भारत चाँडै नै अन्य देशहरुमा खोप आपूर्ति सुचारु गर्न सक्षम हुनेछ: प्रधानमन्त्री मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले खोप प्रमाणीकरणमा आपसी मान्यताबाट अन्तर्राष्ट्रिय यात्रा सहज बनाउनुपर्ने बताउनुभएको छ।

यसो गर्न सकेमा कोविड १९ महामारीले प्रस्तुत गरेको चुनौती को सम्बोधन गर्न सहज हुन सक्ने प्रधानमन्त्री मोदीको भनाइ थियो। अमेरिकी राष्ट्रपति जो बिडेन ले बोलाउनु भएको विश्वव्यापी कोविड १९ शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले सो उल्लेख गर्नुभएको थियो।

कोभिड -१९ महामारी एक अभूतपूर्व अवरोध भएको र यो महामारी अझै समाप्त भइनसकेको उनले बताउनुभयो। विश्वका अधिकांश व्यक्ति ले अझै पनि खोप नलगाएको वहाँ ले जिकिर गर्नुभयो।

कार्यक्रममा बोल्दै उनले महामारीको अन्त्य गर्न भारत विश्वसँग मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गर्नुभयो।

प्रधानमन्त्री मोदीले भारत चाँडै अन्य देशहरुमा खोप आपूर्ति सुचारु गर्न सक्षम हुने बताउनुभयो।

भारत हाल नयाँ भारतीय खोपहरुको बिकास गर्न लागिपरेको छ यसका साथै भारतले विद्यमान खोपको उत्पादन क्षमता पनि बढाएको उनले बताउनुभयो।

प्रधानमन्त्री मोदीले भन्नुभयो, "हाम्रो उत्पादन बढ्ने बित्तिकै, हामी अरुलाई पनि खोप आपूर्ति सुचारु गर्न सक्षम हुनेछौं। यसको लागी, कच्चा माल को आपूर्ति श्रृंखला सहज बनाउनु पर्छ।"

" हिन्द प्रशान्त क्षेत्रमा प्रशस्त खोप आपूर्ति गर्न का निम्ति भारत क्वाड साझेदारहरु संग सहकार्य गरिरहेको छ।"

भारत र दक्षिण अफ्रिकाले कोभिड खोप, निदान र औषधि को लागी डब्ल्यूटीओ मा ट्रिप्स छुट को प्रस्ताव राखेको पनि उनले औंल्याउनुभयो।

"यसले महामारी बिरूद्धको लडाई अझ बढी सक्षम हुनेछ।" भारतीय प्रधानमन्त्रीले भन्नुभयो।

'भारतले विश्वको सबैभन्दा ठूलो खोप अभियान सञ्चालन गरिरहेको छ'

प्रधानमन्त्री मोदीले भारतले विश्वको सबैभन्दा ठूलो खोप अभियान सञ्चालन गरिरहेको बताउनुभयो।

"भर्खरै, हामीले एकै दिनमा करिब साडे २ करोड मानिसलाई खोप लगाएका थियौं। हाम्रो तल्लो तहको स्वास्थ्य सेवा प्रणालीले अहिले सम्म ८० करोड भन्दा धेरैलाई खोप लगाएको छ।"

२० करोड भन्दा बढी भारतीय नागरिकले पूर्ण रुपमा खोप लगाएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले यो सबै उपलब्धि कोविन डिजिटल मञ्च को माध्यमबाट हासिल भएको बताउनुभयो।

साझेदारी अभिवृद्धि गर्न भारतले कोविन लगायत अन्य डिजिटल समाधानहरु लाई खुला स्रोत सफ्टवेयर को रूप मा स्वतन्त्र रूपमा उपलब्ध गराएको उनले बताउनुभयो।

यस बर्षको शुरुवात मा भारत महामारीको दोस्रो लहर बाट गुज्रिदा भारतलाई प्रदान गरिएको एकता र समर्थनका लागि प्रधानमन्त्री मोदीले सबैलाई धन्यवाद दिनुभयो।

यसका साथै उनले भारतले १ सय ५० भन्दा बढी देशहरु संग औषधि र चिकित्सा आपूर्ति साझा गरेको पनि औंल्याउनुभयो।

"भारतको औषधि उद्योगले लागत प्रभावी नैदानिक उपकरण, औषधि, चिकित्सा उपकरण, र पीपीई किट उत्पादन गरेको छ। यसले गर्दा धेरै विकासशील देशहरुले सस्तो विकल्प प्राप्त गरेका छन्।"

संसारको पहिलो डीएनए आधारित खोप सहित दुई स्वदेशी निर्मित खोपहरुले भारत मा "आपतकालीन उपयोग" का लागि मान्यता प्राप्त गरेका छन्।

धेरै भारतीय कम्पनीहरु पनि विभिन्न खोपहरु को इजाजतपत्र उत्पादन मा संलग्न छन्।

"यस बर्षको सुरुमा, हामीले हाम्रो खोप उत्पादन अन्य ९५ देशहरु र संयुक्त राष्ट्र शान्ति सुरक्षाकर्मीहरु संग साझा गरेका थियौं। भारत महामारी को दोस्रो लहर विरुद्ध लडिरहँदा सम्पूर्ण संसार भारत सँग एक परिवार को रुपमा उभिएको थियो।" प्रधानमन्त्रीले भन्नुभयो।