपतिको रूपमा उनको चुनावलाई "ऐतिहासिक" भन्दै स्वागत गर्नुभयो। साथै उनलाई विश्वभरका मानिस का लागी "प्रेरणा को स्रोत" भएको भन्दै उनको प्रशंसा गर्नुभयो।

उनलाई भारत भ्रमणको निम्तो दिँदै प्रधानमन्त्रीले भन्नुभयो, "विजयको यो यात्रालाई निरन्तरता दिँदै, भारतीयहरु पनि तँपाई आफ्नो यो जीत को यात्रा भारतमा पनि निरन्तर गर्नु भएको हेर्न चाहन्छन्। तसर्थ सम्पूर्ण भारतीय नागरिक तँपाई को स्वागत गर्न आतुर छन्। म तँपाई लाई चाँडै नै भारत भ्रमणमा आउन आग्रह गर्दछु।"