आईएईए आम सम्मेलन मा भारतको सीएजीद्वारा बहुमत प्राप्त

भारतको वित्तीय निगरानी नियन्त्रक र महालेखा परीक्षक (सीएजी) अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) को बाह्य लेखा परीक्षक को रूप मा निर्वाचित भएको छ। शुक्रबार अस्ट्रियामा मा भएको चुनाव मा सीएजी ले बहुमत प्राप्त गरेको थियो।

भियेनामा आयोजित ६५ औं आईएईए आम सम्मेलन मा मतदान भएको थियो।

विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्ति अनुसार यस मतदान मा बिभिन्न देशहरु बाट धेरै प्रतिस्पर्धीले बोलपत्र पेश गरेका थिए। तर भारतीय सीएजी ले बहुमत प्राप्त गर्न सफल भएको थियो।

यस सफलता भाट अन्तर्राष्ट्रिय समुदायमा भारतको स्थान को पुष्टि भएको छ भने भारतीय सीएजी ले प्रमाण, व्यावसायिकता र अनुभव सम्बन्धी विश्वव्यापी मान्यता पाएको छ।

भिएना स्थित भारतीय स्थायी मिशन द्वारा गरिएको एक ट्वीट अनुसार परमाणु उर्जा आयोगका अध्यक्ष के एन व्यासले बिहीबार भारतको राष्ट्रिय बयान प्रस्तुत गरेका थिए।

ट्वीटमा भनिएको छ, "भारतीय परमाणु उर्जा कार्यक्रमको उद्देश्य एनई को शान्ति स्थापना र मानव जातिको समृद्धि प्रबर्द्धन गर्नु हो।"

सन् १९५७ मा अन्तराष्ट्रिय परमाणु उर्जा एजेन्सी (आईएईए) को स्थापना भएको थियो। परमाणु ऊर्जा प्रविधि, नँया आविष्कार र विविध उपयोगहरु को कारण उत्पन्न त्रास का कारण प्रतिक्रिया स्वरुप भारतले आईएईए को स्थापना गरेको थियो।

गत बर्ष अप्रिल मा सीएजी सन् २०२१ बाट मान्य हुने गरी तीन बर्षे अवधिका लागी रासायनिक हतियारहरुको निषेध संगठन (ओपीसीडब्ल्यू), हेग को राज्य दलहरुको सम्मेलन को बाह्य लेखा परीक्षक को रूप मा चुनिएको थियो।

त्यसबेला रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार ओपीसीडब्लु सम्मेलन मा एक निर्वाचन प्रक्रिया गरिएको थियो जसमा सीएजी ले‌ बहुमत प्राप्त गरेको थियो। र सीएजी विदेशी लेखा परीक्षक को रूप मा नियुक्त गरिएको थियो।